- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsकाँग्रेस दाङको वडा अधिवेशन सकियो, ४० वडामा मतदानबाट नेतृत्व

काँग्रेस दाङको वडा अधिवेशन सकियो, ४० वडामा मतदानबाट नेतृत्व

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २७ भदौ । नेपाली कांग्रेसमा तल्लो तहको नेतृत्व फेरिएको छ । पार्टीको चौधौँ महाधिवेशन सुरू गरेर नेपाली कांग्रेसले अहिले तल्लो तहमा वडा अधिवेशन गरिरहेको छ । केही बाहेक सबै वडा तहमा कांग्रेसको नयाँ नेतृत्व चुनिएको छ ।

दाङमा पनि कांग्रेसले एक सयवटै वडाको अधिवेशन गरी नयाँ नेतृत्व छनौट गरेको छ । एक सय वडा रहेको दाङमा ४० वडाको नेतृत्व मतदान प्रक्रियाबाट चुनिएको छ । निर्वाचन समितिका प्रेस संयोजक सन्तोष सुवेदीका अनुसार जिल्लामा १ सय वडामध्ये ६० वटा वडामा सहमतिका माध्यमबाट नयाँ नेतृत्व छनौट गरेको छ । ४० वटा वडामा मात्रै निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व छनौट गरिएको संयोजक सुवेदीले जानकारी दिए ।

राप्ती गाउँपालिकाका नौवटा वडामध्ये वडा नम्बर १, २ र ४ मा निर्वाचनबाट नयाँ नेतृत्व छनौट गरिएको छ भने अरू सबै वडामा सर्वसम्मत नेतृत्व छनौट भएका छन् । राप्तीको वडा नम्बर ३, ५, ६, ७, ८ र ९ मा सर्वसम्मत नयाँ नेतृत्व छनौट गरिएको छ । त्यसैगरी राजपुर गाउँपालिकाको वडा नम्बर ३ बाहेक अरू वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । राजपुरका ७ वडामध्ये वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडामा सर्वसम्मत गरिएको छ ।

त्यसैगरी गढवा गाउँपालिकामा वडा नम्बर ४, ७ र ८ वडा इकाई सभापतिबाहेक अन्य पदाधिकारी र अन्य वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । गढवाका आठवटा वडामध्ये १, २, ३, ५ र ६ नम्बर वडामा सर्वसम्मत नेतृत्व चयन गरेको संयोजक सुवेदीले जानकारी दिए । यस्तै लमही नगरपालिकामा वडा नम्बर १ र ३ बाहेक अरू सबै वडामा सर्वसम्म नेतृत्व चयन गरिएको छ । नगरपालिकामा नौवटा वडामध्ये सातवटामा सर्वसम्मत भएको छ  । नगरका वडा नम्बर २, ४, ५, ६, ७, ८ र ९ मा सर्वसम्मत नयाँ समिति चयन गरिएको छ ।

निर्वाचन समितिका प्रेस संयोजक सन्तोष सुवेदीका अनुसार जिल्लामा १ सय वडामध्ये ६० वटा वडामा सहमतिका माध्यमबाट नयाँ नेतृत्व छनौट गरेको छ । ४० वटा वडामा मात्रै निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व छनौट गरिएको छ ।

जिल्लाका दुई उपमहानगरपालिकामा भने अधिकांश वडामा निर्वाचन गरिएको छ । घोराही उपमहानगर–पालिकाको वडा नम्बर ३, ४, ५, ९, १०, ११, १२, १३, १५, १७ र १८ मा निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व छनौट गरेको जिल्ला निर्वाचन सहायक अधिकृत कुमारराज श्रेष्ठले जानकारी दिए । घोराहीका १,२, ६, ७, ८, १४, १६, १९ सहमतिका माध्यमबाट नयाँ नेतृत्व छनौट गरिएको हो । उपमहानगरपालिकाका १९ वटा वडामध्ये ८ वटा वडामा सर्वसम्मत गरिएको छ भने ११ वटा वडामा निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व छनौट गरिएको छ ।

त्यसैगरी तुलसीपुर उपमहानगर–पालिकामा पनि आठवटा वडामा सर्वसम्मत गरिएको छ भने ११ वटा वडामा निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व छनौट गरिएको छ । वडा नम्बर १ ४, ६, ७, १०, १२, १४ र १८ मा सहमतिबाट नयाँ नेतृत्व छनौट गरिएको निर्वाचन समितिले जनाएको छ । तुलसीपुरका वडा नम्बर २, ३, ५, ८, ९, ११, १३, १५, १६, १७ र १९ मा निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व छनौट भएको छ ।

यस्तै बबई गाउँपालिमा वडा नम्बर १, ३ र ७ नम्बर वडाबाहेक अरू वडामा निर्वाचन गरिएको छ । बबईमा सातवटा वडामध्ये चार वडामा सर्वसम्मत भएको छ भने तीनवटा वडामा निर्वाचन भएको छ । गाउँपालिकाका वडा नम्बर २, ४, ५ र ६ नम्बर वडामा सर्वसम्मत भएको हो ।

त्यसैगरी शान्तिनगर गाउँपालिकामा वडा नम्बर १, २, ५, ६ र ७ मा सहमति भएको संयोजक सुवेदीले जानकारी दिए । शान्तिनगर गाउँपालिकामा सातवटा वडामध्ये वडा नम्बर ३ र ४ मा निर्वाचन भएको हो । त्यस्तै दंगीशरण गाउँपालिकामा वडा नम्बर १, ४, ६ र ७ मा सर्वसम्मत नयाँ नेतृत्व छनौट गरिएको छ । दंगीशरणका सातवटा वडामध्ये तीनवटा वडामा मात्रै निर्वाचनमार्फत नयाँ नेतृत्व छनौट गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर २, ३ र ५ नम्बर वडामा निर्वाचन भएको छ । बंगलाचुलीका आठवटै वडामा सहमतिका माध्यमबाट नयाँ नेतृत्व छनौट गरिएको छ । जिल्लामा भएको वडा अधिवेशनबाट करिब दुई हजार प्रतिनिधि छनौट भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here