- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeमुख्य खबरप्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ ९, भदौ । २०७२ भदौ ७ र ८ गते भएको टिकापुर घटनामा पक्राउ परेका राजबन्दीहरूको झुठ्ठा मुद्दा खारेजी र निशर्त रिहाईका लागि दाङका विभिन्न थारू संगठनहरूले संयुक्तरूपमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपालको संविधानमा आफ्नो हक, अधिकार स्थापित तथा पहिचान सुनिश्चितताका लागि राजनीतिक मागसहित शान्तिपूर्ण थरूहट÷ थारूवान आन्दोलनमा क्रममा पक्राउ परेका राजबन्दीहरूको विनाशर्त रिहाईका लागि काठमाडौँमा भईरहेको शान्तिपूर्ण आन्दोलनको ऐक्यवद्धता जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

टिकापुरको घटनालाई सुनियोजित रूपमा कर्तब्य ज्यान मार्ने उद्योग र डाँका चोरीको झुठ्ठा मुद्दामा माननीय रेशम चौधरीलगायत थुप्रै थारूहरूलाई बदनियत रूपमा आजीवन कारावासको सजायप्रति विरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएको थारूहरूले जनाएका छन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘टिकापुर घटनाको सत्यतथ्य छानविन गर्नका लागि तत्कालिन नेपाल सरकारले पूर्वन्यायधीश चन्द्रलाल दास नेतृत्वको टोलीले न्यायिक समिति, सर्वदलीय संसदीय समिति, र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनहरू सार्वजनिक नगरिकनै अवज्ञा गर्दै एकल ढंगबाट अन्यायपूर्ण तरिकाले न्यायलयको फैसला आउनु बदनियत, दुभाग्र्यपूर्ण र षड्यन्त्रपूर्ण हो ।’

हरेक नागरिकहरूको स्वतन्त्रताको हकबमोजिम राजनीतिक उद्देश्य प्राप्तीका लागि संगठन गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने नैसंर्गिक अधिकारलाई कुण्ठित गर्दै फौजदारी तथा अपराधिक मुद्दा बनाएर थारूहरूलाई फसाइएको थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए । उनले टिकापुर घटनामा संलग्नहरूको सम्पूर्ण झुठ्ठा मुद्दा खारेज गरी निशर्त रिहाई गर्नुपर्ने बताए ।

ध्यानाकर्षण पत्र बुझाउने संगठनहरूको जिल्लाको तर्फबाट थारू कल्याणकारिणीसभा, थारू पत्रकार संघ नेपाल, महटावा महासंघ, थारू विद्यार्थी समाज, राष्ट्रिय थारू कलाकार मञ्च, प्रजातान्त्रिक थारू संघ, थारू महिलासभा आदि रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here