- Advertisement -spot_img
Tuesday, October 12, 2021
Homebreaking-newsजातीय पहिचानले पर्यटक तानौंः चौधरी

जातीय पहिचानले पर्यटक तानौंः चौधरी

- Advertisement -spot_img

प्रदेश टुडे
रोल्पा, ९ असोज । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले जातीय विशेषता र धर्म, संस्कृति परम्परमको संरक्षण गरेर पर्यटक जिल्ला–जिल्लामा भित्र्याउने योजना बनाउनुपर्ने बताएका छन् । सबै जातजातिको आफ्नो धर्म, संस्कृति, परम्परा बहुमुल्य खालको भएको हुँदा त्यसलाई आफ्नो पहिचान बनाए चिनारी केन्द्र नै बनाएर पर्यटक तान्ने गतिविधि गर्न र त्यस्ता योजनाहरू ल्याउन आग्रह गरे ।

संस्कृति र परम्परा पनि जोगिने, युवाहरूले रोजगारी पनि पाउने भन्दै जाति विशेषको परम्परा र संस्कृति पर्यटनको केन्द्र बनाउन सकिने बताए । उनले प्रदेश सरकारले यस्तो प्राथमिकतामा राखेर काम गरेको समेत जानकारी दिए । रोल्पामा भएका विभिन्न कार्यक्रममा सहभागी भएका मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

चौधरीले रोल्पामा स्थापित स्थानीय मौलिक कला, संस्कृति, भेषभूषा र खानपानको जर्गेना र प्रवद्र्धन गरी प्रर्यटन क्षेत्रको विकास गर्न सकेमा रोल्पालीको आयश्रोतमा विकास र रोल्पाको पहिचानको चिनारी बढ्ने बताए । रोल्पा फरक पहिचान बोकेको ऐतिहासिक जिल्ला भएको भन्दै यसलाई पर्यटनसँग जोडेर लैजानुपर्ने बताए ।

कामको उपलब्धि खोज्न निर्देशन

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री चौधरी रोल्पा जिल्लाका कार्यालय प्रमुखहरूलाई आफूले गरेको कामको उपलब्धि खोज्नुपर्ने बताए । सरकारले वर्षाै खर्च गर्ने योजनाहरूको उपलब्धि के हो भन्ने कुरा प्रष्ट रूपमा देखिनुपर्छ । त्यो देखाउने काम कर्मचारी साथीहरूको हो, हामीले बजेट चाहियो भनिरहदा पहिलेको बजेटले यो प्रगति र उपलब्धि भयो भनेर देखाउन सकौ ।

मन्त्री चौधरीले आमनागरिक एवं सेवाग्राहीलाई दिने सेवामा इमान्दारिता प्रस्तुत गर्न, नम्र र मर्यादित ब्यवहार गर्न आग्रहसमेत गरे । कर्मचारी राज्यको स्थायी सरकारको रूपमा रहेको हुनाले आफ्नो पद र मर्यादाको खाल गर्न र जनताको सेवा सहजरूपमा प्रवाह गर्न निर्देशनसमेत दिए । उनले देश संघीयतामा गएसँगै रोल्पाका कार्यालयहरू जिल्लाभन्दा बाहिर सारिएको हुँदा जिल्लालाई आवश्यक कार्यालय पुनस्र्थापन हुने बताए ।

उनले प्रदेशले त्यो तयारी गरेको र छिट्टै जिल्ला कार्यालय रोल्पामा स्थापना हुनेसमेत बताए । कार्यालयका प्रमुखहरूसँग भएको भेट र अन्तरक्रियामा उनले त्यस्तो बताएका हुन् । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयबाट भैरहेको सेवा प्रवाह र कार्यालय सञ्चालन र कार्यसम्पादनमा परेको समस्याको जानकारी गराएका थिए ।

मन्त्री चौधरीले रेउघामा बन्दै गरेको अस्पतालको नयाँ भवन, सिंचाई कार्यालय, खानेपानी कार्यालय, प्यूठानको स्वर्गद्वारीमा बन्न लागेको धर्मशाला, मन्दिरलगायतको क्षेत्रमा स्थलगत अवलोकन र निरीक्षण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here