- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsथप तीनमा संक्रमण

थप तीनमा संक्रमण

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २८ भदौ । दाङसहित देशभर कोरोना संक्रमित घट्दै गएका छन् । केहीदिन यता निरन्तर रूपमा संक्रमित घट्दै गएका छन् । आइतबार दाङमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरूमा घोराहीका एकजना र बंगलाचुलीका दुईजना रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन दाङले जनाएको छ । यसैबीच आइतबार सातजना कोरोना मुक्त भएका छन् । कोरोनामुक्त हुनेमा घोराही पाँचजना, तुलसीपुरका एकजना, र शान्तिनगरका एकजना रहेका छन्् । दाङमा अहिले कोरोनाका सक्रिय बिरामीको संख्या ४८ रहेको छ ।

ति मध्ये ३४ जना घरमा, छजना सामान्य र आईसियुमा आठजना रहेको आपत्कालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । बैशाखयता दाङमा ८ हजार ९ सय ७६ जना संक्रमित भएका छन् भने ८ हजार ७ सय १४ जना निको भएका छन् । बैशाखयता दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ ।

यसैबीच आइतबार देशभर ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ७८ नमुनाको पिसिआर परिक्षणमा ८ सय ३८ जना र ३ हजार १ सय ४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार १ हजार ४ सय २३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८ सय ५७ पुगेको छ । तीमध्ये ७ लाख ३९ हजार ४ सय ५७ जना निको भएका छन् भने १० हजार ९ सय ४९ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २५ हजार १ सय ७१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५ सय ८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४ सय ५४ जनाको आईसियु र १ सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here