- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeखेलकुदखेलकुद विकास समितिमा पदभार

खेलकुद विकास समितिमा पदभार

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १२ भदौ । जिल्ला खेलकुद विकास समिति दाङका नवनियुक्त अध्यक्ष विवेक श्रेष्ठले औपचारिक रूपमा पदभार सम्हालेका हुन् । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा समितिका कार्यालय प्रमुख पद्मा चौधरीले नवनियुक्त अध्यक्ष श्रेष्ठ नेतृत्वको टिमलाई पदभार ग्रहण गराएकी हुन् ।

झण्डै दुई वर्ष नेतृत्वविहीन बनेको जिल्लाको खेलकुदले बुधबारको पदभार ग्रहणसँगै नयाँ नेतृत्व पाउन सफल भएको छ । श्रेष्ठ नेतृत्वको नौ सदस्यीय नवनियुक्त समितिको उपाध्यक्षमा देवबहादुर बस्नेत, कोषाध्यक्ष वीरेन्द्र डाँगी, सदस्यहरू ऋषिराज चौधरी, लक्की लामा, खेमराज डाँगी, सरस्वती खत्री, तिलक नेपाली र तिर्थबहादुर कुँवर रहेको समितिका कार्यालय प्रमुख पद्मा चौधरीले जानकारी दिइन् ।

स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष श्रेष्ठले जिल्लाको खेलकुदलाई प्रभावकारी ढंगले अगाडि बढाउने कार्ययोजनाका साथ आफू लागिपर्ने बताए । जिल्लाको हालको गरिमालाई उच्च राख्ने गरी भावी योजना प्रस्तुत गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।

साथै आउँदो असोजको १६ गते जिल्लाब्यापी एथलेटिक्स खुला महिला पुरूष पाँच हजार मिटर दौड प्रतियोगिता गर्ने तयारीसमेत भएको बताए । अध्यक्ष श्रेष्ठले जिल्लाको खेलकुदलाई चलाएमान बनाउन सबैको साथ उत्तिकै आवश्यक रहेको बताए ।

उक्त अवसरमा नेकपा एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य भोजराज ओली, नरेन्द्र पुनलगायतले शुभकामना व्यक्त गरेका थिए । वलबहादुर विकको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन राकेश परियारले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here