- Advertisement -spot_img
Tuesday, October 12, 2021
Homeफिचरभलिबल प्रतियोगिता

भलिबल प्रतियोगिता

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, ७ असोेज । सल्यानको दानवाङमा आयोजना गरिएको भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा थ्रिस्टार युवा क्लव कपुरकोट–३ प्रथम भएको छ । यस्तै आयोजक टिम कपुरकोट–२ द्वितीय र सनराइज युवा क्लव लुहाम तृतीय भएको आयोजकले जनाएको छ ।

बिजेता खेलाडीहरूलाई कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः १५ हजार, १० हजार र ५ हजार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
दानवाङ मेलाको अवसरमा भलिवल खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सेनले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि गाउँपालिका सक्रिय रहेको बताए । खेल सामग्री वितरण, खेल मैदान निर्माणजस्ता कार्यक्रमहरू सञ्चालन गरिने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै कपुरकोट–२ का वडा अध्यक्ष मानबहादुर राना, तरूण दल सल्यानका क्षेत्रीय सभापति यगराज वलीले अनुशासित र स्वस्थ नागरिक उत्पादनका लागि खेलको महत्व रहेको बताएका थिए । मेला संयोजक भिमबहादुर बुढाको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सुकबहादुर विकले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here