- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsविद्यालयमा भौतिक उपस्थिति

विद्यालयमा भौतिक उपस्थिति

- Advertisement -spot_img

दोस्रो चरणमा चैत्र महिनादेखि बन्द भएका विद्यालयहरू सोमबारदेखि भौतिक रूपमा सञ्चालन भएका छन् । कोरोनाका कारण बन्द भएका विद्यालय करिब पाँच महिनापछि सञ्चालनमा आएका हुन् । कोरोनाको जोखिम कम भएसँगै सञ्चालनमा आएका विद्यालयमा स्वास्थ्य सुरक्षाका सावधानी अपनाउन भने आवश्यक छ । कोरोना कहरकै बीचमा विभिन्न सिफ्टमा कक्षा सञ्चालन गरेपनि सावधानी नपुगेर फेरि जोखिम बढ्न सक्ने भएकाले पनि सावधानीमा जोड दिन विद्यार्थीदेखि शिक्षकको भूमिका उत्तिकै छ । रोग लाग्नुभन्दा रोग नै लाग्न नदिन पूर्व सावधानीले महत्वपूर्ण भूमिका खेल्दछ । भौतिकरूपमा विद्यालय सञ्चालनको विषयमा लिएर सरोकारावालाहरूलाई प्रदेश टुडेको टुडे राउण्ड टेबलमा ल्याएका छौं ।


जीतसागर जि.एम.


मापदण्ड पालनामासबै लागौं

कोरोना कारण विद्यालय बन्द हुँदा शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको छ । कोरोनाको जोखिम कम भएसँगै सोमबारदेखि विद्यालय भौतिक उपस्थितिमा सञ्चालनमा आएका छन् । विद्यालय सञ्चालन भएपछि सिकाइ उपलब्धि पनि राम्रै अपेक्षा गरिएको छ, तर अपेक्षा सगँसँगै कोरोनाको जोखिम पनि उत्तिकै छ । सावधानीमा लापरवाही भएपछि कोरोना महामारी नहोला भन्न सकिँदैन् । त्यसैले सावधानीलाई विद्यालय, अभिभावक सबैले विशेष ध्यान दिनुपर्छ । अहिले उपमहानगरका १४९ वटै विद्यालय सञ्चालनमा आएका छन् । कतिपय विद्यालय भौगोलिक हिसावले बजारभन्दा टाढा छन् । ति विद्यालयमा विद्यार्थीको संख्या पनि कम छ ।

त्यस्तो ठाउँमा सिफ्ट–सिफ्ट गर्नुपर्ने छैन् । तर बजार क्षेत्रका विद्यालयमा भिडभाड हुन सक्ने खतरा पनि छ । बजार क्षेत्रका विद्यालय जहाँ विद्यार्थीको चाप बढी छ, ति विद्यालयमा सिफ्ट–सिफ्ट गरेर कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौँ । यसमा विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी सबै जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ । स्वास्थ्य अरूको लागि होइन, आफ्नो लागि हो भन्ने सोचेर स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पालना गरेपछि कोरोना संक्रमणको स्थिति बढ्न सक्दैन् ।

विद्यार्थी, शिक्षकले कम्तिमा पनि मास्कको अनिवार्य प्रयोग गरिदिने, कक्षा सिफ्ट–सिफ्टमा सञ्चालन गर्ने, अभिभावकले बालबालिकालाई नास्ता घरैबाट व्यवस्था गर्ने हो भने पनि संक्रमणदर बढ्न सक्दैन् । एउटा विद्यार्थी घरदेखि विद्यालयसम्म सुरक्षित हुन सक्यो भने भोलिका दिनमा समस्या आउँदैन् । कोरोना कहरका बीचमा विद्यालय सञ्चालन गर्दा धेरै कुराले चुनौति छ तर पनि शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले स्मार्ट लकडाउनअन्तर्गत स्थानीय पालिकालाई विद्यालय सञ्चालनको अनुमति प्रदान गरेको हो ।

अहिलेको अवस्थामा कोरोना संक्रमणदर मत्थर भएको छ । यस्तो अवस्थामा स्वास्थ्य सुरक्षाका लागि तोकिएका सम्पूर्ण मापदण्ड पालना भएको देखिदैन् । यहि अवस्थाले फेरि भोलिका दिनमा समस्या नआउला भन्न सकिदैन् । त्यसैले पनि सावधानीमा विद्यार्थीमात्र होइन्, शिक्षक अभिभावकको भूमिका महत्वपूर्ण छ ।

विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भइरहने अवस्थालाई कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न पनि म आग्रह गर्दछु । कोरोना कहरका बीचमा शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउनुपर्ने छ । लामो समयदेखि विद्यालय बन्द हुँदा शिक्षा क्षेत्र तहसनहस भएको छ । कोरोनाका कारण शिथिल बनेको शिक्षालाई उठाउन निकै चुनौति छन् ।

चुनौतिलाई पार गर्दै अघि बढ्नुपर्ने बाध्यता छ । रोगबाट पनि बच्नुपर्ने छ, सिकाइलाई पनि निरन्तरता दिनुपर्ने छ । सानो लापरबाहीले भोलिका दिनमा विद्यालय बन्द गर्नुपर्ने स्थिति ल्याउनुहुँदैन । कोरोना संक्रमणदर मत्थर बनेको अवस्थामा विद्यालय सञ्चालन भएका हुन् । कोरोनाको संक्रमणदर बढ्दै गएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था ल्याउनुहुँदैन् । त्यसैले कोरोनाबाट बच्न आवश्यक सावधानीमा विशेष ध्यान पुग्न सकोस् ।


विद्यालय नै जिम्मेवार

कोरोनाको संक्रमणदर मत्थर बनिसकेको अवस्थामा सबैक्षेत्र खुल्ला बनिसकेको छ । शिक्षाजस्तो महत्वपूर्ण क्षेत्र बन्द हुँदा अभिभावक, विद्यार्थी र शिक्षक सबैले विद्यालय पनि सञ्चालन गर्नुपर्छ भन्ने माग गर्नुभयो । हामीले पनि शिक्षा क्षेत्रलाई अब चलायमान बनाउनुपर्छ भन्ने सोचेर विद्यालय सञ्चालन गरेका हौँ । विद्यालय भौतिक रूपमै सञ्चालन गर्दा सिकाइ प्रभावकारी त हुन्छ तर संक्रमणको जोखिम पनि बढाएको छ ।

कोरोना कहरका बीचमा शिक्षण सिकाइलाई प्रभावकारी बनाउनुपर्ने आजको सबैभन्दा ठूलो चुनौति हो । त्यसैले यस्तो अवस्थामा बालबालिकालाई कोरोनाजस्तो रोगबाट बचाउनका लागि विद्यालयदेखि अभिभावकलाई सचेत बनाएका छौँ । जोखिमको अवस्था आँकलन गरेर विद्यालयले सिफ्ट–सिफ्ट रूपमा कक्षा सञ्चालन गरेका छन् । बजार क्षेत्रका विद्यालयमा सिफ्टमा कक्षा सञ्चालन भएको छ भने ग्रामीण क्षेत्रमा जहाँ विद्यार्थीको संख्या पनि कम हुन्छ । त्यस्ता विद्यालयमा सिफ्ट कक्षा सञ्चालन भएका छैन् । ग्रामीण ठाउँमा कोरोनाको जोखिम पनि कम छ ।

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुँदा सावधानीमा बढीभन्दा बढी ध्यान पुगेको छ । बालबालिकाले अनिवार्य मास्कदेखि विद्यालयमा साबुन पानी, भौतिक दूरीलगायतका मापदण्ड अनिवार्य बनाएका छौँ । कोरोनाको संक्रमणदर अहिले कम भएपनि आगामी दिनहरूमा संक्रमणको स्थिति भयावह नबन्ला भन्न सकिदैँन । त्यसैले अहिले विद्यालय सञ्चालन गर्दा बालबालिकालाई सुरक्षित बनाउने मुख्य चुनौति हो ।

विगतका वर्षहरूमा जस्तो कोरोना महामारी भयावह नबने पनि बालबालिकालाई केही प्रभावित बनाउन सक्छ । अहिले शिक्षकले कोरोनाविरूद्धको खोप लगाइसकेका छन् । त्यसकारणले गत वर्षभन्दा अहिले केही सुरक्षित छ । कतिपय अभिभावकले पनि खोप लगाइसकेको हुँदा अहिले विद्यालय भौतिक उपस्थितिमा सञ्चालन गर्दा त्यसले कोरोना भयावह स्थितिमा लैजान दिँदैन् भनेर विद्यालय सञ्चालन गरिएको छ ।

