- Advertisement -spot_img
Tuesday, October 12, 2021
Homeमुख्य खबरजोखिम न्युनीकरणका लागि विपद नीति

जोखिम न्युनीकरणका लागि विपद नीति

- Advertisement -spot_img

तुलसीपुर,३१ भदौ । तुलसीपुर उपमहानगरपालिकालाई सुरक्षित शहर सहरका रुपमा स्थापित गर्ने उदेश्यले विपद जोखिम न्युनीकरण तथा कार्यमञ्च गठनका बारेमा छलफल गरिएको छ । कार्यक्रममा विपदले समाजको आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले विपद न्युनीकरणका लागि जोखिमको सिंमांकनको तयारीका बारेमा छलफल गरिएको थियो ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा युएसएआईडीको तयार नेपाल र डिपीनेट नेपालको सहकार्यमा भएको कार्यक्रममा भविष्यमा विपद् घटना दोहोरीन नदिनका लागि पूर्व तयारी, सञ्चालन, समन्वय र व्यवस्थापनका विषयमा अभिमुखीकरण एवं कार्यमञ्च गठनका बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा डिपीनेट नेपालका अध्यक्ष सुर्य थापाले विपद्को नीति संवेदनशिल भएपनि यसबारे सबै क्षेत्रको चासो पुग्न नसकेको बताए । जोखिम न्युनीकरण र विपद नीति देशको विकासको हरेक गतिविधिसंग जोडिएको बताउँदै उनले जोखिमको मूलप्रवाहीरकरणका विषयमा सबैले ध्यानदिनुपर्ने बताए ।
विपद व्यवस्थापन शिक्षा,स्वास्थ्य,रोजगार, सुरक्षा,संरक्षण लगायतका पूर्वाधारसंग जोडिएकाले जोखिम न्युनीकरणका लागि क्षमता विकासको पैरवी तथा प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रमलाई सम्बाधेन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले विपद् जोखिम न्यूनिकरणका लागि उपमहानगरपालिकाले दीर्घकालिन रणनीति बनाएर लक्ष्य निर्धारण गरेको बताए ।

विपद्ले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने हुँदा यसको पूर्व तयारीको सदैव खाँचो रहेको बताए । विपद न्युनीकरणका लागि पालिकाहरुले महाशाखा स्थापना गरी काम गर्नुपर्ने बताए । विपदबाट नगरलाई कसरी बचाउने भन्नेबारेमा स्थानीय सरकार सक्रिय भएर लागेको बताउँदै उनले जोखिमका आधारमा रातो, पँहेलो र हरियो क्षेत्र निर्माण गर्दै लैजाने तयारी भइरहेको जानकारी दिए ।

कुनैपनि विपद बाजा बजाएर नआउने भएकाले विपदले निम्त्याउने खतरलाई ध्यानमा राख्दै त्यसको पूर्वतयारीमा रहन जरुरी रहेको उनको भनाई छ ।
‘विपद कहिल्यै पनि बाजा बजाएर आउँदैन, उनले भने–‘ विपदबाट हुने सक्ने जोखिमलाई कम गर्नका लागि त्यसको पूर्वतयारी हुन आवश्यक छ ।’

तुलसीपुर उपमहानगरपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नबराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर नगरले तयार गरेको स्थानीय कार्यमञ्चको सञ्चालन मार्ग दर्शन २०७७ प्रस्तुत गरिएको थियो।
कार्यक्रमको सञ्चालन विपद व्यवस्थापन शाखा प्रमुख टोप बहादुर डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here