- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsजन्मदिनमा रेलिङ हस्तान्तरण

जन्मदिनमा रेलिङ हस्तान्तरण

- Advertisement -spot_img

तुलसीपुर,२९ भदौ । तुलसीपुर निवासी एक दम्पत्तीले अपांग समाज सुधार केन्द्रको भवनमा रेलिङ निर्माण गरिदिएका छन् । केन्द्रले सञ्चालन गरेको फिजियोथेरापी सेन्टरमा उपचार गर्न आउने एवं हिंडडुल गर्ने व्यक्तिहरुको सहजताका लागि तुलसीपुर–५ निवासी पौडेल किराना पसल सञ्चालक एवं समाजसेवी धर्मराज पौडेल र उनकी श्रमती मिना पौडेलले रेलिङ निर्माण गरिदिएका हुन् ।

करीव १४ हजारको लागतमा निर्माण गरिएको उक्त रेलिङ मंगलबार श्रीमती मिना पौडेलकोे जन्मदिनको अवसर पारेर अपांग समाज सुधार केन्द्रलाई हस्तान्तरण गरेको उनले जानकारी दिए ।
रेलिङ नहुँदा मानवीय क्षती हुन सक्ने खतरालाई मध्यनजर गर्दै उनले जन्मदिनमा हुने फजुल खर्चलाई कटौती गरी केन्द्रको भौतीक संचरना निर्माणमा सहयोग गरेको बताए ।
हिँडडुल गर्दा, ह्वुईल चेयरमा आउँदा जाँदा खसिएर जनधनको क्षती हुने खतरा देखेपछि रेलिङ निर्माण गर्ने सोचेका हौँ, उनले भने–‘अव आवतजावतमा जोखिम छैन ।’

केन्द्रका अध्यक्ष हुमकान्त कँडेलको अध्यक्षता एवं समाजसेवी सुर्यप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा उक्त रेलिङ हस्तान्तरण गरिएको हो ।

रेलिङ हस्तान्तरण कार्यक्रममा श्रीमती पौडेलका बुवा घनश्याम भण्डारीले जन्मदिन मनाउने बाहानामा गरिने खर्चलाई सामाजिक सेवामा लगाउनु समाजका लागि उदाहरणीय कार्य भएको बताए ।
सो अवसरमा प्रमुख अतिथि एवं श्रीमती पौडलेका ससुराबुवा सुर्य प्रसाद पौडेलले छोराबुहारीले केन्द्रमा गरेको सहयोगप्रति प्रशँसा व्यक्त गरे ।
उनले उक्त केन्द्रप्रति हरेक नागरिकको अपनत्व हुनुपर्ने बताए । केन्द्र अपांगता भएकाहरुको मात्र सम्पत्ती नभई हरेक व्यक्ति,समाज , समुदाय र राष्ट्रकै सम्पत्ती भएको बताए ।
राज्यले अँझैपनि अपांगता भएका व्यक्ति तथा परिवारहरुका लागि शिक्षा, स्वास्थ्य र रोजगार उपलव्ध गराउन नसकेको भन्दै यस विषयमा राज्य गम्भिर हुनुपर्ने बताए ।
केन्द्रका अध्यक्ष हुमकान्त कँडेलले पौडेल परिवारले विगत देखि नै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरे ।

यसअघि पौडेल परिवारले कोरोना संक्रमणको उद्धार र व्यवस्थापनका लागि स्थानीय सरकारले स्थापना गरेको राहत कोषमा २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए ।

केन्द्रका उपाध्यक्ष इश्वरी प्रसाद खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दोलख बहादुर खत्रीले गरेका थिए ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here