- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsविद्यालय कहिले जाने ?

विद्यालय कहिले जाने ?

- Advertisement -spot_img

कोरोना महामारीका कारण लामो समयदेखि शैक्षिक संस्था बन्द छन् । कोरोनाको दोस्रो लहरपछि अन्य क्षेत्र लगभग सबै खुलेपनि शैक्षिक संस्था भौतिकरूपमा सञ्चालनमा आउन सकेको छैन् । महामारीका बीचमा शिक्षण सिकाइलाई निरन्तरता दिनका लागि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् तर अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन् । इन्टरनेटको पहुँच सबै ठाउँमा नपुगेकाले पनि अनलाइन कक्षा प्रभावकारिता छैन । पहुँचमा भएकाहरूको सिकाइ पनि कमजोर छ । विद्यालय सञ्चालन नभएपछि बालबालिकाहरू घरमै बस्नुपर्ने अवस्था छ भने र घरमा बस्दा बालबालिकाहरूमा विभिन्न समस्याहरू देखिनसमेत थालेका छन् । विद्यालय खुल्ला र विद्यालयमा भौतिक उपस्थितिमै पढौंला भन्ने आशामा बालबालिका छन् । तर अवस्था सहज छैन । प्रदेश टुडे दैनिकको टुडे राउण्ड टेबलमा विद्यालय जान नपाएका बालबालिकाहरूका अनुभव समावेश गरेका छौं ।


 जीतसागर जि.एम.


अनलाइन कक्षा स्कुलमा पढेजस्तो छैन्

कोरोनाको कारणले अहिले कक्षाकोठामा भौतिक उपस्थित हुन सकिएको छैन । जसले गर्दा प्रत्यक्ष उपस्थित नहुँदा हामीलाई पढ्नका लागि अलिकति कठिनाई त भएको छ नै । अनलाइनबाट पढ्न थालेको पनि दुई वर्ष भयो, यो अवधिमा अनलाइन माध्यमबाट पढाइ भए पनि भौतिकरूपमै उपस्थित भएर पढेको जस्तो हुँदैन् ।

अनलाइनले पढाइ लेखाइमा केही सहज त भएको छ नैं तर पढ्ने बेलामा कहिले बिजुली नहुने त कहिले इन्टरनेट नहुनाले सोचेजस्तो पढाइ हुन सकेको छैन् । कोरोना महामारीका कारण हामीलाई पढ्नका लागि धेरै असहज भएको छ । परीक्षा पनि परीक्षाजस्तो हुने रहेनछ । हाम्रो लागि खोप कहिले आउने हो ? अनि कहिले लाउन पाउन हो त्यो पनि निश्चित छैन । सबै विद्यालयका विद्यार्थीहरूलाई खोप लगाई चाँडै स्कूल खुले धेरै सहज हुन्थ्यो जस्तो लागेको छ । अनलाइन कक्षा स्कूलमा उपस्थित भई पढेजस्तो नहुने रहेछ  ।

कोरोनाको कारण देखाउँदै विद्यालय आखिर कहिलेसम्म विद्यालय बन्द हुन्छन् ? पढाइमा असर हुँदा भोलिका दिनमा यसले कस्तो प्रभाव पार्ला मैलेभन्दा पनि सम्बन्धित जिम्मेवार निकायले बुझेको छ होला ।

अनलाइनले पढाइ लेखाइमा केही सहज त भएको छ नैं तर पढ्ने बेलामा कहिले बिजुली नहुने त कहिले इन्टरनेट नहुनाले सोंचेजस्तो पढाइ हुन सकेको छैन् । कोरोना महामारीका कारण हामीलाई पढ्नका लागि धेरै असहज भएको छ ।

