- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsछाडा चौपायाको व्यवस्थापन

छाडा चौपायाको व्यवस्थापन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ५ भदौ । दाङका सडकमा छाडा अवस्थामा रहेका पशुचौपायाको दाङ प्रहरीले व्यवस्थापन सुरू गरेको छ । सडकमा छोडिएका पशुचौपायाको उचित व्यवस्थापन हुन नसक्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि दाङ प्रहरी त्यसको व्यवस्थापनमा जुटेको हो ।

शुक्रबार घोराही र नारायणपुर क्षेत्रका सडकमा छोडिएका ३७ वटा पशुचौपायालाई व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । पछिल्लो समय सडकमा जथाभावी छाडिएका छाडा चौपायाले आवागमनमा समस्या निम्त्याउन थालेपछि त्यसको व्यवस्थापनमा लागिएको प्रवक्ता रिजालले बताए ।

जिल्लाका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ । तर सम्बन्धित पालिकाले पशुचौपायाको व्यवस्थापनमा चासो नदिदा प्रत्येक दिन छाडा चौपायाहरूको संख्या बढ्दै गएको उनले बताए । घोराही र नारायणपुर सडक क्षेत्रमा छाडा छोडिएका पशुचौपायालाई व्यवस्थापन तथा संरक्षणका लागि घोराही उपमहानगरपालिका–२ मा रहेको चाक्लीघाट गौशालामा पठाईएको उनले जानकारी दिए ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियानअन्तर्गत शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक कार्यालय र घोराही उपमहानगरपलिका वडा नम्बर १० सँगको सहकार्यमा पशुचौपायालाई व्यवस्थापन गरिएको हो । जिललाका सबै बजार क्षेत्रमा अहिले अत्यधिक रूपमा छाडा चौपाया देखिने गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here