- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsयौनिक जोखिम किशोर–किशोरी

यौनिक जोखिम किशोर–किशोरी

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २९ भदौ । यौनिकता विषयमा किशोरी–किशोरी नै बढी जोखिममा हुने गरेको एक कार्यक्रमका सहभागीहरू बताएका छन् । किशोर अवस्थामा यौन तथा प्रजनन बारेमा बढी जिज्ञासा हुने र खुलेर यो विषयमा कुरा गर्न नसक्ने भएकाले किशोर–किशोरीहरू बढी जोखिममा रहेको बताएका थिए ।

सबै विद्यालयमा अनिवार्य यौन तथा प्रजनन स्वास्थ्यको वारेमा शिक्षा भएपनि शिक्षकहरूले उनीहरूको जिज्ञासा मेटाउन नसकेको बताएका थिए । नेपाल परिवार नियोजन संघ दाङले आयोजना गरेको शिक्षकहरूका लागि पाँचदिने बृहत् यौनिकता शिक्षा तालिमको उद्घाटन शत्रमा सहभागीहरूले यस्तो बताएका हुन् । परिवार, विद्यालय र समाजमा यौनिकताको बारेमा खुलेर बहस तथा छलफल गर्ने अवस्था अझै पनि सिर्जना भई नसकेको अवस्थाको कारण समाजमा नकारात्मक घटनाहरू बढ्दै गईरहेको बताएका थिए ।

नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य निर्मला गौतम रेग्मीले स्वस्थ जनसंख्या र स्वस्थ समाज निर्माणमा बृहत् यौनिकता शिक्षाको महत्वपूर्ण भूमिका रहने बताईन् । मानव विकासको मूलआधार शिक्षाका नायकहरूलाई लक्षित गरी दिइएको बृहत् यौनिकता शिक्षाले विद्यालय तहबाटै किशोर–किशोरीहरूलाई सही मार्ग पहिचान गर्न मद्दत पुग्ने बताइन् । ‘प्रजनन् स्वास्थ्यको पाठ नपढेर अर्को पाठ पल्टाउने समाजका व्यक्ति हौँ हामी’ कार्यक्रमम उनले भनिन् ‘अब यो समाज फेरिनुपर्छ ।’ तालिममा सिकेको ज्ञानलाई विद्यालय तथा समुदायमा प्रवाह गर्न शिक्षकहरूलाई आग्रह गरिन् ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले प्रजनन तथा यौनिकताका सवालमा सबैभन्दा बढी किशोर–किशोरीहरू जोखिममा रहेको बताए । ‘यो एउटा किशोरा अवस्था हुन्छ, जसको यौन तथा प्रजनन प्रक्रियाहरू परिवर्तन हुँदै जान्छ र किशोर–किशोरी पनि उत्तिकै जिज्ञासु हुन्छन्’ उनले भने ‘यो विष्यमा उठेका कौतहुलता र जिज्ञासालाई मेटाउन सकिएन् भने नकारात्मक घटनाहरू हुने गर्छन् ।’ यौनिकताको बारेमा उचित शिक्षा र चेतनाको अभाव रहेको बताए । यौनिकता शिक्षाको बारेमा धेरैलाई जानकारी नहुँदा शिक्षकको माध्यमबाट शिक्षा प्रदान गरिएको बताए ।

‘अझै पनि अधिकांश विद्यालयहरूका शिक्षकहरूले खुलेर विद्यार्थीहरूसँग यौनिकतासम्बन्धी शिक्षा प्रदान गर्न नसिकेका कुराहरू बाहिर आउँछन्’ उनले भने ‘शिक्षकहरूलाई यौनिकतासम्बन्धी तालिम प्रदान गरियो भने धेरै विद्यार्थी, परिवार र समाजसँग पुग्न सक्छ ।’ विद्यालयका शिक्षकहरूले पनि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर नै शिक्षा प्रदान गरून् भन्ने उद्देश्यले घोराहीमा तालिमको आयोजना गरिएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल परिवार नियोजन संघका पूर्व सभापति एवं केन्द्रीय सदस्य गणेशराज श्रेष्ठले यौनिकता शिक्षाको अभावमा समाजमा थुप्रै किशोर– किशोरीहरू विभिन्नखाले समस्या तथा हिंसामा परेको बताए । ‘विद्यालयमा यौन तथा प्रजनन’ स्वास्थ्यको विषयमा पढाइ हुँदा छात्रहरू हाँस्ने, छात्राहरू लाजले घोप्टो पर्ने, शिक्षकहरू खुलेर पढाउन नसक्ने वातावरण कायमै छ’ कार्यक्रममा उनले भने ‘अब यो विषयमा शिक्षकहरूले ध्यान दिन जरूरी छ ।’

अभिभावक र विद्यार्थीको सबैभन्दा नजिक र विश्वासिलो पात्र शिक्षक शिक्षिकाहरूलाई लक्षित गरी दिइएको यसप्रकारको तालिमले स्वस्थ समाज निर्माण महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यौनसम्बन्धी शिक्षा विद्यालयमा खुलेर शिक्षण गराउन नसकेका कारण विद्यार्थीहरूलाई यौन शिक्षाको बारेमा जानकारी नभएको बताउँदै उनले विद्यालय तथा कक्षाकोठाहरूमा खुलेर छलफल गर्नुपर्ने बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको सहकार्यमा नेपाल परिवार नियोजन संघ दाङको आयोजना र संयुक्त राष्ट्र संघीय जनसंख्या कोष, नेपाल युएनएफपिएको प्राविधिकका सहयोगमा तालिम शुरू भएको हो । नेपाल परिवार नियोजन संघ दाङका उपसभापति भरतराज देवकोटाको अध्यक्षतामा भएको तालिमको उद्घाटन भएको हो । असोज १ गतेसम्म चल्ने तालिममा पूर्वि रूकुमका २७ जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखा सचिव माया पोख्रेलले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here