- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeफिचर२१ बालबालिकालाई साइकल

२१ बालबालिकालाई साइकल

- Advertisement -spot_img

प्रदेश टुडे
गढवा, ३० भदौ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) ले राष्ट्रिय बाल दिवसको अवसरमा अतिविपन्न परिवारका अध्ययनमा उत्सुक र जेहेन्दार २१ जना बालबालिकालाई साइकल सहयोग गरेको छ ।

साइकल पाएपछि सुशीला रोका निकै खुशी थिइन् । राजपुर–३ करङ्गा खोला निवासी रोकालाई शंकर माध्यमिक विद्यालय, खरदरिया पुग्न पैदल करिब दुई घण्टा लाग्छ । आफ्नो दिदीसँगै साइकल लिन आएकी उनी अहिले कक्षा ६ मा अध्ययन गरिरहेकी छन् । ‘घरको आर्थिक अवस्था निकै कमजोर छ । खाना लाउन समस्या छ कसरी परिवारलाई साइकल किन्न भन्ने । अहिले साइकल पाए निकै खुशी लागेको छ’ रोकाले भनिन् ।

त्यस्तै खुशी थिईन सरस्वती माध्यमिक विद्यालय, गोबरडिहा कक्षा १० मा अध्ययन गरिरहेकी प्रतिमा चौधरी । उनका अनुसार उनको घरको र विद्यालयको दूरी करिब चार किलोमिटर छ । ‘विद्यालय आउन जान निकै समस्या थियो । अब त्यो समस्या रहेन । यसले मेरो समय पनि बचत हुनेछ । अब मेरो अध्ययन मा अझै सुधार हुनेछ ।’

अतिविपन्न परिवारका सन्तानलाई शिक्षामा प्रोत्साहन होस् र विद्यार्थीहरूले विद्यालय टाढा भएकै कारण विद्यालय छोड्ने प्रवृत्तिमा कमि होस् भन्ने उद्देश्यले साइकल सहयोग गरिएको सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए ।

सिओरकल क्यानडाको आर्थिक सहयोग र उनको बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा उक्त साइकल वितरण गरिएको सीपी नेपालका विद्यार्थी संयोजक मनोज श्रेष्ठले जानकारी दिए । यसका साथ साथै संस्थाले प्रत्येक वर्ष माघीको उपलक्ष्यमा विद्यार्थी र उद्यमशील महिलाहरूलाई सहयोग गर्दै आईरहेको छ ।

यसका साथै कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा बालबालिकाका रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) ले राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गरेको छ । चित्रकला, निबन्ध र वक्तृत्वकला प्रतियोगितामा ६० जना विभिन्न विद्यालयमा कक्षा ५ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

जसअन्तर्गत चित्रकलातर्फ सुजता चौधरी प्रथम, मनिषा चौधरी द्वितीय, प्रतिक बुढामगर तृतीय, बन्दना चौधरी सान्त्वना, निवन्धतर्फ पवित्रा चौधरी प्रथम, पुनम चौधरी द्वितीय, सविना चौधरी तृतीय र जगदिश चौधरी सान्त्वना साथै वक्तृत्वकला प्रतियोगितामा स्नेहा नेपाली प्रथम, महिमा चौधरी द्वितीय, मोनिका चौधरी तृतीय र अभिषेक चौधरीले सान्त्वना स्थान हासिल गरेका थिए । विजयी विद्यार्थीहरूलाई सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here