- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeमुख्य खबरएकै परिवारका छजनाको हत्या

एकै परिवारका छजनाको हत्या

- Advertisement -spot_img

संखुवासभा, २३ भदौ । संखुवासभामा एकै परिवारका छजना व्यक्तिको हत्या गरिएको छ । जिल्लाको मादी नगरपालिका–१, खोला गाउँका एकै घरका छजनाको हत्या भएको हो । प्रहरीका अनुसार स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् ।

विभत्स हत्या गरिएका एकै परिवारका छजनाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको छ । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालको टोली शव लिएर फर्किएको हो । हत्या घटना अनुसन्धान गर्न प्रहरीले जिल्लाका नाका सिल गरेको छ । हत्यामा संलग्न भएकालाई प्रहरीले खोजीकार्य तीव्र पारेको छ । तालिम प्राप्त कुकुरसहितको टोलीले घटनाको अनुसन्धान सुरू गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here