- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeविचार‘कागलाई बेला पाक्यो हर्ष न विष्मात्’

‘कागलाई बेला पाक्यो हर्ष न विष्मात्’

- Advertisement -spot_img

बुढापाकाहरूले भनेको यो आख्यान नेपाली समाजमा प्राचिन कालदेखि प्रचलनमा रहिआएको छ । लिच्छवि, मल्ल, राणा र पञ्चायतदेखि आज कांग्रेस र कम्युनिस्टहरूले आलोपालो शासन सत्ता चलाउँदासम्म जनस्तरमा यही अवस्था भोग्न परिरहेको छ । राणा प्रधानमन्त्री जंगबहादुर हुँदा उनका कान्छा भाइ धीर शमशेरका १७ भाइहरूको अवस्था त्यस्तै थियो । पछि यी १७ भाइहरूको मिलोमतोमा षड्यन्त्र रचि खड्क शमशेर र डम्बर शमशेरको अगुवाईमा काका रणोद्विप (जंगबहादुरका काइला भाइ)को गोली हानी हत्या गरेपछि उदय भएका शमशेर खलकले जंगबहादुर राणाका सन्तानलाई सोही हविगतमा पु¥याएको इतिहास साक्षी छ ।

पञ्चायतकालमा समयानुकूल विकास हुन सकेन । विभिन्न विकृति, विसंगति भए भनेर सो शासन व्यवस्था र राजतन्त्रसमेत अन्त्य भएपछि पनि कर्णाली र कोशीमा धेरै क्युसेक पानी बगिसकेको छ । परिवर्तनकामी नेपाली जनताले साथ दिएर ल्याएको बहुदलिय व्यवस्था (गणतन्त्र) नेपाली समाजमा उक्त आख्यान झै भएको छ । बहुसंख्यक नेपालीहरूले आश र भरोसा रोखका कांगे्रस, कम्युनिस्ट दलहरूका सबै नेताहरू अहिलेसम्म त्भकतभम भइसकेका छन् । जनयुद्धका कारण झण्डै १७ हजार नेपालीहरूले मृत्युवरण गरेका थिए भने कैयौं बेपत्ता भएको महासमर सञ्चालन गर्ने कमरेडहरूले जनताप्रतिको उत्तरदायित्व बहन गर्ने आँट आयो आएन ?

कार्यकर्ता र जनयुद्धको भावनाअनुसार अहिलेसम्म नेतृत्व कसरी चल्दै आएको छ र यही कारण हविगत के कस्तो हुन पुग्यो नेपाली जनतासामु छर्लङ्ग भइसकेको छ । अरूको आङ्गमा जुम्रा हिडेको देख्ने, आफ्नो आङ्गमा भैंसी हिडेकोसम्म चाल नपाउने भनेझैं अर्काको ‘भष्मासुर’ जस्ता शब्दको बिल्ला भिराउने विद्वान् डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ३० हजार रूपैयाँ ऋण लिएर ब्याज हर्जाना केही नबुझाएर बसेको ऋणीले मिनाहा पाउने तर जसले यथासमयमै ब्याज बुझाएर साँवामात्र ३० हजार रहेको छ उसले त्यसो छुट सुविधा नपाएर ऋण तिर्नुपर्ने काइते निर्णमा सही ठोक्ने नेताको हविगत पनि कस्तो हुँदै आएको छ सबैलाई जगजाहेर भएको छ ।

स्व. मनमोहन अधिकारीको नेतृत्वमा गठिन पहिलो कम्युनिस्ट सरकारले ‘आफ्नो गाउँ आफै बनाऔं’, बृद्ध भत्ता, असहाय भत्ता जस्ता प्रत्यक्ष लोकप्रिय अकाट्य कार्यक्रम ल्याएर एमालेलाई जनस्तरमा प्रिय पार्टी बनाई अहिलेको दुई तिहाई मत पाउन सक्ने सामथ्र्यको विजारोपण गरेका थिए । यही सरकारका (तत्कालिन) अर्थमन्त्री स्व. भरतमोहन अधिकारीले आफू बिरामी भई मृत्युसँग लडिरहेको बेला भेन्टिलेटरमा लैजानु अघि पार्टी र सरकारका जिम्मेवार नेतालाई भेटेर भन्न खोजेका थिए । कम्युनिस्टहरूलाई इतिहासमा यस्तो मौंका मिलेको पहिलो र अन्तिम पटिक हुनसक्छ । यो अवसरलाई खेर जान नदिई पार्टीभित्र खिचलो नगरेर जनताको हित हुने काममा लाग्नु

। जुन कुरा भरत मोहन अधिकारीको निधन भई अन्येष्टी भएको साँझ बिबिसी नेपाली सेवाको कार्यक्रममा उहाँका सम्धि नारायणप्रसाद शर्माले बताउनु भएको थियो ।

