Thursday, February 13, 2025
Homeफिचरकाँँग्रेस महाधिवेशन सार्ने तयारी

काँँग्रेस महाधिवेशन सार्ने तयारी

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, २४ साउन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमा हेरफेर हुने देखिएको छ । भदौ १६–१९ का लागि तय भएको महाधिवेशन कार्यतालिका पछि सार्ने तयारीमा शीर्षनेताहरु जुटेका छन । साउन ९ गतेको काँग्रेस पदाधिकारी बैठकले साउन १२ को वडा अधिवेशन स्थगन गरेपछि भदौ २३ भित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक वाध्यतामाथि चुनौती थलिएको छ ।

नेपाली काँग्रेसले २०७२ फागुन २३ गते १३ औं महाधिवेशन गरेको थियो । त्यो मितिले भदौ २३ गते ५ वर्ष ६ महिना पुरा हुँदै छ । नेपालको संविधानको धारा २७९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

महामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री ज्ञानेन्द्र कार्की निर्वाचन आयोगसँग परामर्श गरी महाधिवेशन सार्ने कानुनी आधारको खोजीमा लागेका थिए  ।

प्रमुख निर्वाचन आयुक्तले मंसिरसम्म महाधिवेशन सार्न सकिने उनीहरुलाई कानुनी बाटो देखाएका थिए । महाधिवेशन सार्नेबारे कानुनमन्त्री कार्कीले पनि कानुन मन्त्रालयका सचिव, प्रमुख निर्वाचन आयुक्तसहिताका पदाधिकारी र महान्यायाधीवक्तासँग कानुनी परामर्श लिएको बताइएको छ । महामन्त्री शशांक कोइरालाको सचिवालयले पनि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिरसम्म महाधिवेशन सार्ने कुरामा समस्या नहुने सुझाएका छन । त्यसपछि सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला अनुसार ४ महिना महाधिवेशन सार्ने गरी काँग्रेसको तयारी छ ।

संस्थापन पक्षका एक नेताले भने ‘सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला अनुसार मंसिर मसान्तसम्म निर्वाचन आयोगका पदाधिकारीले शुन्य समयका नाममा महाधिवेशन गर्न स्वीकृत दिने छ । काँग्रेसका लागि त्यति सहजता प्रधान गरिदिन निर्वाचन आयोग तयार छ ।

साउन २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सोहि अनुसार नयाँ कार्यतालिका प्रस्तुत हुने छ ।

देउवा–शशांक सहमत

मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने कुरामा सभापति देउवा र महामन्त्री शशांक कोइराला एकमत देखिएका छन् । भदौमा महाधिवेशन गर्न सम्भव नभएको भन्दै मंसिरसम्म सार्न सकिने दुबैको तर्क छ ।

नयाँ क्रियाशील सदस्यता र पार्टी समायोजनका विषयमा देखिएको विवाद समाधान गर्ने गरी मंसिरसम्म महाधिवेशन सार्न उपयुक्त हुने उनको प्रस्ताव छ । यता शुक्रबार साँझ देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस युवा नेताहरुसँग सभापति देउवाले पनि महाधिवेशन सार्ने संकेत गरेका थिए ।

महामन्त्री कोइरालाले मंसिरमा महाधिवेशन गर्ने गरी प्रस्ताव राखेको भन्दै आफू नेताहरुसँगको परामर्शमा रहेको देउवाको भनाइ छ । ‘वर्तमान परिस्थिति हेरेर नयाँ कार्यतालिका ल्याउने तयारी काँग्रेसमा छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ मा विशेष महाधिवेशन भएपनि गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । केहिदिन अघि बूढानीलकण्ठमा सभापति शेरबहादुर देउवा सामू पौडेलले विशेष अधिवेशनको प्रस्ताव राखेका थिए । क्रियाशील सदस्यता विवादको समाधान नहुँदासम्म पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशनको प्रस्ताव राखेको पौडेलको भनाइ छ ।
पार्टीको वैधानिकता जोखिममा पारेर अन्य विकल्पमा म्याद थप्ने काममा आफ्नो समर्थन नहुने पौडेलको अडान यथावत छ । तर पौडेलले पक्षले पार्टीको वैधानिकतालाई कुनै असर नपर्ने गरेर नयाँ विकल्प ल्याएको अवस्थामा समर्थन रहने बताएको छ ।

संविधानमा उल्लेख गरेका कुरामा पार्टीको अस्तित्वमाथि कुनै प्रश्न हुँदैन भन्ने कुराको ग्यारेन्टी भए आफूहरु सबै विकल्पमा तयार रहेको संस्थापन इतरपक्षको भनाई छ । विशेष महाधिवेशन प्रस्तावलाई लिएर आफू निकट नेताबाटै विरोध भएपछि पौडेल अन्य विकल्पमा जान पनि लचिलो भएको बुझिएको छ ।

पौडेल समूहबाट सभापतिका आकांक्षी देखिएका दोस्रो तहका नेताहरु विशेष महाधिवेशनको पक्षमा छैनन् । शशांक कोइराला नै महाधिवेशन सार्ने पक्षमा देखिएपछि पौडेलको विशेष महाधिवेशनको प्रस्ताव अलपत्र पर्ने देखिएको छ । विशेष परिस्थितिमा देउवा र शशांक एक ठाउँमा उभिने गरेको पाइन्छ ।

पार्टीमाथि संवैधानिक र कानुनी संकट खडा हुने परिस्थिति बनेपछि देउवा र शशांकलाई फेरि एक ठाउँमा उभ्याइदिएको छ । पौडेलले भने भदौ २३ पछि वर्तमान कार्यसमिति स्वीकार्य नहुने बताउँदै आएका छन् । तर शशांक कोइराला कानुनी छिद्र खोजेर मंसिरमा महाधिवेशन सार्ने गृहकार्यमा जुटेको पाइन्छ ।

जसले देउवा र कोइरालालाई एक ठाउँमा ल्याइदिएको देखिन्छ । कोइराला निकट स्रोतले भन्यो, ‘डाक्टरसाहेबले यथार्थ कुरा गर्नुहुन्छ । अहिले अवस्थामा भदौ १६ गते महाधिवेशन हुँदैन भन्ने प्रस्ट छ । अब मंसिरभन्दा अगाडि महाधिवेशन हुने पक्का छ । त्यसैले उहाँले मंसिरमा महाधिवेशन गर्नुपर्छ भन्नु भएको हो ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here