- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsथारू समुदायमा अट्वारी उल्लास

थारू समुदायमा अट्वारी उल्लास

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २८ भदौ । थारू समुदायले मनाउने एउटा महत्वपूर्ण साँस्कृतिक पर्व अट्वारी हो । पश्चिम नेपालका थारूहरूले आइतबार धुमधामका साथ अट्वारी मनाएका छन् । दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारू समुदायले आइतबार धुमधामले अट्वारी पर्व मनाएका हुन् । पुरूष थारूहरूका लागि यो पर्व महत्वमा पर्दछ ।

केही पहिलेसम्म अट्वारी पर्व मनाउने विषयमा थारू समुदायकै बीचमा फरक–फरक मिति र समय हुन थालेपछि यसमा एकरूपता ल्याउन पछिल्लो समय थारू बाहुल क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेतका मटहवा, भलमन्सा र बढघरहरूले संयुक्त रूपमा क्यालेण्डरसमेत सार्वजनिक गरेर एकैदिन मनाउँदै आएका छन् । अट्वारीमा दाङका केही स्थानीय तहले सार्वजनिक बिदासमेत दिइएका छन् । थारू बाहुल क्षेत्र रहेका जिल्लाका तुलसीपुर उपमहानगर, घोराही उपमहानगर, लमही नगरपालिका, दंगीशरण, राप्ती गाउँपालिकालगायतकाले सार्वजनिक बिदा दिएका हुन् ।

मुख्यगरी थारू समुदायका पु्रूषहरूले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेषरूपमा लिने गरेका छन् । आजको दिन पानीसमेत नखाएर (निर्जला) ब्रत बस्ने गरिन्छ । यो पर्व सूर्य अर्थात् शक्तिको उपसनाको लागि गर्ने गरिएको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताए । उनले पाँच पाण्डवका भीमको पौरखसँग समेत जोडिएको पर्व भएकाले यसको महत्व ठूलो रहेको बताए ।

किम्वदन्तीअनुसार दाङका थारू राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसँग समेत जोडेर मनाउने गरिएको उनले बताए । उनले थारू राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको छ । थारू बुद्धिजीवि चूर्णबहादुर चौधरीले धर्म, संस्कृति र परम्पराले विविधतालाई एकतामा अट्वारी पर्वले जोडेको बताए । उनले यही भएर अहिले सबै जातजातिले समेत अट्वारीको महत्व बुझेको र मनाउने गरेको उल्लेख गरे ।

धर्म, संस्कृति संरक्षण र विकासका लागि स्थानीय सरकारहरूले समेत ध्यान दिनु राम्रो भएको बताए । आफ्नो संस्कृति र परम्पराको जगेर्ना गर्दै अरूको संस्कृतिको सम्मान गर्नुपर्ने बताए । थारू समुदायमा अट्वारीका अवसरमा स्थानीयस्तरमा उत्पादित वस्तुहरू काँक्रा, अम्बा, केरा र चामल र गहुँको पिठोको रोटी पकाएर खाने चलन छ ।

भेवा (पाँच पाण्डवमध्येका माहिला भीमसेन) पूजा गर्दा घरमा नयाँ अन्नबाली भित्रियोस्, वर्ष दिनसम्म खान र लाउन पुगोस् भन्ने कामना गरिन्छ । यसो गर्दा आफ्नो घर, टोल र समुदायको सुरक्षाको तथा चेलीबेटीसँगको नाता, बन्धन सुमधुर र प्रगाढ हुने मान्यताले पनि यो अट्वारी पर्व मनाउने गरिन्छ ।

भोकले व्याकुल ‘भिम’ रोटी पकाउँदै गर्दा युद्धको ‘डंका’ युद्धको विगुल बजेपछि उनी पकाउँदै गरेको रोटी छोडेर कौरवसँग भिड्न गएको हुँदा आउँदासमेत टोली नडढेको हुँदा उनको बहादुरीको प्रसंशाको लागि एकतर्फ मात्रै पकाएको रोटी खाने प्रचलन रहेको चौधरीले बताए ।

थारू संस्कृतिविद् अशोक थारूले अट्वारी पर्वलाई शक्ति र प्रकृतिको पूजाको रूपमा लिनुपर्ने बताए । सम्पूर्ण ब्रह्माण्डको मुल स्रोत भनेको सौर्य उर्जा भएकोले त्यहि शक्तिको उपासना नै अट्वारीको रूप भएको थारूको भनाई छ । उनले अट्वारी पर्वलाई अलौकिक मिथकसँग जोड्नुभन्दा विश्व ब्रह्माण्डीय विज्ञानलाई जोड्नु बढी वैज्ञानिक र दिगो हुने धारणा व्यक्त गरे ।