यसमा सुरक्षित बनाउन सबैको भूमिका उत्तिकै छ । संक्रमण बढ्यो भने विद्यालय फेरि बन्द हुन सक्छन् । अहिले हामीले स्मार्ट लकडाउन अन्तर्गत पालिकामा ग्रिन, एल्लो र रेड गरी तीनमध्ये रेड अवस्थामा कोरोना बढेपछि विद्यालय बन्द हुन्छन् । अब विद्यालय खुले सधैँका लागि खुले भन्ने हुँदैन् । कोरोनाविरूद्धको सावधानी अपाउन सकेनौँ भने स्थिति भयावह आउन सक्छ । विद्यालय क्षेत्रलाई सुरक्षित बनाई बालबालिकाकाले सिकाइ उपलब्धि उच्च बनाउन समुदाय, अभिभावक, विद्यार्थी र शिक्षक सबैको महत्वपूर्ण छ भूमिका ।

विद्यालय क्षेत्र अन्यौल हुँदा बालबालिकाको भविष्य नै अन्यौलमा पर्ने स्थिति आउन दिन हुँदैन् । अहिलेको खस्किदो सिकाइ उपलब्धिले भविष्यमा ठुलो असर पार्छ । त्यसकारण पनि सिकाइलाई प्रभावकारी बनाउनका लागि अहिले भौतिकरूपमा विद्यालय सञ्चालनमा आएका छन् । विद्यालयलाई कसरी सञ्चालन गर्ने भन्ने विद्यालय व्यवस्थापन पक्ष, शिक्षकको प्रमुख कुरा हो । कम्तिमा पनि विद्यालयलाई सुरक्षित राख्नुपर्छ भन्ने हो । स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पालना गर्न सक्यौँ भने विद्यालयलाई सुरक्षित बनाउन सक्छौँ ।

अहिले घोराहीमा मात्रै ९२ सामुदायिक विद्यालय छन् भने ७८ संस्थागत विद्यालय रहेका छन् । संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयमा अलि बढी समस्या हुन सक्छ । तर हामीले सामुदायिक विद्यालयका लागि बजेटको व्यवस्थापन पनि गरेका छौँ । कोरोना महामारीबाट बच्न आवश्यक सामग्रीका लागि केही भएपनि बजेट व्यवस्थापन गरेका छौँ ।

कोरोनाको अवस्था हेरे विद्यार्थीलाई एकैपटक बोलाउने कि सिफ्ट–सिफ्ट गरेर बोलाउने विद्यालयकै कुरा हो । हामीले सकेसम्म भौतिक दूरी र सिफ्ट–सिफ्ट गरेर विद्यालय सञ्चालन गर्नुहोस् भनेर निर्देशन दिएका छौँ । जे होस् विद्यालयमा बालबालिकालाई रोगबाट कसरी सुरक्षित राख्न सकिन्छ ति सबै मापदण्ड पालना गर्नुहोस् भनेका छौँ । कार्यान्वयन भएको छ कि छैन् भने हामीले बेला–बेलामा अनुगमनको पाटोलाई पनि ध्यान दिनेछौँ ।


मापदण्ड बाहिर जाँदैनन् विद्यालय

कोेरोनाकाले धरासयी बन्दै गरेको शिक्षा क्षेत्र भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुन थालेपछि सिकाइ उपलब्धि हुने अपेक्षा बढेको छ । तर यस बीचमा कोरोना कहर पनि छ । अहिले कोरोना संक्रमणदर ओरालो लागे पनि सावधानीको कमजोरीका कारण फेरि उकालो लाग्न सक्छ । त्यसैले पनि संक्रमणको स्थितिलाई यहि अवस्थामा राख्नका लागि सावधानी नै महत्वपूर्ण कुरा हो । कोरोनाविरूद्धको खोप पछिल्लो समय शिक्षकले पनि पाइसकेको अवस्थामा गतवर्षको जस्तो जोखिम भने छैन् । तर यति भन्दैमा सावधानी नपाउने भन्न खोजेको होइन् ।