विद्यार्थीको पढाइलाई निरन्तरता दिनका लागि सम्बन्धित सबैले गम्भीर भएरै जिम्मेवारीपूर्वक हेरिदिनुपर्छ । विद्यालयमै पढ्ने वातावरण बनाएर सिकाइलाई प्रभावकारिता बनाउनुपर्छ । म कक्षा ७ मा पढ्ने विद्यार्थी हुँ । म इन्टरनेटको पहुँचमा पनि छु, तर मेरा सबै साथीहरू इन्टरनेटको पहुँचमा पनि छैनन् । विद्यालय बन्द भएपछि कतिपय साथीहरू त गाउँमा जानु पनि भएको छ । उनीहरू विद्यालय खुल्ने आशामा छन् तर विद्यालय खुल्नेबारे कुनै निश्चित नहुँदा अन्यौलमा परिएको छ ।

विद्यार्थीको भविष्यप्रति सरकार गम्भीर बन्नुपर्छ । बालबालिकाको सिकाइलाई भौतिक उपस्थितमा मात्रै प्रभावकारिता बनाउन सकिन्छ । अनलाइन कक्षा नेपालमा केहीरूपमा सफल होला तर भौतिक कक्षाजस्तो प्रभावकारी हुन सकिरहेको छैन् । महामारीको कारण देखाएर विद्यालय बन्द गर्न हुँदैन् । कोरोना महामारी शुरू भएको लामो समयसम्म पनि विकल्प खोज्न नसक्नु सरकारको कमजोरी हो । सिकाइलाई प्रभावकारी बनाउनका लागि हामीहरू विद्यालय जाने वातावरण सरकारले बनाउनुपर्छ । कोरोना महामारीकै बीचमा जोखिम हुने क्षेत्रहरू सबै खुलिसकेको अवस्थामा विद्यालय किन नखुल्ने ?


प्रभावकारी पढाइका लागि भौतिक कक्षा

म तुलसीपुरमा रहेको सप्तरंगी इङ्लिस बोर्डिङ स्कुलको कक्षा १० मा पढ्छु । कोरोना महामारी शुरू भएयता विद्यालयमा भौतिकरूपमा थोरै दिनमात्रै पढ्न पाएका छौँ । कोरोनाकै कारण अहिले अनलाइनमार्फत पढिरहेको छु । अनलाईन कक्षा मेरा लागि प्रभावकारी नै छ । म नियमित पढिरहेको छु ।

तर कतिपय साथीहरू अनलाइनको पहुँचमा हुनुहुँदैन् । कतिपय अनलाइनबारे अनविज्ञ हुँदा कक्षा लिन सक्नुभएको छैन् । विद्युतको अनियमितताका कारण असहज हुने गरेको छ । तर पनि अनलाइन कक्षाले विद्यार्थीको पढ्ने चाहनालाई केही भएपनि पूरा गरेको छ । यसले सिकाइलाई पर्याप्त भने हुँदैन् । भौतिकरूपमा उपस्थित भएर पढेजस्तो अनलाइनमा सहज हुँदैन् ।

सिकाइलाई प्रभावकारी बनाउनका लागि भौतिकरूपमा कक्षा लिनुपर्छ । अनलाइन कक्षाले मात्रै देशको शैक्षिक स्थिति माथि उठ्न कठिन नै छ । सीमित विद्यार्थीको सिकाईले मात्रै शिक्षाको विकास भएको मानिदैन् ।

शिक्षाजस्तो महत्वपूर्ण विषयलाई सरकारले गम्भीररूपमा लिनुपर्छ । सिकाइलाई प्रभावकारी बनाउनका लागि भौतिक रूपमा कक्षा सञ्चालनबारे सरकारले छिट्टै निर्णय गर्नुपर्छ । कोरोनाको दोस्रो लहरपछि अरू सबै क्षेत्र खुलिसकेका छन् । तर विद्यालय खुल्न सरकारले कुनै पहल नगरेको जस्तो देखेको छु । विद्यार्थीको भविष्यलाई ख्याल गर्दै भौतिक कक्षा सञ्चालन गर्न छिट्टै ध्यान पुग्नुपर्छ । विद्यालय सुरक्षित हुने ठाउँ हो । यातायात, बजार जस्तो लापरबाही विद्यालयमा हुँदैन् ।

लाखौं विद्यार्थीको भविष्य अन्यौलग्रस्त अवस्थामा पुगेकाले स्थानीय सरकारले शैक्षिक गतिविधिलाई निरन्तरता दिनका लागि आवश्यक प्रक्रियाहरू अघि बढाउनुपर्छ । विद्यालय एकै सिफ्टमा सञ्चालन गर्दा भिडभाड हुन्छ भने पनि दुई सिफ्ट गरेर भएपनि विद्यालय सञ्चालन गर्न सकिन्छ होला ?

