Thursday, April 18, 2024
Homebreaking-newsमुख्यमन्त्री शंकर पोख्रेलको राजिनामा, नयाँ सरकार गठन आह्वान

मुख्यमन्त्री शंकर पोख्रेलको राजिनामा, नयाँ सरकार गठन आह्वान

- Advertisement -spot_img

प्रदेश टुडे
बुटवल, २८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन । पोख्रेलले संसदमा अल्मतमा परेको प्रष्ट भए पछि बुधवार विशेष अधिवेशन भइरहेको समयमा सदनमा अनुपस्थित भई मुख्यमन्त्रीबाट राजिनामा दिएका हुन । पोख्रेलको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन ।

प्रदेशसभामा बुधबार नै पोखरेल विरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यकालिका थियो । गत बैशाखमा पनि राजीनामा दिएर फेरि बहाल भएका एमाले नेता पोखरेलको अब मुख्यमन्त्रीको यात्रा टुंगिएको छ । पोखरेल अल्पमतमा परेपछि विपक्षी गठबन्धनले पोखरेलविरुद्ध अविश्वास प्रस्ताव गरेको थियो ।

लुम्बिनी प्रदेशमा अब नयाँ मुख्यमन्त्री चयनका लागि प्रक्रिया अघि बढेको छ । हालसम्मको राजनीतिक समिकरणका आधारमा वहुमत सांसदहरु विपक्षी गठबन्धन तर्फका माओवादी केन्द्रका नेता कुलप्रकास केसीको पक्षमा देखिएका छन ।
उता सर्वोच्च अदालतमा लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिइएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको इजलासले विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

मुख्यमन्त्रीको दावीका लागि आज तिन बजेसम्म समय

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले (आज )साउन २८ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको दावी गर्न आह्वान गरेका हुन ।
लुम्बिनीमा अब संविधानको धारा १६८ को उपधारा २ बमोजिमको दुई वा दुई भन्दा बढी राजनीतिथक दलको सहभागितामा बहुमतको सरकार गठन हुनेछ । यसमा दुई वा दुईभन्दा धेरै दलको समर्थनमा सरकार बन्न सक्नेछ । नयाँ मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीले दावी गर्नेछन । उनी माओवादी केन्द्र संसदीय दलका नेता हुन । शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा केसीको नाम सिफारिस भएको छ ।

केसी पूर्वमन्त्री भइसकेका व्यक्ति हुन । उनी शंकर पोख्रेलकै मन्त्री परिषदमा घीन वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रि भएका थिए । उनको पक्षमा अहिले ४२ सांसद देखिएका छन । कांग्रेस, माओवादी, जनता समाजवादी र जनमोर्चाको साथ उनले पाएका छन । अहिले नेपाली काग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सासदहरु केसीको पक्षमा खुलेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here