- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsकिसानलाई तोरी र टमाटरको बीउ

किसानलाई तोरी र टमाटरको बीउ

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २९ भदौ । तुलसीपुरमा रहेको हरियाली कृषि समूहका किसानहरूलाई उन्नत जातको बीउ वितरण गरिएको छ । वडा नम्बर ४ मा रहेको उक्त कृषि समूहमा आवद्ध किसानहरूलाई तोरीको बीउ र टमाटरको बीउ वितरण गरिएको छ । ग्रिन फाउण्डेसन नेपाल दाङ शाखाले समूहको माग अनुसार किसानहरूलाई बीउ वितरण गरेको हो ।

समूहका अध्यक्ष दोलक बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बीउ हस्तान्तरण गर्दै वडा अध्यक्ष बालकृष्ण राना (धुव्र)ले बीउलाई सही सदुपयोग गर्न आग्रह गरे  । उन्नत जातका बीउ भएकाले बीउको सदुपयोग गर्न अनुरोध गरेका हुन् । वडाको अधिकांश विकास कृषि खेतीसँग जोडिएको भन्दै उनले वडालाई तरकारीको पकेट क्षेत्रको रूपमा विकसित गर्दै लगिने बताए । वडा कार्यालयले पनि कृषकहरूका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको र चालु आर्थिक वर्षमा किसानलाई मेसिनरी औजार वितरण गर्ने योजनाअनुसार बजेट विनियोजन गरेको बताए ।

सोही अवसरमा ग्रिन फाउण्डेशन दाङका सचिव सुरेश रावतले समूहमा आवद्ध भएका तथा कोरोना प्रभावितलाई लक्षित गरी आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरेको बताए । विशेषगरी किसानहरूको जीवनस्तर माथि उकास्नका लागि सहयोग पुग्ने गरी आफूहरूले व्यावसायीक कृषि खेती गर्न चाहने किसानहरूलाई उन्नत जातको विभिन्न बीउबिजन वितरण गरेको बताए ।

उत्पादन क्षेत्रअनुसारको बीउबिजन वितरण गरेको हुँदा आफूहरूले दिएको बीउले राम्रो उत्पादन गरी अर्को वर्ष फेरी त्यसलाई बीउको रूपमा प्रयोग गर्न सकिने बताए । ४० केजी तोरीको बीउले तीन बिगाह बढी क्षेत्रफल जमिनमा लगाउन मिल्ने भएकाले यसबाट धेरै उत्पादन हुने उनको भनाई छ ।

यस्तैगरी टमाटरको १० प्याकेटबाट २० हजार बेर्ना उत्पादन गरी धेरै टमाटर उत्पादन हुने र बजारीकरणमा समस्या भएमा त्यसको व्यवस्थापन आफूहरूले सहयोग गर्ने उनले बताए ।

उन्नत जातको टमाटर र तोरीको बीउ पाएपछि किसानहरू खुशी भएका छन् । समूहका सदस्य तथा किसान शंकर वलीले उन्नत जातको बीउबिजन पाउँदा खुशी लागेको बताउँदै यसले आफूलाई धेरै राहत भएको बताए । किसानहरूलाई ४० किलो उन्नत जातको तोरीको बीउ र दश प्याकेट हेमसना जातको टमाटरको बीउ वितरण गरिएको हो । कार्यक्रमको सहजीकरण संस्थाका तुलसीपुर कार्यक्रम संयोजक तेजराज वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here