विद्यार्थीले सावधानी अपनाउन कुनै कमि गर्दैनन् । स्थानीय सरकारले पनि जोखिम क्षेत्रको पहिचान गरी कम जोखिम भएका क्षेत्रमा विद्यालय सञ्चालनबारे सोच्नुपर्छ । लाखौँ विद्यार्थीको भविष्य अन्यौलग्रस्त अवस्थामा पुगेकाले स्थानीय सरकारले शैक्षिक गतिविधिलाई निरन्तरता दिनका लागि आवश्यक प्रक्रियाहरू अघि बढाउनुपर्छ । विद्यालय एकै सिफ्टमा सञ्चालन गर्दा भिडभाड हुन्छ भने पनि दुई सिफ्ट गरेर भएपनि विद्यालय सञ्चालन गर्न सकिन्छ होला ।

शिक्षा क्षेत्रको विकास बिना अरू कुरा केही छैन् । आजको शिक्षाको स्तरले भोलिको हाम्रो भविष्य अन्धकारमय बन्ने निश्चित देखेको छु । सरकारले कम्तिमा पनि यस्ता कुरालाई ध्यान दिनुपर्छ । विद्यार्थीलाई भौतिकरूपमै उपस्थित भएर पढ्ने वातावरणका लागि सरकारले खोपको व्यवस्था पनि छिट्टै गर्नुपर्छ । सधैँभरी कोरोनाकै कारण देखाउँदै विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न मिल्दैन् ।


विद्यालय सञ्चालनबारे किन मौन ?

कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा हामीले राम्रोसँग पढ्न पाएका छैनौँ । महामारीका बीचमा अनलाइनमा भर्चुअल कक्षा सञ्चालन भएपनि भौतिकरूपमा पढेको जस्तो भएको छैन् । कुनै दिन बिजुली नै हुँदैन्, कुनै दिन बिजुली भएपनि इन्टरनेट हुँदैन् । कुनैदिन इन्टरनेट भएपनि सरहरू आउनुहुँदैन् ?

कुनै दिन पढ्नका लागि मोबाईलमा चार्ज नै हुँदैन् । अझै धेरैजसो साथीहरू त अनलाइन कक्षामा सहभागी हुन पाउनुभएको छैन् । सबै ठाउँमा इन्टरनेट, विद्युत छैन् । त्यसैले पनि कतिपय विद्यार्थी भर्चुअल माध्यमबाट पढ्न पाउनुभएको छैन् । हामीहरू अनलाइनको पहुँचमा भएपनि नियमित भौतिक उपस्थितिमा भएजस्तो गरी पढ्न पाएका छैनौँ ।

करिब दुई वर्षको पुग्नै लागेको छ । गतवर्ष परीक्षा नै नगरी कक्षा वृद्धि गरिएको थियो । अहिले पनि लगातार विद्यालय बन्द हुँदा परीक्षा हुन्छ कि हुँदैन् भन्ने कुनै निश्चित नै छैन् । मलाई अचम्म त के लाग्छ भने विद्यालयमात्रै किन बन्द छन् ? बसमा भिडभाड छ, बजारमा भिडभाड छ, अस्पतालमा भिडभाड छ, खोप लगाउने ठाउँमा भिडभाड छ,

मलाई अचम्म त के लाग्छ भने विद्यालयमात्रै किन बन्द छन् ? बसमा भिडभाड छ, बजारमा भिडभाड छ, अस्पतालमा भिडभाड छ, खोप लगाउने ठाउँमा भिडभाड छ, ति ठाउँमा कोरोना नसर्ने तर विद्यालयमा कोरोनाको जोखिम कसरी हुन्छ ? मैले यो प्रश्न सरकारलाई गर्न चाहन्छु ।

