- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsसञ्चालन भए विद्यालय

सञ्चालन भए विद्यालय

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, २९ भदौ । कोरोना महामारीका कारण बन्द भएका दाङका विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा आएका छन् । जिल्लामा केही पालिकाले भौतिक उपस्थितिमा सञ्चालनममा ल्याएका हुन् ।

स्थानीय सरकारले स्वास्थ्य सुरक्षाका मादपण्डहरूलाई पूर्ण पालना गरे विद्यालयहरू भौतिक रूपमै सञ्चालन गर्नसक्ने सूचना जारी गरेसँगै तुलसीपुर र घोराहीका अधिकांश विद्यालयहरू सोमबारदेखि भौतिक सञ्चालनमा आएका छन् । जिल्लामा कोरोना महामारीको संक्रमणदर कम भएको र विद्यालय–बाहेक अन्य क्षेत्रहरू खुलिसकेको भन्दै पालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाले आवश्यक मापदण्ड निर्धारण गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।

स्थानीय तहले आइतबार सामुदायिक तथा निजी विद्यालयमा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अवस्था नभए भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने सूचना जारी गरेका थिए । सोही अनुरूपमा जिल्लाका अधिकांश विद्यालयहरूमा प्रत्यक्ष रूपमा पठनपाठन सञ्चालन गरिएको छ । कुनै पनि विद्यार्थीको पढाइ अवरूद्ध नबनाउन प्रत्यक्ष विधि नै उपयुक्त भएकाले भौतिक उपस्थितिमै पठनपाठन गरिएको विद्यालयहरूले जनाएका छन् ।

स्थानीय सरकारले तोकेको मापदण्डमा रहेर विद्यालयहरू भौतिक रूपमा सञ्चालन गरिएको गुरूजजुर नमुना माध्यमिक विद्यालयकी प्रधानाध्यापक विष्णु कुमारी केसीले बताइन् । विद्यार्थी संख्याका आधारमा एउटा कक्षामा बढिमा २० जनासम्म विद्यार्थीहरू राखेर पठनपाठन सुरू गरिएको उनले जानकारी दिइन् । उनका अनुसार विद्यालयमा तीन सिफ्टमा कक्षा सञ्चालन गरिएको छ । बिहान ७ बजेदेखि १० बजेसम्म प्राथमिक तहको पठनपाठन सञ्चालन गरिएको छ । यस्तै साढे १० बजेदेखि साढे दुई बजेसम्म कक्षा ६ देखि ८, साढे २ बजेदेखि साढे ५ बजेसम्म कक्षा ९ देखि १० का कक्षाहरू सञ्चालन गरिएको उनले जानकारी दिईन् ।

स्थानीय सरकारले स्वास्थ्य सुरक्षाका मादपण्डहरूलाई पूर्ण पालना गरे विद्यालयहरू भौतिक रूपमै सञ्चालन गर्नसक्ने सूचना जारी गरेस“गै तुलसीपुर र घोराहीका अधिकांश विद्यालयहरू सोमबारदेखि भौतिक सञ्चालनमा आएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एउटा कक्षामा २० जनासम्म विद्यार्थीहरू राखेर परीक्षा गर्न÷गराउन पाउने भनेपछि विद्यालयले पनि विद्यार्थीहरू धेरै भएका कक्षाहरूमा २० जनासम्म विद्यार्थीहरू राखेर पठनपाठन सञ्चालन गरेको उनले बताइन् । ‘कुनै कक्षामा १५ जना पनि छन्, कुनैमा थोरै पनि छन्, बढी भएकामा २० जना राखेका छौँ’ उनले भनिन्–‘शिक्षा महाशाखासँग सल्लाह गरेर नै २० जना राखिएको हो ।’

स्वास्थ्य सुरक्षाका मापदण्डहरूलाई अनिवार्य गर्दै कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू भौतिक रूपमै उपस्थित भएका छन् भने कक्षा ११ र १२ का विद्यार्थीहरू अनलाइन कक्षामार्फत सिकाइ सहजीकरण गरिरहेको उनले जानकारी दिइन् । अहिले एउटा कक्षाकोठामा बढीमा १७ वटा बेञ्च राखिएको छ भने बेञ्चको क्षेत्रफलको आधारमा कुनैमा एकजना र कुनैमा दुईजना विद्यार्थीहरू राखेर पढाइ सञ्चालन गरिएको छ ।

