- Advertisement -spot_img
Friday, September 29, 2023
Homeफिचरखानेपानी आयोजनाका लागि ३१ करोड

खानेपानी आयोजनाका लागि ३१ करोड

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १३ भदौ । दाङको बेल्झुण्डी खानेपानी आयोजनाका लागि करिव ३१ करोडको सम्झौता भएको छ । तुलसीपुर खानेपानी, अमृतपुर खानेपानी र बेलझुण्डी खानेपानी मध्ये बेलझुण्डी सहलगानी खानेपानी आयोजनाको सम्झौता भएको हो ।

गत जेठ महिनामा आह्वान गरिएको टेण्डरमा नेपालगञ्जको ठेक्का कम्पनी मृतसञ्जीवनी स्वामीनारायण सगुन जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको छ । आयोजना निर्माणको जिम्मा पाएसँगै निर्माण कम्पनीले ३० करोड ७३ लाखमा आगामी दुई बर्षमा काम सम्पन्न गर्नेगरी उपमहानगरपालिकाको रोहबरमा संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगंज, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र निर्माण कम्पनी मृतसञ्जीवनी स्वामीनारायण सगुन जेभी बिच सम्झौता भएको हो ।

आयोजना निर्माण सम्पन्न भएमा स्थानीय सरकारको ‘एक घर, एक धारा’ नाराले सार्थकता पाउने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताए । बेलझुण्डी सहलगानी खानेपानी आयोजनाको सम्झौता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आयोजना निर्माणकै लागि गत वर्ष डिपी आरको काम सम्पन्न भएपनि गत जेठ महिनामा टेण्डर आह्वान गरिएका उनले बताए । सह लगानीमा निर्माण हुन लागेको आयोजनाका लागि ३६ करोडको स्टमेट भएपनि निर्माण कम्पनीले ३० करोड ७३ लाखमा दुई बर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।

सो अवसरमा निर्माण व्यवसायी सहदेव खड्काले २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको भएपनि कम्पनीले तोकेको समय भन्दा ६ महिना अघि आयोजनाको काम सम्पन्न गर्ने दावी गरे । आयोजना निर्माणका लागि कुल रकमको ७० प्रतिशत नेपाल सरकारको अनुदान हुनेछ भने ३० प्रतिशत उपभोक्ताले उठाउनुपर्ने छ । आयोजनाको काम अन्तर्गत ४ वटा मुहान, ३ वटा रिजरर्भ टंकी, ९४ किलोमिटर शाखा पाइपलाइन विस्तार, १५ किलोमिटर मुख्य पाइपलाईन विस्तार, पानी सुद्धिकरण प्लान्ट, खानेपानीको प्रशासनिक भवन निर्माण लगाएतका छन् ।

आयोजना सम्पन्न भएमा २४सैं घन्टा धारामा पानी आउने र मुहानदेखि मुखसम्म उपभोक्ताले सुद्ध पिउने पानी प्राप्त गर्ने अध्यक्ष गौतमले बताए । बर्षौ पुरानो खानेपानी आयोजनामा सहलगानीमा लागु भएपछि उपभोक्ताले झेल्दै आएको खानीपानीको अभाव टर्ने संस्थाले जनाएको छ । ३२ सय घरधुरी रहेको आयोजना क्षेत्रमा सहलगानी लागुभएपछि उपभोक्ताहरु खुशी भएका छन् ।

संस्थाका अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संघिय खानेपानी तथा ढल व्यवस्थापन विभाग डिभिजन इन्जिनियर वीरेन्द्र कडेल, संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगंजका प्रमुख मनिश राज शर्माले उपभोक्ताको उठाउनु पर्ने ३० प्रतिशत रकमलाई पनि घटाएर सुन्य प्रतिशतमा ल्याउने तयारी भइरहेको बताउँदै भुक्तानीका लागि कुनै समस्या हुन नदिने बताए । कार्यक्रमको सहजीकरण पुष्कार बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here