- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsबाँके राष्ट्रिय निकुञ्जमा पनि बाघले मान्छे खायो

बाँके राष्ट्रिय निकुञ्जमा पनि बाघले मान्छे खायो

- Advertisement -spot_img

प्रदेश टुडे
बाँके, २९ भदौ । बर्दिया राष्ट्रिय निकुन्त्रभित्रको पूर्व–पश्चिम राजमार्गमा बाघले मान्छे खाइरहेको घटना सेलाउन नपाउँदै फेरि बाँकेमा पनि बाघले मान्छे खाएको छ । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा पाटे बाघले आइतबार बेलुका एकजनाको ज्यान लिएको छ ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरबाट एकजना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको छ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार ‘त्यस क्षेत्रमा बाघ बौलाएको छ’ ‘राजमार्ग क्षेत्रबाटै दुई दिनमा दुईवटा गाई पनि मारिसकेको छ ।’ बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न सकेको छैन । स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने खुलेको एसपी अधिकारीले बताए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघले खाएका ती व्यक्तिको खुट्टामात्रै फेला परेको जानकारी दिए । ‘खबर आएपछि हामी सोमबार बिहानै खोजीमा गएका थियौँ’ शाहले भने, ‘बाघले ती व्यक्तिको शरीरको माथिल्लो भाग खाइसकेको अवस्थामा खुट्टामात्रै बिहान साढे ७ बजेतिर निकुञ्ज क्षेत्रभित्र फेला परेको छ ।’

प्रमुख संरक्षण अधिकृत शाहले केही दिनदेखि गाभर क्षेत्रमा एक जोडी पाटेबाघ देखिइरहेकाले आइतबार बेलुकादेखि त्यसक्षेत्रमा गस्तीमा खटिने गरेको बताए । ‘हामी गस्तीमा जाँदा पनि आक्रमणमा परेका ती व्यक्तिलाई आइतबार बेलुका ५ बजेतिर राजमार्गको छेउमा बसेको देखेका थियौं’ शाहले भने, ‘आज बुझ्दा उनैलाई बाघले खाएछ । झण्डै पाँच सय मिटरभित्र उनको खुट्टामात्र फेला परेको उनले बताए ।

ती व्यक्तिलाई आइतबार झिसमिसे साँझमा बाघले झम्टिएर लगेको हुनसक्ने शाहले बताए । ‘बाघले कि झिसमिसे साँझमा वा सूर्योदयको समयमा बढीजसो शिकार गर्छ’ शाहले भने, ‘दिनभर झाडीमा लुकेर बस्छ ।’ बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत गाभर क्षेत्रमा केही समयदेखि पाटेबाघ देखिन थालेपछि आफूहरूले क्यामेरा राखेर बाघको अनुगमन बढाएको, स्थानीयलाई जंगलमा घाँस दाउरा काट्नका लागि नजान सचेत तुल्याएको र राजमार्ग क्षेत्रमा रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाउन निर्देशन दुई दिन अगाडि नै दिएको शाहले बताए ।

निकुञ्ज भित्रै पर्ने पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा ठाउँ–ठाउँमा छाडा गाईवस्तु रहेको हुँदा बाघले ती गाईवस्तुलाई शिकार गर्दै आएकाले सचेत रहन आग्रह गरिएको शाहले जानकारी दिए । होटलमा भाँडा माझ्ने काम सकेपछि प्रायः राजमार्ग क्षेत्रमा साँझ एक्लै बस्थे । त्यही समयमा उनलाई बाघले झम्टिएर लगेको हुनुपर्ने बताएका छन् । आइतबार बेलुका उनी फर्किएर होटलमा नआएपछि उनलाई बाघले लगेको हुनसक्ने आशंका गरी बिहानै खोजी सुरू भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here