ति ठाउँमा कोरोना नसर्ने तर विद्यालयमा कोरोनाको जोखिम कसरी हुन्छ ? मैले यो प्रश्न सरकारलाई गर्न चाहन्छु । सरकारले शिक्षा क्षेत्रलाई डामाडोल बनाउन खोजेको जस्तो देखिन्छ । हाम्रो भविष्य नै कस्तो भन्ने मनमा लागिरहेको छ । भर्चुअलमार्फत पढेको भौतिक उपस्थित भएर पढेकोजस्तो हुँदैन् । अब विद्यार्थीको भविष्यलाई ख्याल गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सरकारले केही सोच्नुपर्छ ।

विद्यार्थीलाई खोप लगाउने व्यवस्था गरेर सरकारले विद्यालय भौतिकरूपमा सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ । कोरोना महामारीको कारण देखाउँदै लाखौँ विद्यार्थीको भविष्य अन्यौल गराउन पाउँदैन् । शैक्षिक संस्था बन्द हुनु भनेको विद्यार्थीको भविष्यमात्रै नभई देशको भविष्य पनि अन्धकारतर्फ धकेलिने निश्चित छ ।

आजको बालबालिका भोलिको कर्णधार भनेर भनिन्छ । तर कर्णधारको शिक्षा नै धरापमा परेपछि देशको भविष्य कसरी उज्वल हुन्छ र ? त्यसकारणले शैक्षिक संस्था खुलाउनका लागि सरकारले छिट्टै पहल गरोस् । विद्यालय बन्द भइसकेपछि धेरै विद्यार्थी गलत बाटोमा लागेका छन् । छिट्टै विद्यालय खुलेनन् भने विद्यार्थीको भविष्य पनि अन्धकारतर्फ धकेलिने निश्चित छ ।


अनलाइन कक्षा, काम चलाउ शिक्षा

कोरोना महामारी शुरू भएदेखि नै नियमित कक्षा संञलन हुन सकिरहेको छैन् । म गत वर्षको चैत महिनादेखि विद्यालय जान पाएको छैन् । कोरोनाको दोस्रो लहर शुरू भएयता मैले अनलाइन भर्चुअल माध्यमबाट पढिरहेको छु । भर्चुअल माध्यमबाट पढाइलाई निरन्तरता दिएपनि सोचेजस्तो अध्यापन हुन सकिरहेको छैन् ।

अनलाइनमा पढ्दा कुनै दिन इन्टरनेटको समस्या हुने गरेको छ भने कुनै दिन विद्युतको समस्या हुने गरेको छ । हाम्रोतिर नेट भएपनि सरको घरतिर इन्टरनेट भएन भने पढाइ नै अवरोध हुन्छ । इन्टरनेटबाट भौतिक उपस्थितिमै लिएको जस्तो हुँदैन् ।

कोरोना संक्रमणदर पछिल्लो समय कम भएसँगै सबै क्षेत्र खुलिसकेको अवस्थामा शैक्षिक क्षेत्र चालु हुन सकेको छैन् । करिब दुई वर्षदेखि हामीले भौतिक उपस्थितिमा पढ्न पाएका छैनौँ । बन्दाबन्दीका कारण सिकाइ निरन्तरता नहुँदा सिकाइ उपलब्धि हुन सकिरहेको छैन्  । सिकाइलाई प्रभावकारी बनाउनका लागि शैक्षिक संस्था सञ्चालन हुनुको विकल्प छैन् ।
अरू सबै क्षेत्र खुलिसकेको अवस्थामा शैक्षिक संस्था बन्द गर्नुपर्ने कारण के हो मैले पनि बुझेको छैन् ।

