- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeमुख्य खबरतुलसीपुरमा जनगणनाको काम सुरुः ४३ जना सुपरिवेक्षक सुचीकरणको काम गर्दै

तुलसीपुरमा जनगणनाको काम सुरुः ४३ जना सुपरिवेक्षक सुचीकरणको काम गर्दै

- Advertisement -spot_img

दाङ,३० भदौ । राष्ट्रिय जनगणना २०७८ अन्तरगत घर तथा घरपरिवार सूचीकरणको काम सुरु भएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नारा सहित बुधबार देखि १२ औँ राष्ट्रिय जनगणनाका लागि तुलसीपुर उपमहानगरपालिका सहित देशभर घर तथा घरपरिवार सुचीकरणको काम सुरु गरिएको छ ।

बुधबार देखि सुरु भएको जनगणना दुई चरणमा गरीने तुलसीपुर उपमहानगरपालिकाका तथ्यांक अधिकृत एवं स्थानीय जनगणना अधिकृत बाबुराम न्यौपानेले जानकारी दिए । उनका अनुसार जनगणनाको स्थलगत सर्वेक्षणका दुई चरणमध्ये घर तथा घरपरिवार सूचीकरण पहिलो चरणको कार्यक्रम हो । भने मुख्य गणना दोश्रो कार्यक्रम रहेको छ।
जनगणनाको पहिलो चरण अन्र्तगत सुचीकणरको कामका लागि देशभर ८ हजार सुपरीवेक्षक खटाइएको छ । जसमध्ये तुलसीपुर उपमहानगरपालिका भित्र ४३ जना सुपरिवेक्षकले सुचीकरणको काम गर्ने छन् ।
पहिलो चरणको कार्यक्रममा सुपरीवेक्षकहरुले असोज १८ गतेसम्म घर तथा घरपरिवारको सुचिकरण फाराम भर्ने छन् ।
उक्त फारामा २० वटा सुचकहरु उल्लेख गरिएको छ । उक्त सुचकमा रहेर सुपरिवेक्षकहरुले वडास्तरका सम्पूर्ण जनसांख्यिक, आर्थिक, सामाजिक, लैंिगक लगायतका विभिन्न तथ्यांकहरु संकलन गर्ने जनगणना अधिकृत न्यौपानेले जानकारी दिए ।

यसैगरी दोश्रो चरणको कार्यक्रम अन्र्तगतको मुख्य गणना आउँदो कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म सञ्चालन हुने छ । मुख्य गणनामा सुपरिवेक्षकले सुचिकरणमा संकलन गरेका विवरणका आधारमा गणकहरुले घर तथा घरपरिवारका व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा भेटेर विवरणहरु संकलन गर्नेछन् । उक्त विवरण संकलनका लागि १ सय भन्दा बढी सुचकहरु निर्माण गरिएको छ । यसका लागि देशभर ३९ हजार बढी गणकहरु खटाइने छ । भने तुलसीपुर उपमहानगरपालिकाका लागि १ सय ८० जना गणकहरु रहने जनगणना अधिकृत न्यौपानेले प्रदेश टुडेलाई जानकारी दिए ।
उनका अनुसार गणकहरुलाई दँशै तिहारको विचमा तालिम प्रदान गरिने भएको छ ।

नेपालमा विसं. १९६८ साल देखि सुरु गरिएको जनगणना प्रत्येक १० वर्षमा अत्यावधिक गर्ने गरिन्छ । जनगणना देश विकासको मेरुदण्डको रुपमा रहेकाले जनगणनामा आउने सुपरीवेक्षक र गणकलाई सही तथ्यांक उपलब्ध गराउन उनले सबैमा आग्रह गरेका छन् ।

जनगणनालाई प्रभावकारी बनाउनका लागि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा यसको कार्यालय समेत स्थापना गरिएको छ । कार्यालय मार्फत तुलसीपुर र दंगिशरण जनगणनाको काम गरिने छ । दंगीशरणका लागि ७ जना सुपरिवेक्षक र ३३ जना गणकहरु रहेको उनले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here