- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeफिचरस्वास्थ्य प्रोफाईल सार्वजनिक

स्वास्थ्य प्रोफाईल सार्वजनिक

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, २९ भदौ । सल्यानको कपुरकोट गाउँपालिकामा वार्षिक प्रतिवेदनसहितको प्रोफाइल सार्वजनिक गरिएको छ  । सोमबार गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले आर्थिक वर्ष २०७७/०७८ मा स्वास्थ्य क्षेत्रमा भएको समग्र विवरण समेटिएको स्वास्थ्य प्रोफाइलको विमोचन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै उनले पालिकाबासीको स्वास्थ्य स्थितिमा सुधार ल्याउने उद्देश्यले आफूहरूले काम गरिरहेको बताए । स्वास्थ्य संस्थाहरूको अनुगमन, सुपरिवेक्षण, स्वास्थ्यकर्मीहरूको मेहनत तथा पालिकाको सहयोगबाट स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि आफूहरू तत्पर रहेको अध्यक्ष सेनको भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका चारवटा स्वास्थ्य चौकी र दुईवटा आधारभूत स्वास्थ्य केन्द्रले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका छन् । पालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रगतिको तुलनात्मक विश्लेषण गर्ने, स्वास्थ्य सेवामा देखिएका कमजोरीको पहिचान र सुधार गर्नुपर्ने पक्षहरू पत्ता लगाई लक्षमा पुग्न मार्ग पहिचान गर्ने तथा प्रमुख स्वास्थ्य सूचकहरूको प्रगति समीक्षा गर्ने लगायतका उद्देश्यले गोष्ठीको आयोजना गरिएको स्वास्थ्य संयोजक अरूण दाहालले जानकारी दिए ।

समीक्षा गोष्ठीमा गाउँपालिका उपाध्यक्ष तिला बुढामगरले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुनेमा जोड दिदै यसका लागि सबै पक्षको समन्वय हुनुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले समीक्षा गोष्ठीले स्वास्थ्य संस्थाका व्यवस्थापक तथा स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवाको गुणस्तर सुधार पद्धतिको बोध गराउने विश्वास व्यक्त गरे ।
कपुरकोट गाउँपालिकाले २० हजार ६ सय ७६ जनसंख्यालाई छवटा स्वास्थ्य संस्था, १४ वटा गाउँघर क्लिनिक, १८ वटा खोप क्लिनिक, चारवटा वर्थिङ सेन्टर तथा एउटा आयुर्वेदिक औषधालयबाट सेवा प्रवाह गर्दै आइरहेको स्वास्थ्य शाखाका सि.अहेव सुवास हमालले जनाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here