मावि तुलसीपुर सेन्टरका प्राधानाध्यापक भागवत पौडेलले पनि महाशाखाले निर्धारण गरेको मापदण्डमा रहेर विद्यालय सञ्चालन गरिएको जानकारी दिए । एउटा कक्षामा तीनसय बढी विद्यार्थीहरू रहेकाले बढीमा ३० जना विद्यार्थीहरू राखेर पठनपाठन सञ्चालन गरिएको उनले बताए । ‘१५ जना विद्यार्थीहरू मात्रै राखेर पढाउँदा अन्य विद्यार्थीहरूको पालो ढिलो आउने भएकाले एउटा कक्षामा भौतिक दूरी कायम गर्दै ३० जनासम्म राखिएको उनी बताउँछन् । जोर÷विजोर गरी विद्यार्थीहरूलाई पढाउने गरेका छौँ’ उनले भने– ‘कुनै कक्षामा विद्यार्थीहरूको संख्या तीन सय बढी छ, बढी विद्यार्थी भएको कक्षामा ३० जना राखेका छौँ ।’

प्राथमिक, आधारभूत र मावि तह गरी सबै तहका विद्यार्थीहरू पढाउने शिक्षकहरू पनि रहेकाले अहिले सिफ्ट सञ्चालन गर्न नसकिएको उनको भनाई छ । कतिपय शिक्षकहरू प्रावि, आधारभूत र मावि तहमा पनि पढाउनुहुन्छ’ उनले भने–‘सिफ्ट सञ्चालन गर्दा उक्त शिक्षकले बिहानदेखि साँझसम्म पढाउन नसक्ने भएकाले सिफ्टमा कक्षा सञ्चालन गरिएको छैन ।’
स्वास्थ्यका मापदण्डलाई अनिवार्य गर्न÷गराउनका लागि विद्यार्थीहरूलाई काउन्सेलिङसमेत गराइएको उनले बताए ।

विद्यालयमा कक्षा १ देखि १० सम्म २४ वटा कक्षा सञ्चालन भइरहेका छन् भने प्राविधिकतर्फ ४, आईटीतर्फ ४ र व्यवस्थापन संकायतर्फ २ वटा कक्षाहरू सञ्चालन भइरहेका छन् । कक्षा जोर÷विजोर गरी सञ्चालन गरिएको छ । प्रावि तहमा अध्ययन गर्ने बालबालिकाहरू स–साना भएकाले अपेक्षाअनुसार स्वास्थ्यका मापदण्ड पालन गर्न÷गराउन नसकिए पनि पूर्ण पालनको प्रयास भइरहेको उनले बताए ।

कोरोना कारण लामो समयसम्म विद्यालय बन्द हुँदा शैक्षिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले कोरोनाको जोखिम कम भएसँगै विद्यालयहरू भौतिक रूपमा सञ्चालन गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए ।

विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई ध्यानमा राख्दै विद्यालय सञ्चालन गरिए पनि कोरोनाविरूद्धका संयन्त्र र सावधानी अपनाउन जरूरी रहेको उनले बताए । ‘सावधानीमा लापरबाही भएपछि कोरोना महामारी नहोला भन्न सकिँदैन्’ उनले भने– ‘यसर्थ विद्यालय, अभिभावक सबैले विशेष ध्यान दिनुपर्छ ।’

उपमहानगरका १ सय ४९ वटै विद्यालय सञ्चालनमा आएका छन् । बजार क्षेत्रभन्दा टाढा र विद्यार्थी संख्या कम भएका विद्यालयहरूलाई सिफ्ट अनिवार्य नभएको भन्दै उनले बजार क्षेत्रसँग नजिक र विद्यार्थी संख्या बढी भएका विद्यालयहरूमा सिफ्ट–सिफ्ट गरेर कक्षा सञ्चालन गर्न निर्देशन दिएको उनले बताए । उनले यस विषयमा विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी सबै जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उल्लेख गरे ।

लामो समयदेखि विद्यालय बन्द हुँदा शैक्षिक क्षेत्र अन्यौल बनेकाले विद्यालय सञ्चालन गर्नुपर्ने चौतर्फी माग आएसँगै विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरिएको घोराही उपमहानगर–पालिका शिक्षा शाखा प्रमुख विनोद गौतमले बताए ।
कोरोनाको संक्रमणदर अहिले कम भएपनि आगामी दिनहरूमा संक्रमणको स्थिति भयावह बन्न सक्ने भन्दै उनले स्वास्थ्य सुरक्षामा मापदण्डहरूलाई अनिवार्य रूपमा पालना गर्न सबैमा अनुरोधसमेत गरे ।

उनका अनुसार अहिले पालिकाभित्र ९२ वटा सामुदायिक विद्यालय र ७८ वटा संस्थागत विद्यालयहरू रहेका छन् । उक्त विद्यालयहरूलाई कोरोना महामारीबाट बच्न÷ बचाउनका लागि आवश्यक सामग्रीहरूको व्यवस्थापन र बजेटको समेत व्यवस्थापन गर्न अनुरोध गरिएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here