Friday, April 26, 2024
Homebreaking-newsलुम्बिनीमा सत्ता परिवर्तन

लुम्बिनीमा सत्ता परिवर्तन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २९ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

केसीलाई काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ । नयाँ सरकार लागि तोकिएको समय भित्र चार दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावेदारी प्रस्तुत गरेका थिए । यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पु¥याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

शंकर पोखेरलको बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका थिए । उनले विहिवार बेलुका प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएका छन ।

मन्त्रीमण्डल विस्तार

विहीबार नै मुख्यमन्त्री केसीले ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन । जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र स्वतन्त्र अजय शाही मन्त्री बनेका छन ।

दाङ निर्वाचन क्षेत्र ३(क) बाट निर्वाचित चौधरी शहरी तथा ग्रामीण विकास मन्त्री बनेका छन । गत निर्वाचनमा राप्तीबाट निर्वाचित हुने एक मात्र्र काग्रेस सासद हुन । मोवादी केन्द्रका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा कानुन मन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टाीका ६ सांसदमध्ये शंकर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब ३ जना मात्र सांसद बाँकी छन । सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएपनि राजीनामा दिएर बाहिरिएकी थिइन ।

स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा विजयी भएका लुम्बिनी प्रदेशसभामा दुई सांसद छन । यो समूहले यसअघि पोखरेल नेतृत्वको सरकारलाई साथ दिएको थियो र सांसद धर्मबहादुर लाल श्रीवास्तव सरकारमै सहभागी भएका थिए । अहिले सोही समूहका अर्का सांसद शाही केसी नेतृत्वको मन्त्रिपरिषदमा सहभागी भएका हुन ।

को हुन के.सी.

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी २०२७ सालमा जन्मिएका हुन । उनी २०४६ सालमा नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका थिए । एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आईए पढ्दा पढ्दै विद्यार्थी संगठनमा सक्रिय राजनीति गर्न थाले ।

२०४८ देखि २०५० सालसम्म उनले रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी रुपमा शिक्षण पेशा गरे । प्राथमिक तहको स्थायी शिक्षक केसीले २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएको भन्दै शिक्षकबाट अवकाश लिनुप¥यो ।

त्यसपछि उनी तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीति शुरु गरे। त्यसपछि उनले औपचारिक शिक्षालाई अघि बढाएनन । उनले दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहमात्रै उत्तीर्ण गरेका छन । पढाइ छाडेर उनी राजनीतिमै लागे ।

२०५० देखि २०५२ सम्म नेकपा एकता केन्द्रको रोल्पा इलाका सेक्रेटरी भए । २०५२ फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भूमिगत भई माओवादीमा सक्रिय भए । माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए । २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको जिम्मेवारी पाए ।

त्यसपछि २०५६ साल भेरी–कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए । माओवादीको सशस्त्र युद्धमा राप्ती क्षेत्रका चर्चित नेताको रुपमा उनले परिचय बनाए । तत्कालीन माओवादीले पहिलो पटक रोल्पाको होलेरी आक्रमण गर्दा केसी सहभागी थिए । २०६० जेठ २० गते पार्टी बैठकका लागि भारत जाने क्रममा भारतको पटनामा उनी पक्राउ परे ।

त्यसपछि उनी २०६३ साउनसम्म झण्डै तीन वर्ष भारतको बक्सर जेलमा बन्दी जीवन बिताए । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ साउनमा मात्रै केसी जेलमुक्त भए । जेलबाट छुटेपछि २०६३ देखि २०६८सम्म ‘जनमुक्ति सेना’को तेस्रो डिभिजन कमिसारको भूमिका पाए ।

तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ क्यान्टोनमेन्टमा राखिएपछि वाईसीएल इन्चार्जको भूमिका पनि उनले निर्वाह गरे । २०६९ सालमा माओवादी विभाजन भएपछि उनी मोहन वैद्यको पक्षमा लागे । पार्टी अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिलाई धोका दिएको भन्दै उनले प्रचण्डको साथ छाडेका थिए ।

वैद्य पक्षको माओवादीको स्थायी कमिटि सदस्य भएका उनी दोश्रो संविधानसभा निर्वाचन बहिष्कार अभियानमा लागे । वैद्यसँग ४ वर्षजति बिताएर उनी फेरि रामबहादुर थापा बादलसित नजिक हुँदै प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए । माओवादीमा फर्किएपछि उनी २०७४मा भएको प्रदेश सभा निर्वाचनमा रोल्पा १(क)बाट माओवादी (एमाले गठबन्धनको तर्फबाट चुनाव जिते ।

गठबन्धनमा एमालेका शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दा उनले दोश्रो बरियताको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाए । शंकर पोख्रेल नेतृत्वको सरकार ढाल्न मोर्चा बनाएका उनै कुलप्रसाद केसी सोनाम मुख्यमन्त्री बनेका छन । गठबन्धनबाट पहिलो किस्ताको मुख्यमन्त्री पाएका उनले अगाडिको चुनौतीको चाँङ कसरी पन्छाएर अघि बढ्छन त्यो उनको कार्यशैली रक्षमताले देखाउने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here