- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsसन्दर्भ बालदिवस ..., अधिकारको प्रत्याभूति कहिले ?

सन्दर्भ बालदिवस …, अधिकारको प्रत्याभूति कहिले ?

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, ३० भदौ । सरकारले विगत लामो समयदेखि राष्ट्रिय बालदिवस मनाउँदै आएपनि बालबालिकाहरूमा भने बालअधिकारको प्रत्याभूित पाइदैन । दिवसमा औपचारिकता देखिन्छ तर व्यवहारमा अधिकार कार्यान्वयन शुन्यजस्तै छ । बालअधिकारका लागि स्थानीय सरकारहरूले ल्याएका योजनाहरूसमेत योजनामा मात्रै सीमित भएका छन् ।

हरेक क्षेत्रमा जात, धर्म, वर्ग, भूगोल र संस्कारका नाममा बालबालिकाहरूमाथि दुव्र्यवहार, श्रमशोषण र यौनहिंसाका घटनाहरू बढ्दै गएको र अधिकारमा मात्रै भन्दा पनि सुरक्षामा समेत चुनौति भएको बालबालिकाहरूको तर्क छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि भाद्र २९ गते मंगलबार ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित मनाईएको ५७औँ राष्ट्रिय बालदिवसका अवसरमा सहभागी बालबालिकाहरूले यस्तो बताएका हुन् ।

सरकारले बालबालिका–सम्बन्धी ऐन २०७५, नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकाको हक,लगायतका बालबालिकासम्बन्धी विभिन्न ऐनहरू उल्लेख गरिए पनि त्यसको पूर्णपालना छैन । अधिकारका लागि उल्लेख गरेका ऐन÷ कानुनहरूको पालना हुन नसक्दा अझैपनि कतिपय बालबालिकाहरू परिवार र आफन्तीहरूबाट शारीरिक तथा मानसिक हिंसाबाट बाहिर आउन नसकेको पब्लिक ज्ञानज्योती माविमा अध्ययनरत छात्रा श्रेया शर्माले बताइन् ।

‘बालिकाहरू कहाँ कतिबेला बलात्कारको शिकार हुन्छन् थाहा छैन’ उनले भनिन्– ‘कुनैपनि क्षण छैन, जहाँ निर्धक्क भएर हिँडडुल गर्न पाईयोस्, डरैडर र त्रासपूर्ण वातावरणमा जीउन बाध्य हामी बालिकाहरूले कसरी बालअधिकार पाउने ? खोई बालमैत्री संरचना ? खोई बालमैत्री सुरक्षा ?’ दाङ भ्याली बोर्डिङ कक्षा १२ मा अध्ययनरत छात्र रमेश चौधरीले सरकारले बालबालिकाहरूको वास्तविक अवस्थाका बारेमा बुझ्न नसकेको बताए । बालबालिकाहरू घरभित्र र घर बाहिर कुन अवस्थामा छन् ? के गरिरहेका छन् भनेर सर्वेक्षणसमेत गर्न नसकेको उनको भनाई छ ।

हरेक क्षेत्रमा जात, धर्म, वर्ग, भूगोल र संस्कारका नाममा बालबालिकाहरूमाथि दुव्र्यवहार, श्रमशोषण र यौनहिंसाका घटनाहरू बढ्दै गएको र अधिकारमा मात्रै भन्दा पनि सुरक्षामा समेत चुनौति भएको बालबालिकाहरूको तर्क छ ।

पछिल्लो समय कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा बालबालिकाहरूले आत्मग्लानी, नैरास्यता र मानसिक समस्या झेलिरहेको भन्दै यो अवस्थामा विद्यालय, अभिभावक र स्थानीय सरकारले विशेष ख्याल गर्न जरूरी रहेको उल्लेख गरे । बालबालिकाको चौतर्फी विकासका लागि उनीहरूको व्यवहारिक प्रकृतिलाई विशेष जोड दिनुपर्ने उनको भनाई छ ।

