- Advertisement -spot_img
Sunday, December 5, 2021
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

२०७८ असोज ७ गते बिहीबार
आश्विन कृष्णपक्ष तृतिया श्राद्ध तिथि रेवति नक्षत्र
नेपालमा सूर्योदय ५ः५३ सूर्यास्त ५ः५७

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
अग्रज व्यक्तिहरुसँग भेटघाट छ । नाम, दामको क्षेत्रमा ठिकै रहने छ । आफन्तको राम्रो साथ र सहयोग रहनेछ । बिगतमा रोकिएका कार्यहरु बन्ने छन् ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
छरछिमेकिमा केही असमझदारी बढ्ने समय रहेको छ । शरिरमा आलश्यता आउनेछ । भावनामा बग्ने समय छ । दैनिक कार्यमा निरन्तरता दिदा राम्रो हुनेछ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
नयाँ ज्ञान प्राप्त रहनेछ । तपाईको नराम्रो सोच्नेहरु पराजित हुनेछन । सामाजिक कार्यमा समय दिनुपर्ने देखिन्छ । प्रेममा सफलता रहनेछ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
व्यापार, व्यवसायमा उतावचडाव रहनेछ । घराँयसी समस्या आउने देखिन्छ । सोच विचार गरेर अगाडि बढेमा मात्र कार्यमा सफलता रहने समय छ ।

शिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
प्रतिष्ठामय समय देखिन्छ । सहयोगीहरुको राम्रो साथ र सहयोग मिल्ने देखिन्छ । सोचेका कार्यमा सफलता रहला । तपाईको कार्यबाट फाइदा छ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको सोचाई नै फरक हुँदा कार्यमा समस्या आउला । स–साना कार्यमा बढी समय दिनुपर्ने देखिन्छ । आजको समय बितेको थाहै हुनेछैन ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आर्थिक लाभ हुने छ । खानामा विशेष ख्याल गरेर अगाडि बढ्नु । अरुको सेवामा बढी समय बित्नेछ । आर्थिक क्षेत्रमा समस्या छ । दैनिक काममा ढिला छ ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
सहयोगको आशा देखाउने बाट धोका रहने छ । यात्रामा समस्या आउला । आर्थिक कारोबारोमा समस्या आउला । पारिवारीक गतिविधि फितलो हुनेछ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
रोकिएका कार्यहरु समाधान गर्ने समय देखिन्छ । नवीन सोचको बिकास हुनेछ । दैनिक कार्यमा केही प्रभाव रहने देखिन्छ । अरुको लागि समय दिनुपर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफन्तको सल्लाह सुझाव लिएर अगाडि बढ्नुहोला । परिश्रम अनसार प्रतिफल मिल्नेछ । बिगतको कार्यलाई सुधार गरेर अगाडि बढ्नु होला ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
अध्यात्मिक कार्यमा मन जानेछ । कडा मेहेनत परिश्रमबाट सफलता रहनेछ । दैनिक कार्यमा निरन्तरता दिदा सफलता आउला । बोलिको प्रभाव पर्नेछ ।

मीन(दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
आर्थिक क्षेत्रमा सफलता रहनेछ । ल्याउने खानेमा मन जानेछ । बोलिको प्रभाव पर्ने देखिन्छ । सोच विचार गरेर अगाडि बढ्नु होला । शिक्षामा ठिकै रहला ।

वास्तु ज्ञान

बिहान ओच्यानबाट उठ्दा सबैभन्दा पहिले दाहिने खट्टाले भुई छुनुपर्छ ।

उत्तर सिरान गरेर सुतेमा आर्थिक संकट भोग्नु पर्छ । दक्षिण सिरानी भएमा दीर्घ आयु प्राप्त हुन्छ । पूर्व सिरानी भएमा ज्ञानआर्जनमा सफलता हुनेछ । पश्चिम सिरानी भएमा दुख,शोक हुनेछ । उत्तर सिरानी भएमा मृत्यको कारक रहनेछ । बिहान ओच्यान बाट उठदा सवै भन्दा पहिले दाहिने खट्टाले भई छुनु पर्छ ।उठने बित्तिकै पूर्वतर्फ हिडने व्यवस्था हुनुपर्छ ।

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here