सावधानी अपनाउन कञ्जुस्याइँ गर्न हुँदैन् । सावधानीमा अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन पक्ष सबैको भूमिका बराबर नै छ । अहिले विद्यालय भौतिक उपस्थितिमा सञ्चालनमा आएका छन् । राज्यको सबै क्षेत्र सञ्चालन भइसकेको अवस्थामा शिक्षाजस्तो महत्वपूर्ण क्षेत्र सञ्चालनमा आउनु नै पथ्र्यो । स्मार्ट लकडाउनअन्तर्गत जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसी–एमसी) ले स्थानीय तहलाई विद्यालय सञ्चालन गर्नसक्ने अधिकार प्रदान गरेको छ ।

अहिले सोहिअनुसार विद्यालय सञ्चालन भएका छन् । विद्यालय सञ्चालन गर्दा हामीले कोरोनाको जोखिमलाई पहिलो प्राथमिकतामै राखेर काम गरिरहेका छौँ । जोखिम कम भएपनि संक्रमणदर अझै कायम रहेको हुँदा स्वास्थ्य सुरक्षाका सबै किसिमका सावधानी अपनाउनका लागि विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति लगायतलाई अनुरोध पनि गरिरहेका छौँ ।

अहिले अवस्थामा हामीले भनेर भन्दा पनि रोगबाट कसरी सुरक्षित हुने भन्ने सम्बन्धित विद्यालय, सम्बन्धित विद्यार्थी, सम्बन्धित अभिभावक आफै बढी सचेत हुनुहुन्छ । त्यसकारण पनि विद्यालय सञ्चालन हुँदा कोरोना संक्रमणदर भयावह हुन्छ कि भन्ने भ्रम नपाल्दा हुन्छ । सबैले सावधानीपूर्वक आ–आफ्नो पेशालाई निरन्तरता दिइरहेको हुँदा विद्यालय क्षेत्र पनि सुरक्षित नै हुन्छ भन्नेमा हामी विस्वस्त छौँ ।

कोरोनाको तेस्रो लहर नआउने भन्ने होइन्, कतिपय हाम्रा कमिकमजोरीका कारण पनि रोग भयावह बन्न सक्छ, त्यसकारण एउटा विद्यार्थी घरदेखि विद्यालय र विद्यालयदेखि घरसम्म सुरक्षित कसरी हुनसक्छ भने शिक्षक, अभिभावक सबै सचेत हुनुपर्छ । अर्को कुरा के हो भने कोरोना रोग अझै कहिलेसम्म हुने हो अहिले नै भन्न सकिने अवस्था छैन् ।

अब यसबाट डराएरभन्दा पनि यस सँगसँगै हामीले दैनिक क्रियाकलापलाई परिवर्तन गराउँदै लैजानुपर्छ । यसलाई जति ठूलो हाउँगुजी बनायौँ, त्यसले हाम्रो मानसपटलमा बढी असर पार्छ । समय र परिस्थिति अनुकूल हामीले पनि आफूलाई मिलाउँदै लैजाने भन्ने नै प्रमुख कुरा हो ।

रोगलाई फैलन नदिनका लागि सबै विद्यालयका शिक्षक, व्यवस्थापन समिति, स्थानीय समुदाय, विद्यार्थी सबै जिम्मेवार छन् । कुनै एउटाको कमजोरीका कारण रोग झन् भयावह बन्नसक्छ । यस्तो अवस्थामा विद्यालय सञ्चालन भएका छन् । विद्यालय भौतिक उपस्थितिमै सञ्चालन गर्नुपर्ने बाध्यता छ । अनलाईन माध्यमबाट सिकाइ उपलब्धि प्रभावकारी नभइरहेको अवस्थामा अहिले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरिएको हो ।

भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्दा संक्रमणको जोखिम पनि बढेको हन्छ । त्यसैले सकेसम्म रोगलाई भयावह हुन नदिनका लागि विद्यालयलाई सिफ्ट–सिफ्ट गरेर सञ्चालन गर्दा राम्रो हुन्छ । विशेष गरी साना कक्षा भएका विद्यालयमा सिफ्ट कक्षा चलाउँदा संक्रमणको जोखिम कम हुन्छ ।


असुरक्षित हुँदैनन् बालबालिका

कोरोना कहरकै बीचमा सिकाइलाई प्रभावकारी बनाउनुपर्ने बाध्यताका बीचमा अहिले भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् । विद्यालय सञ्चालनमा आउँदै गर्दा कोरोनाको जोखिम झन् फेरि बढ्दै जाने हो कि भन्ने चासो र चिन्ता बढेको छ । बढ्नु पनि स्वभाविक नै हो । गतवर्ष पनि हामीले केही महिनामात्रै विद्यालय सञ्चालन गरेर फेरि कोरोनाको दोस्रो लहरका कारण बन्द गर्नुपर्ने स्थिति आएको थियो ।