लामो समयसम्म शिक्षण संस्था बन्द हुँदा कस्तो प्रभाव परेको होला, हामीले भन्दा पनि शिक्षासँग सरोकार राख्ने व्यक्तित्वले मूल्यांकन गर्नुभएको छ । यस विषयमा सरकार गम्भीर हुनुपर्छ । कोरोना महामारीको कारण देखाउँदै विद्यार्थीको सिकाइ क्रियाकलाप बन्द गर्न हुँदैन् । यस्तै स्थिति रह्यो भने विद्यार्थीको भविष्य नै अन्यौल बन्ने छ र त्यसले भोलिका दिनमा समस्या बनाउने छ ।

अनलाइन कक्षा पढ्ने नाममा मोवाईल, कम्प्युटर बालबालिकालाई छोडेर जाँदा कतिपयले गलत कुरालाई अंगालेको देखिन्छ । विद्यालय बन्द हुँदा पढाइलाई मात्र असर गरेको छैन्, यसले समाजलाई समेत प्रभाव पारेको छ ।

विद्यालय नियमित नहुँदा कति विद्यार्थी कुलततिर लागेका यत्रतत्र उदाहरण पनि छन् । भर्चुअल कक्षाले विद्यार्थीको सिकाइ उपलब्धि हुँदैन् । सिकाइलाई प्रभावकारी बनाउनका लागि भौतिकरूपमै विद्यालय खुल्नुपर्छ । संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरेर पालैपाले भएपनि विद्यालय भौतिकरूपमा सञ्चालन गर्नुपर्छ । विद्यार्थीको भविष्यका लागि अहिले नै गम्भीर हुन आवश्यक छ । एक दिन पढाइ नहुँदा नै सिकाइमा ठूलो असर पर्छ भने २÷२ वर्षसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा ठूलो असर पक्कै परेको छ ।

सबै विद्यार्थी अभिभावकको निगरानीमा छैनन् । अनलाइन कक्षा पढ्ने नाममा मोवाईल, कम्प्युटर बालबालिकालाई छोडेर जाँदा कतिपयले गलत कुरालाई अंगालेको देखिन्छ । विद्यालय बन्द हुँदा पढाइलाई मात्र असर गरेको छैन्, यसले समाजलाई समेत प्रभाव पारेको छ । विद्यार्थीको उज्वल भविष्यका लागि सोच्ने हो भने जोखिमको पहिचान गरी कम जोखिम भएका ठाउँमा विद्यालय सञ्चालन गर्नुपर्छ । भौतिक रूपमै कक्षा सञ्चालन हुँदा विद्यार्थीको सिकाइमा ठूलो प्रभाव पर्छ । सरकारले यस विषयमा गम्भीर भएर कोरोनाविरूद्धको खोप पनि चाँडै व्यवस्था गर्नुपर्छ । आखिर कतिन्जेलसम्म विद्यालय बन्द गरेर सम्भव छ भन्ने प्रश्न मुख्य हो ।


भविष्य अन्यौलतिर

म २०७७ सालको एसईई परीक्षा दिने अन्तिम तयारीमा थिए । भोलिदेखि परीक्षा सुरू हँुदै थियो तर राति आएर परीक्षा स्थगन भयो । त्यसपछि न त परीक्षा दिन पाइयो न त विद्यालय जान नै । एसईई दिन नपाउँदा देखिएको विक्षिप्तता कक्षा ११ सम्म पनि आएको छ । मेहनत उपलब्धि देखाउने परीक्षा दिन नपाएपछि के भन्न सक्ने अवस्था रहन्छ । अहिले पनि कक्षा ११ मा विद्यालय जान पाइएको छैन । परीक्षा तोकिएको छ त्यो पनि दिन पाइने नपाइने केही थाहा छैन ।

अहिले पनि पहुँच हुनेहरूमा लागि अनलाइन कक्षा छ । नहुने त्यतिकै बस्नु परेको छ । सिकाइ छैन, विद्यालय जान पाइएको छैन, भविष्य अन्यौलतिर गएको बुझेको छु । विद्यालय गएर कक्षा लिने इच्छा छ, अनलाइन बुझ्नै गाह्रो छ ।

