Thursday, April 18, 2024
Homeखेलकुदफुटबलको उपाधी खैरीपुरलाई

फुटबलको उपाधी खैरीपुरलाई

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २८साउन । तुलसीपुर–८ को बुटुनियामा सञ्चालित खुला फुटबल प्रतियोगिता २०७८ को उपाधी खैरिपुर युथ क्लबले हात पारेको छ ।

बुटुनिया युथ क्लव तुलसीपुर–८ को आयोजनामा बुटुनिया खेल मैदानमा सम्पन्न फाईनल खेलमा टिकरी युथ क्लबलाई सर्ट एण्ड डेथमा शून्यका बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै खैरिपुर युथ क्लबले उपाधी हात पारेको हो ।

उपाधी संगै उसले १७ हजार बराबरको खसी तथा प्रमाणपत्र हात पारेको छ । फाईनलमा सम्मानजनक हार ब्यहोरेको टिकरी उपबिजेतामा सिमित हुदै नगद ७ हजार तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । खेलको निर्धारित समयसम्म एक÷एक गोलको बराबरी भएपछी खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टीमा पनि पाँच÷पाँच गोलको बराबरी हुनपुग्दा खेलको नतिजा सर्ट एण्ड डेथका आधारमा निकालिएको हो । फाईनल खेलमा रेफ्रीको भुमिकामा मुख्य रेफ्री सुमन के.सी., सहायक रेफ्री अभिषेक ओलि र अर्जुन नेपाली रहेका थिए । साउन २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here