‘अट्वारीको बारेमा अब द्वापर युग, भिम र दंगीशरण राजाभन्दा अगाडि गएर सूर्यको उत्पत्तिको युगसँग सोंच्न सक्नुपर्ने बताए ।’ तर, चामलको पिठोको उक्त रोटी भने एकसरो पकाएको हुन्छ । यसमा पनि रोचक किम्वदन्ती छ । द्वापर युगमा धर्म युद्ध हुने गर्दथ्यो । त्यतिबेला सूर्य अस्ताएपछि युद्ध हुँदैन थियो ।

अट्वारी पर्वमा जंगलबाट ल्याएको नयाँ र शुद्ध मालु र सालको पातको डुना टपरीमा परिकार खाने प्रचलन छ । परम्परालाई संरक्षण गर्न र जोगाई राख्न सबै लागेको बृद्ध सोमदी चौधरीले बताइन् । अट्वारीमा माछा मासु खाईदैन ।

अट्वारी पर्व र यसको महत्व

थारू समुदायहरूको विभिन्न चाडपर्वहरू मध्येको एक महान् पर्व हो, अटवारी पर्व । प्रत्येक वर्ष भदौ महिनाको श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो पर्वको रूपमा लिइन्छ यो अट्वारी पर्वलाई । विशेषगरी थारू जातिको बाहुल्यता रहेको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतलगायतका जिल्लाहरूमा धुमधामका साथ मनाउने गरिन्छ । खासगरी यो अट्वारी पर्व पुरूषले मनाउने गर्दछन् ।

ऋषीपञ्चमी पछिको पहिलो आइतबारको दिन मनाउने यो अट्वारी पर्व आइतबारको अघिल्लो रात अर्थात् शनिबारको मध्यरातमा भाले नबास्दै माछा, मासुजस्ता मीठा–मीठा परिकार बनाई दर खाने चलन रहेको छ । जसलाई थारू शब्दमा ‘भिन्सरिया खइना’ भनिन्छ । आइतबारको दिन ब्रत बसेका ब्रतालुहरूले नुहाई–धुवाई गरी दिनभरी विभिन्न प्रकारका रोटीहरू पकाउने गर्दछन् ।

यसरी सुरूमा पकाएको रोटीलाई एकपट्टी मात्रै नपल्टाएर पकाउने चलन छ । जसलाई भेवाको रोटी अर्थात् ‘रोट’ भन्ने गरिन्छ । अट्वारीको रोटी पकाउँदा नयाँ चुलो बनाएर छुट्टै कोठामा गाईको गोबरले लिपपोत गरी पकाएको रोटी पूजा नगर्दासम्म खान बन्दैन भन्ने मान्यता छ भने सुरूमा आगो बाल्ने बेला गन्यारी नामक काठबाट रगडेर आगो निकालिन्छ । यसरी निकालिएको आगोलाई मुखले फुक्नु हँुदैन मुखले फुक्दा जुठो हुन्छ । यसले गर्दा देवता रिसाउने भएकाले चोखो पार्नुपर्ने मान्यता रहेको छ । यसरी गन्यारीबाट निकालिएको आगोलाई ‘अग्यारी’ भनिन्छ ।

दिनभरी विभिन्न प्रकारका रोटी पकाई बेलुकीपख नजिकैको जलाशयमा गई नुहाई–धुवाई गरी सुरूमा पकाएको रोटी, दही, केरा, काँक्राजस्ता फलफूलहरू भेवालाई चढाई भेवाको पूजा गर्ने प्रचलन छ । यसरी भेवा (पाँच पाण्डवमध्येका माहिला भीमसेन) पूजा गर्दा घरमा नयाँ अन्नबाली भित्रियोस्, वर्ष दिनसम्म खान र लाउन पुगोस् भन्ने कामना गरिन्छ । यसो गर्दा आफ्नो घर, टोल र समुदायको सुरक्षाको तथा चेलीबेटीसँगको नाता, बन्धन सुमधुर र प्रगाढ हुने मान्यताले पनि यो अट्वारी पर्व मनाउने गरिन्छ ।

अट्वारीको (आइतबार) अर्को दिन अर्थात् फरार (सोमबार) को दिन बिहानै नुहाई–धुवाई गरी पूजापाठ गरेर छुट्याएर राखेको भाग आफ्ना पराई घर लागेको चेलीबेटीहरूलाई दिन घरमा जाने गरिन्छ । जसलाई ‘अग्रासन’ दिने भनिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here