- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeफिचरअस्पतालमा स्वास्थ्य सेवा ठप्प, सडक आन्दोलनमा ‘सेता कोट’

अस्पतालमा स्वास्थ्य सेवा ठप्प, सडक आन्दोलनमा ‘सेता कोट’

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १४ भदौ । राप्ती प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टलाई गरिएको दुव्र्यवहारको घटना घटेको तीन दिनसम्म पनि स्थानीय प्रशासनले दोषीहरूलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै दाङका स्वास्थ्यकर्मी र चिकित्सकहरू सडक आन्दोलनमा गएका छन् । शुक्रवारदेखि आन्दोलित चिकित्सकहरू आइतबारसम्म आइपुग्दा सडक तताउन सुरू गएका छन् ।

स्वास्थ्य सेवा ठप्प पारेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन् । घटना भएको तेस्रो दिनसम्म पनि दोषी पक्राउ नपरेको भन्दै उनीहरूले आइतबार सडकमा नाराबाजीसमेत गरेका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला संयोजक सर्जन परियारसहित /४ जनाको समूहले शुक्रबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि मोसो दलेर दुव्र्यवहार गरेपछि चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन् ।

दोषीमाथि कारवाही र सुरक्षाको प्रत्याभूति माग्दै चिकित्सक आन्दोलित बनेका हुन् । सडकमा आएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग गरेका छन् । आन्दोलनमा निजी मेडिकलका सञ्चालक, स्वास्थ्यकर्मीसमेत सहभागी भएका छन् ।

दोषीलाई पक्राउ गरी कारवाही गर, स्वास्थ्य सेवामा काम गर्ने वातावरण सिर्जना गरौँ लगायतका नारा लगाउँदै उनीहरूले तुलसीपुर बजार परिक्रमा गरेका छन् । दोषी पक्राउ गरी कारवाही नगर्दासम्म आन्दोलनलाई जारी राख्ने आन्दोलन संघर्ष समितिका संयोजक डा. ओम अर्यालले बताए । ‘विभिन्न बहानामा चिकित्सक तथा अन्य सहकर्मीप्रति दुव्र्यवहार भइरहेका छन् ।’ उनले भने– ‘शुक्रबार भएको घटना प्रतिनिधिमूलक घटना हो ।’ दोषीलाई पक्राउ गरी कारवाही नहुँदासम्म आन्दोलनलाई जारी राख्ने उनले बताए । ‘दोषिमाथि कारवाहीको माग गरेका छौँ ।’ उनले भने– ‘हामीलाई काम गर्ने वातावरणको ग्यारेन्टीको हुनुपर्छ ।’

दोषीलाई पक्राउ गरी कारवाही नहुँदासम्म सेवा सुचारू नगर्ने चिकित्सक अडानमा छन् तर दोषी पक्राउ पर्ने कुनै छाँट देखिएको छैन् । अस्पतालको सेवा सुचारू गर्नका लागि अहिलेसम्म कुनै राजनैतिक दलले पनि चासो देखाएका छैनन् ।

राप्ती प्रादेशिक अस्पतालमा इमरजेन्सी, प्रसूति र डाइलासिस बाकेहका सेवा शुक्रबारदेखि नै ठप्प छ । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित हुँदा अहिले आकस्मिकबाहेकका अन्य सेवा सञ्चालनमा छैनन् । घटना भएको तीन दिनसम्म पनि दोषी पक्राउ पर्न नसकेपछि अस्पताल चार दिनदेखि तनावग्रस्त बनेको हो । दोषी पक्राउ नपर्दासम्म अस्पतालमा आकस्मिक–बाहेक अन्य सेवा दिन नसक्ने उनीहरूले बताएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहले दोषीमाथि कारवाहीको माग गरे । ‘घटना भएको चार दिनसम्म पनि दोषी पक्राउ पर्न सकेको छैन् ।’ उनले भने– ‘कतै दोषी उम्कने त होइन् भन्ने डर छ ।’

अस्पताल बन्दै गरेर चिकित्सक आन्दोलनमा उत्रिएपछि अहिले त्यसको सर्वत्र आलोचना भएको छ । चिकित्सकले आफ्नो अधिकार माग्दा बिरामीको अधिकार हनन भएको छ । दाङसहित सल्यान, रोल्पा, प्यूठान, रूकुमलगायतका ठाउँका नागरिकले उपचार गर्ने थलो प्रादेशिक अस्पतालको सेवा अवरूद्ध हुँदा बिरामी मारमा परेका छन् । अस्पतालमा उपचारका लागि आउने बिरामी निजी अस्पताल धाउनुपर्ने बाध्यता छ । सोमबारसम्म समास्याको समाधान नदेखिए छलफल र वार्ताका माध्यमबाट अस्पतालको अन्य सेवालाई सञ्चालन गर्न पहल गर्ने अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताए ।

‘पीडितले न्याय पाउनुपर्छ, पीडकलाई कानुनको कठघरामा ल्याउनुपर्छ ।’ उनले भने– ‘हामीले बिरामीको समस्यालाई पनि हेर्नुपर्छ, तत्काल समस्या समाधानको खोजी गछौँ ।’ घटना भएको चार दिन बितिसक्दा समेत पीडक पक्राउ पर्न नसक्नु दुखद् हो । ‘फेसबुकमै लाइभ आउने व्यक्तिलाई पक्राउ गर्न नसक्नु कस्तो प्रशासन हो’ उनले भने– ‘कुन कारणले दोषी पक्राउ पर्न सकेको छैन्, शंकाको विषय बनेको छ ।’

दोषी पक्राउ पर्ने र उपचार सेवालाई निरन्तरता दिनुपर्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले बताए । ‘दोषीलाई पक्राउ गछौँ, तर ढिलो चाँडो हुनसक्छ ।’ उनले भने– ‘चिकित्सकहरूले आन्दोलनाई फरक पाटोबाट लैजानुपर्छ ।’ तीन दिनसम्म पनि अस्पतालमा उपचार सेवा अवरूद्ध हुँदा सेवा सुचारूका लागि कुनै पहल हुन सकेको छैन् । दोषीलाई पक्राउ गरी कारवाही नहुँदासम्म सेवा सुचारू नगर्ने चिकित्सक अडानमा छन् तर दोषी पक्राउ पर्ने कुनै छाँट देखिएको छैन् । अस्पतालको सेवा सुचारू गर्नका लागि अहिलेसम्म कुनै राजनैतिक दलले पनि चासो देखाएका छैनन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here