Thursday, April 18, 2024
Homeसमाजदाङमा थप ३२ हजारलाई खोप

दाङमा थप ३२ हजारलाई खोप

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ६ असोज । दाङमा थप साढे ३२ हजार नागरिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाउने तयारी भएको छ । चीनबाट ल्याइएको भेरोसेल खोप दाङमा आइपुगेको र यही असोज ९ देखि ११ गतेसम्म साढे ३२ हजार नागरिकलाई लगाउने तयारी भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

पछिल्लो चरणमा ३१ हजार डोज आएको र यसअघिको १५ सय डोजसमेत गरी साढे ३२ हजारजनालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । उक्त खोप ४५ देखि ५० वर्षसम्मका र यसअघि छुटेका कक्षा १२ का विद्यार्थीसँगै ५० वर्षभन्दा माथिकालाई लगाइने उनको भनाइ छ । उक्त खोप जिल्लाका दशवटै पालिकामा वितरणसमेत सुरू भएको छ ।

जसअनुसार राप्ती गाउँपालिकामा २२ सय र गढवामा १९ सय डोज खोप पु¥याइसकिएको छ । अन्य पालिकामा खोप आज पठाइने भएको छ । जिल्लामा अहिलेसम्म करिब ३४ प्रतिशतले कोरोनाविरूद्धको खोप लगाएका छन् । जिल्लामा कुल जनसंख्याको करिब एक लाख ३० हजार बढीले खोप लगाएको स्वास्थ्य कार्यालय दाङका खोप फोकलपर्सन भानुज्योती वलीले जानकारी दिए । यो कुल जनसंख्याका करिब ३४ प्रतिशत हो ।

जिल्लामा २०६८ को जनगणनाअनुसार करिब ६ लाख जनसंख्या रहेको छ । कारोनाविरूद्धको खोप अभियान शुरू गरिएको बितेको सात महिनाको अवधिमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एष्ट्राजेनिकाको खोप लगाइएको हो । गत वर्षको फागुनको अन्तिम सातादेखि शुरू गरिएको खोप अभियानमा अहिलेसम्म फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, जनप्रतिनिधि र ५० वर्ष माथिका नागरिकलाई खोप लगाइएको छ ।
कक्षा १२ को परीक्षा दिने दश हजार बढी विद्यार्थीले पनि खोप लगाएका छन् । उनका अनुसार कोभिशिल्ड र एष्ट्राजेनेका ४० हजार ९२८, भेरोसेल ५५ हजार २४१ र जोन्सन एण्ड जोन्सन ३४ हजार बढीले लगाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here