Friday, April 19, 2024
Homeराजनीतिमधेशी मुक्ति मोर्चाको अध्यक्षमा खातुन

मधेशी मुक्ति मोर्चाको अध्यक्षमा खातुन

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २८ भदौ । राष्ट्रिय मधेशी मुक्ति मोर्चा नेपाल घोराहीको अध्यक्षमा अहमदी खातुन चयन भएकी छन्  । मोर्चाको प्रथम भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । जसमा उपाध्यक्ष जगदीश गुप्ता, सचिव दीपा रहिमान, कोषाध्यक्ष अजीत मन्सुरी र सहसचिव इनामुल रहमान रहेका छन् ।

भेलाले २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । मधेसी समुदायमा महिला नेतृत्व विकासको आवश्यकता खड्किरहेको बेला अध्यक्ष र सचिवमा मधेशी मुस्लिम महिलाबाट निर्वाचित भएका छन् ।  । भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले नेपालमा माओवादीले नै जातीय, क्षेत्रीय पहिचानको मुद्दा स्थापित गरेको भन्दै यही एजेण्डाका कारण सबै समुदायमा सशक्तीकरण र सवलीकरण शुरू भएको बताए ।

युरोपेली मुलुकमा वर्ग विश्लेषणको आधार पुँजी र श्रम भएपनि दक्षिण एसिया वर्ग निर्धारणको महत्वपूर्ण आधार जात प्रथा भएकाले जात प्रथाको अन्त्यविना वर्गीय मुक्तिको ढोका नखुल्ने बताए ।

यसैगरी केन्द्रीय सदस्य नारायणी शर्माले मधेशी समुदायलाई आफ्नो सम्मान र सुरक्षाका लागि एकतावद्ध हुन आग्रह गरिन् । देशको महत्वपूर्ण जनसंख्या मधेशी समुदाय अपमानित हुनु दुखद् भन्दै उनले त्यसमा पनि अझ पछाडि पारिएका मधेशी महिलाहरूलाई अगाडि ल्याउनुपर्ने बताइन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र घोराहीका इञ्चार्ज भीमकुमार बाँठा, घोराही अध्यक्ष प्रमोद शर्मा, सचिव भागिदास चौधरी, जिल्ला सदस्य दिनेश श्रेष्ठ, मधेशी मोर्चाका जिल्ला संयोजक मिश्रीलाल गुप्ता, सहसंयोजक विष्णुप्रसाद यादव, जिल्ला सदस्य पुष्पा यादवलगायतले आ–आफ्नो भनाइ राखेका थिए । घोराही तुलसीपुर संयोजक अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन बसन्त गुप्ताले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here