Friday, April 26, 2024
Homebreaking-newsलुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्रीले पाए विश्वासको मत

लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्रीले पाए विश्वासको मत

- Advertisement -spot_img

प्रदेश टुडे
बुटवल, ८ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । भदौ १ गतेदेखि विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्रीले निरन्तर प्रतिपक्षको संसद अवरोधका कारण सोमबार मात्रै विश्वासको मत लिने वातावरण गरेका थिए । प्रमुख विपक्षी दल एमाले बहिष्कार गरेको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिएका हुन् ।

उनले नेपालको संवैधानिक व्यवस्थाबमोजिम विश्वासको मत छ भनी विश्वासको मतको मागेका थिए । केसी माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, जनता समाजवादी, जनमोर्चा तथा स्वतन्त्र सांसद गरेर ४२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । विश्वासको मत लिँदा पनि ४२ सांसदले नै उनलाई मत दिएका छन् ।

सोमबारको बैठकमा उपस्थित सभामुखबाहेक ४३ छन् । विश्वासको मतको पक्षमा ४२ मत खसेको र विपक्षमा शून्य मत खसेको सभामुखले सदनलाई जानकारी गराएका थिए । त्यस्तै एकजना भने तटस्थ रहेका छन् ।

एमालेले सूर्य चुनाव चिन्हबाट निर्वाचित भएका अजय शाही र विमला वलीलाई पदमुक्त गर्न माग राख्दै प्रदेशसभा बैठक अवरूद्ध गर्दै आएको थियो । प्रदेशसभाले शाही र वलीलाई कारवाही गर्न नमिल्ने पत्र एमालेलाई दिएपछि विवाद थप चर्किएको हो । सोमबार पनि एमालेले बैठक अवरूद्ध गरेको थियो । तर, पछि सुरू भएको बैठक भने एमालेले बहिष्कार ग¥यो । दोस्रो बैठकमा सहभागी भएन ।

८० सदस्यीय लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १, स्वतन्त्र १ सत्तापक्षमा छन् । विपक्षीमा एमालेका ३७ सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको सोमबारको पहिलो बैठक अवरूद्ध गरेको थियो ।

एमालेका सांसदहरूले नाराबाजी गर्दै सदन नचलाउन सभामुखसँग माग गरेका थिए । नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी भइरहेका बेला विपक्षी एमालेले निरन्तर सदन अवरूद्ध गर्दै आएपछि प्रक्रिया नै अवरूद्ध हुँदै लम्बिएको थियो । विश्वासको मत लिएपछि मात्रै केसी नेतृत्वको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिने जनाएको छ । सरकार गठन भएपछि आह्वान गरिएको नवौं अधिवेशनको शुरूको दिनदेखि नै विपक्षी एमालेले सदनमा अवरोध गर्दै आएको छ ।

जनताको जीवन बदल्ले सपनाः मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको गठबन्धनको सरकारसँग जनताको जीवन बदल्नेबाहेक अरू सपना नभएको बताएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै केसीले भने, ‘गठबन्धनको सरकारले विश्वासको मत लिएको छ । हाम्रो अनुभवलाई लिएर हामी समृद्ध लुम्बिनी आत्मनिर्भर लुम्बिनीबासी नारा अनुसार व्यवहारमा काम गरेर पुष्टि गर्नेछौँ’, उनले भने, ‘संविधानको रक्षा, जनताको जीवनलाई कोभिडमुक्त जीवन बनाउने लक्ष्य छ । जनतालाई निराश हुनुपर्ने अवस्था छैन । जनताको जीवनलाई बदल्नेबाहेक यो गठबन्धनको अरू सपना छैन ।’

उनले एमालेले सत्ताबहिर्गमन भएपछि एमाले आवेगमा आएको पनि बताए । उनले आवेगमा नआई सरकारसँग सहकार्यका लागि आग्रह पनि गरे । हामी पक्ष विपक्षभन्दा पनि प्रदेशको हित र समृद्धिका लागि सबै एक भएर जान आग्रह संकेत गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here