अहिले पनि पहुँच हुनेहरूमा लागि अनलाइन कक्षा छ । नहुने त्यतिकै बस्नु परेको छ । सिकाइ छैन, विद्यालय जान पाइएको छैन, भविष्य अन्यौलतिर गएको बुझेको छु । विद्यालय गएर कक्षा लिने इच्छा छ, अनलाइन बुझ्नै गाह्रो छ । भौतिक कक्षाले मात्रै क्षमता अभिवृद्धि हुने हो त्यो भएको छैन अब परीक्षाको उपलब्धि कसरी देखिने हो भन्ने डर रहेको छ । हामीलाई विद्यालय जाने अवस्था बनाइनु पर्छ । शिक्षाका विषयमा राजनीतिक दल, सरकार, कर्मचारी सबैले सोच्नुपर्छ । हामो चाहना विद्यालयमा गएर बढ्ने छ । सरकार मलाई सुरक्षित गरेर विद्यालय पठा अनि शिक्षा दे !


दुरूपयोग बढ्यो

कक्षा ७ को परीक्षा सकेर घर आएदेखि म विद्यालय जान पाएको छैन । भौतिकरूपमा तथा सहजरूपमा विद्यालयको अनुहार नदेखेको दुई वर्ष जस्तो हुन थाल्यो । दिनरात घरमा बस्दा नकारात्मक सोंच मात्रै आउँछ । एकै ठाउँमा बसिरहदा मानसिक असर पर्न थाल्यो । अहिलेसम्ममा पनि विद्यालय जान नपाउँदा म र मेरा साथीहरू सबैजना चिन्तित छौँ, एक वर्ष नपढेरै कक्षा थपियो । विद्यालय जाने बेलामा घरभित्रै खुम्चिएर बस्नु पर्दा मानसिक असर र प्रभाव रहेको छ ।

सबैभन्दा दिक्क त तब लाग्यो जब कोरोनाको कारणले हाम्रो कक्षा ८ को आधारभूत तहको परीक्षा स्थगित ग¥यो । सोच्छु यस्तै अवस्था भयो भने जीवनमा महत्व राख्ने एसईई परीक्षा पनि नदिएरै ११ कक्षा पढ्ने भएमा जीवनभर कति खल्लो लाग्ला भनेर । कोरोना सुरक्षामा पनि चिन्ता छ । सबै उमेर समूह कोरोनाविरूद्धको खोपमा लागि रहदा स्कुले बालबालिकालाई त्यसमा ध्यान दिइएको छैन ।

मलाई अचम्म त के लाग्छ भने विद्यालयमात्रै किन बन्द छन् ? बसमा भिडभाड छ, बजारमा भिडभाड छ, अस्पतालमा भिडभाड छ, खोप लगाउने ठाउ“मा भिडभाड छ, ति ठाउ“मा कोरोना नसर्ने तर विद्यालयमा कोरोनाको जोखिम कसरी हुन्छ ? मैले यो प्रश्न सरकारलाई गर्न चाहन्छु ।

विद्यालयहरूले चलाउने अनलाइन कक्षाका कारण कुलतमा फस्ने अवस्था भएको छ । सबैसँग मोवाइल, ल्यापटप र इन्टरनेटको पहुँच हुँदा यसको दुरूपयोग बढिरहेको छ । यो अवस्था रोक्न अभिभावक र गुरूहरूले सोच्नै पर्छ । यो समयमा मानसिक रूपमा विक्षिप्त बनाउने भन्दा पनि अग्रज तथा अभिभावकसँग महत्वपूर्ण ज्ञानहरू लिन सके राम्रो हुने थियो । अहिले विद्यालय जाने हुटहुटी बढिरहेको छ । तर जान सक्ने अवस्था छैन । पढ्न मनसमेत मर्न थालिसक्यो । ८ कक्षाको परीक्षा नदिएर ९ कक्षा पढ्न लागिएको छ । कन्तिमा एसईई नदिएर ११ कक्षा पढ्ने बाध्यता नबनोस् ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here