‘कोभिड–१९ का कारण बालबालिकाहरूले विभिन्न किसिमका समस्याहरू झेल्नुपरेको छ’ उनले भने– ‘यस्ता समस्याबाट बचाउनका लागि मनोपरामर्श र सकारात्मक उर्जा प्रदान गर्ने खालका गतिविधिहरू सञ्चालन गर्न जरूरी छ ।’ उनले बालबालिकाहरू श्रममा आउनुको कारण र त्यसको समाधानका विषयमा समेत स्थानीय सरकार, बालसरोकारवाला निकायहरूले समयमै सोच्न जरूरी रहेको बताए । यस्तै लिटिल हेभन स्कुल कक्षा ११ मा अध्ययनरत दिपक भुसालले बालबालिकाहरू भविष्यमा कस्तो बन्ने भन्नेबारे परिवार र विद्यालयको सिकाइमा भरपर्ने उल्लेख गरे ।

गोरखा मावि कक्षा १० कक्षा अध्ययनरत छात्रा पावनी शर्माले बालअधिकार जन्मसिद्ध अधिकार भएकाले अझैपनि बालबालिकाहरू आफ्नो हक, अधिकारबाट बञ्चित हुनुपर्ने अवस्था निकै लाजमर्दो भएको बताइन् । बालअधिकार हनन् भए मानवअधिकार आफै हनन् हुने भन्दै उनले बालअधिकारको सुनिश्चितताका लागि सरकार, समाज र सरोकारवाला निकाय जिम्मेवार हुन जरूरी रहेको बताइन् ।

कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीहरू सिमरन ढकाल, शैलेश शर्मा, पुष्पा जैशी, झरना बुढालगायतले बालबालिकाहरूमाथि अझैपनि साँस्कृतिक, धार्मिक उपेक्षा हुनुका साथै शारीरिक, मानसिक शोषण र यौन दुव्र्यवहार भइरहेकाले यस्ताखाले समस्या समाधानका लागि सबै जिम्मेवार हुनुपर्ने बताए । पछिल्लो समय कोभिड–१९ का कारण बालसिर्जना र बालबालिकाहरूमा दीर्घकालिन मानसिक असर परेको भन्दै उनीहरूका लागि थप सिर्जनशीलता र सिकाइ बृद्धिका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा मानव–अधिकारकर्मी शुष्मा गिरी, नगरस्तरीय बालअधिकार सुरक्षा समिति संयोजक श्यामु अर्याल, सदस्य घनश्याम रेग्मी, दिपेश भण्डारी, हुमाकान्त कँडेललगायतले संविधानले उल्लेख गरेका बालअधिकारसम्बन्धी ऐन÷ कानुनलाई अक्षरस पालना गरी हरेक बालबालिकाहरूलाई उनीहरूको अधिकारको प्रत्याभूति गराउने जिम्मा हरेक स्थानीय तह, घरपरिवार र विद्यालयको प्रमुख दायित्व रहेको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यले स्थानीय सरकारले बालबालिकाहरूको हक, अधिकारको सुनिश्चितताका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताइन् । आगामी दिनहरूमा बालबालिका लक्षित कार्यक्रमहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजाने उल्लेख गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि एवं उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बालअधिकारलाई प्रत्याभूति गर्दै उपमहानगरलाई बालमैत्री नगरका रूपमा घोषणा गर्ने तयारी भइरहेको बताए । पछिल्लो समय नगर क्षेत्रभित्रका बालबालिकाहरूको अवस्थाका बारेमा सर्वेक्षण गर्ने र उनीहरूको समस्या पहिचान र समाधान गर्दै लैजाने गरी कार्ययोजना निर्माण भइसकेको र सोहीअनुसार कामहरू अगाडी बढेको बताए । नगरभित्रका कोही पनि बालबालिकाहरू आफ्नो हकअधिकारबाट बञ्चित हुन नपर्ने आश्वासन दिए ।

कार्यक्रम नगरस्तरीय बालसञ्जाल समितिका अध्यक्ष एवं वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको थियो । बालसञ्जाल समिति सदस्य यमुना परियारको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रम तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना एवं शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दाङ, नवजागरण महिला तथा बाल संरक्षण दाङ र ब्याकवार्ड सोसाईटी एजुकेशन बेसको सहयोगमा सञ्चालन गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here