केपी ओलीलगायत एमालेभित्रका त्यागी र निष्ठावान कार्यकर्ताको व्यवहार र चुनावताका घोषणा पत्रमा उल्लेख भएका कुराहरूलाई विकास गरी विभिन्न तहमा एमाले समेतको (नेकपा) विजयी भयो । बिडम्वना नै भन्नुपर्छ यसरी जनताद्वारा जिताएका प्रतिनिधिहरू विना लोकसेवाका कर्मचारी भई लाज नमानेर तलब भत्ता बुझ्न धुत रहे जनतालाई ढाड सेक्ने करको भारी बोकाए । यस सन्दर्भमा कुनै जनप्रतिनिधिलाई प्रश्न राखेका उत्तर आउँछ खाली पेटले कसले काम गर्न सक्छ र !

गत निर्वाचताका नै शेरबहादुर देउवाले चुनावी सभामा भन्ने गर्थे– ‘कम्युनिस्टहरूले जितेको श्वास फेर्न पानी पिउन पनि दिदैनन्’ तर यसलाई मतदाताले पत्याएनन् र कम्युनिस्टलाई जिताए आखिर कतिपय व्यवहार भयो त्यस्तै । ‘कम्युनिस्टहरू अरूभन्दा प्रेरक हुन्’ भन्ने कुरा व्यवहारले देखाउनु पथ्र्यो तर यही मत बटुल्न कम्युनिस्टको खोल मात्र ओढेको स्पष्ट हुँदैछ ।

कसैप्रति आग्रह पूर्वाग्रह नराखी भन्नुपर्दा विगतका सरकारहरूभन्दा केपी ओलीको तीन वर्षे शासनकालमा मुख्य राजमार्गहरू जे जस्ता रहेपछि गाउँभित्रका फराकारा सडकहरू पिच भएका छन् । कतै सकड पेटी पिच हुँदैछ । विभिन्न दलहरूको सहमति जुटाएर कालापानी, लिपुलेक समेटिएको पश्चिम चुच्चे नक्सा संविधानको अनुसूचिमा समे पास गराएकै हुन् । भारतबाट रेल पनि ल्याएकै हुन् ।

बाँकी अगाडिको काम गर्ने वातावरण पनि सहज त हुनैपर्छ । यस्तै परिस्थितिका बीच सर्वोच्च अदालतको परमादेशबाट उनी पदच्यूत गरिए र सोही आदेशबाट संसदको विश्वास लिएर शेरबहादुर देउवा नेपाली इतिहासमा पाँचौ पटक प्रधानमन्त्री भएका छन् । राजनीतिक नियुक्ति जेसुकै होस् तर विकास निर्माणका काहरूलाई यो सरकारले निरन्तरता दिनैपर्छ भन्ने चाहना हो ।

शेरबहादर देउवाको विगतलाई सम्झदा ‘नयाँ बोत्तलमा पुरानै रक्सी’ भने जस्तै हो भन्ने कुरा बाटोघाटो, चिया पसलहरूमा सुनिन्छ । अवसरवादीहरू ‘जता काफल पाक्यो उतै चरि नाच्यो’ भने झोलाभरी पैसा भरेर थन्क्याउने ठाउँ खोज्दैछन् । भोलि जनताको अगाडि के भन्न जाने भन्ने भरमा पृथ्वी भ्रमण गर्ने दिवास्वप्ना देख्दैछन् । भोलि बैशाखी भाँचिएको दिन कहि कसैले मसिनो लठ्ठीसमेत यिनलाई देखाउने छैन । अबका नेपाली मतदाताहरू धेरै सचेत भइसकेका छन् । देश र देशबासीको निम्ति कसले के ग¥यो भन्ने उनीहरूको आँखा अगाडिका भौतिक वस्तुहरू पर्याप्त छन् ।

यद्यपि देशमा विकासको अग्रगामी छलाङ्ग मार्ने हो भने यी त्भकतभम ७ ँबििभच नेताहरूको शाही, प्रेम सञ्जाल, कुलमान घिसिङ, महावीर पुनजस्ता त्याग र बलिदानी भिजन मिसन लिएका व्यक्तिहरूको अगुवाईमा यो राजनीतिक प्रणाली बदलेर जनताबाट प्रत्यक्ष राष्ट्रपति निर्वाचन हुने प्रणाली अपनाउनु परे पनि नेपालीहरू एक भएर लाग्नुपर्ने अपरिहार्य भइसकेको छ । अन्यथा यही व्यवस्था र यिनै अनुहारको हालीमुहाली रहेसम्म हामी नेपालीहरू विशेषतः दिन दुःखीको निम्ति ‘कागलाई बेल पाक्यो, हर्ष न विष्मात’ भने झै हुनेछ । राजनीति क चेतना भया ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here