त्यसकारण पनि अहिले हामी र हाम्रो सदस्य विद्यालयहरू कोरोना संक्रमण फैलन नदिनका लागि आवश्यक सावधानी अपनाउने विषयमा गम्भीर छौँ । हामीहरू सबैजना सचेत छौँ । ता कि भोलिका दिनमा विद्यालय सञ्चालनकै कारण कोरोनाको संक्रमणदर बढेको हो भन्ने स्थिति नआवस् । कोरोना संक्रमणदर शुन्यमा झरि नसकेको अवस्थामा विद्यालय अर्थात् सिकाइ भौतिक उपस्थितिमा अघि बढाएका छौँ ।

स्मार्ट लकडाउनअन्तर्गत स्थानीय तहले जोखिम पहिचान गरेर विद्यालय सञ्चालन गर्न दिने अधिकार भएपछि अहिले पालिकाले विद्यालय सञ्चालनको अनुमति दिइसकेका छन् । विद्यालय सञ्चालन गर्दा हामीलाई संक्रमणबाट बालबालिका कसरी जोगाउने भन्ने चुनौतिको पहाड पनि खडा भएको छ । अब हामी ति चुनौतिको पहाडलाई फोरेर जाने कि, यतै छेक्किने भन्ने हो । हामीले सहज ढंगले चुनौतिलाई समाधान गर्न सक्नु नै बुद्धिमता हुन्छ । बालबालिकाको भविष्य सुन्दर बनाउन विद्यालय सञ्चालन गरिएको हो ।

बाध्यात्मक स्थितिमा विद्यालय सञ्चालन हुँदा यसलाई अभिभावक, शिक्षक, विद्यार्थी सबैले बुझेका छन् । संक्रमण बढ्न नदिनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अधिकतम प्रयोग गर्ने भन्ने नै हो । अभिभावकले बालबालिकालाई विद्यालय पठाउँदा विद्यालयमा मेरा छोराछोरी सुरक्षित भन्ने वातावरण विद्यालयले गराएका छन्, गराउनुपर्छ । विद्यालयले पनि घरबाट बालबालिका सुरक्षितरूपमा आएका छन् भन्ने वातावरण अभिभावकले गराउनुपर्छ तबमात्रै हामी कोरोनाविरूद्धको लडाईमा सफल हुन्छौँ ।

गत वर्षको जस्तो कोरोना महामारी भयावह बन्न पनि सक्छ । अहिले शिक्षकले करिब–करिब खोप लगाइसक्नु भएको छ । कतिपय अभिभावकले पनि खोप लगाइसकेको हुँदा संक्रमणको स्थिति भयावह नै बन्छ भन्ने चाहिँ होइन् । यति भन्दै गर्दा सावधानीमा लापरबाही हुनुुुहुँदैन् । स्वास्थ्य सुरक्षाका लागि विद्यालयले गेटमै साबुन पानी, सेनीटाइजरको व्यवस्था गरेका छन् । यदि नभएको भएपनि तुरून्त ति कुराहरूको व्यवस्था गर्न विद्यालय व्यवस्थापन पक्षलाई अनुरोध गरेका छौँ ।

विद्यार्थीले अनिवार्य मास्कको प्रयोग गर्ने, सम्भव भएसम्म एउटा बेच्नमा दुई÷दुईजना मात्रै विद्यार्थी राख्ने र सिफ्ट–सिफ्ट गरेर विद्यालय सञ्चालन गर्न अनुरोध गरेका छौँ । कोरोना फैलन सक्छ भनेर सबैजना सचेत छौँ । विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक लगायत सरोकारवाला सबै कोरोनाको संक्रमणदर घटाउन सचेत छौँ । विद्यालयमा बालबालिका असुरक्षित हुन्छन् भ्रम नबनाउँदा हुन्छ । बालबालिका सुरक्षित बनाउन अभिभावक र शिक्षकको दुवैको भूमिका महत्वपूर्ण छ । रोगबाट बच्नका लागि सबैले आफ्नो भूमिकालाई सक्रिय र प्रभावकारी बनाउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here