Friday, April 26, 2024
Homeसम्पादकीयछोरीलाई साइकल

छोरीलाई साइकल

- Advertisement -spot_img

सम्पादकीय
छोरीलाई पढाइप्रति आकर्षणलाई बढाउन तुलसीपुर उपमहानगरपालिकाले गत वर्षदेखि साइकल वितरण गरिरहेको छ । विद्यालय टाढा हुँदा समयमै विद्यालय पुग्न नपाएको अवस्थामा नगरले साइकल वितरण गरेपछि छात्रा विद्यार्थी हर्षित भएका छन् । नगरले गतवर्ष नारी दिवसको अवसर पारेर ५३ छात्रा र यस वर्ष विश्व शान्ति दिवसका अवसरमा ५० जना गरी १०३ जना छात्रालाई साइकल वितरण गरेको छ ।

विभिन्न संघ–संस्थाको सहयोगमा छोरीलाई साइकल वितरण गर्न शुरू गरेपछि धेरैले सकारात्मक टिप्पणी गरेका छन् । छोरीको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि स्मार्ट छोरी कार्यक्रम सञ्चालन गरेको उपमहानगरपालिकाले साइकल वितरण गरेपछि झनै चर्चा भएको छ । कक्षा ८ देखि १२ कक्षासम्मका छात्रा विद्यार्थीलाई साइकल वितरण गर्ने नीतिअनुरूप नगरले अहिले विद्यालय पुग्न आधा घण्टाभन्दा बढी लाग्ने छात्रालाई साइकल वितरण गरिरहेको छ ।

विद्यालय टाढा भएर विद्यालय पुग्न समस्या भएका छोरीले साइकल पाएपछि राहतको महशुस गरेका छन् । साइकल पाएपछि विद्यालय जान लाग्ने समय अब उनीहरूले पढाइमा खर्च गर्ने भएका छन् । साइकलको यात्राले छोरीलाई विद्यालय पुग्न समय घटेको छ । करिब तीन घण्टाको पैदल यात्रा साइकलमा आधा घण्टामै पुग्न सकिने भएपछि सिकाइ प्रभावकारिता बढ्ने छोरीहरूले अपेक्षा गरेका छन् ।

आर्थिक अभावका कारण कतिपय छोरी स्कुल टाढा हुँदा विद्यालय जान पाएका छैनन् । विद्यालयको दूरी टाढा भएकालाई साइकल वितरण गर्ने नीति भएपनि अझै सबै छोरीले साइकल पाउन सकेका छैनन् । साइकलको प्रयोग घट्दै गएको अवस्थामा छोरीहरूलाई साइकल वितरण गरेपछि साइकलको प्रयोग बढ्ने र पर्यावरणमा पनि सहयोग पुग्ने भएकाले साइकल वितरणलाई धेरैले सकारात्मक रूपमा लिएका छन् ।

विद्यालय टाढा भएका सबै छोरीले साइकल पाएका छैनन् भने कतिपय पहाडी भेगकालाई साइकल चलाउन पनि सहज छैन् । छोरीको सहभागिता सबै क्षेत्रमा बढाउनका लागि शिक्षा नै महत्वपूर्ण भएकाले शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि नगरले छोरी लक्षित कार्यक्रम अघि सारेको छ ।

सानो भएपनि प्रभावकारी देखिने साइकल वितरणमा निष्पक्षता भने आउन आवश्यक छ । हुने खाने र पहुँचलाई साइकल वितरण गर्ने तर वास्तविक दुःखमा परेका छोरीले साइकल नपाएको भन्ने गुनासो आउने वातावरण सिर्जना हुनेछैन् भन्नेमा आमनागरिक विश्वस्त छन् । छोरीको सशक्तिकरणका लागि नगरले आघि सारेको साइकल वितरण कार्यक्रमले निरन्तरता पाइराखोस् । थोरैको संख्यामा भन्दा पनि एकैपटक अझै धेरैलाई साइकल वितरण गर्न सकेको खण्डमा अझै धैरै छोरीहरू समेटिने छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here