Saturday, March 15, 2025
Homeफिचरक्षणिक स्वार्थकाकारण लोकतन्त्र समस्यामा

क्षणिक स्वार्थकाकारण लोकतन्त्र समस्यामा

- Advertisement -spot_img

उमा भण्डारी
तुलसीपुर, २४ साउन । राजनीतिको मुल नीति नै धमिलो भएकाले नागरिकका अधिकारहरु स्वतन्त्र हुन नसकेको सरोकारवालाहरुले बताएका छन । देशको मुलकानुन र त्यसभित्र रहेका नीति विधि र विधानलाई पालना गर्ने हो भने अधिकारको पनि सुरक्षा हुने र अमन चयन भई शान्ति सुरक्षा कायम हुने बताए ।

तर देशको मुल नीति भन्दा बाहिर गएर व्यक्तिगत र क्षणिक स्वार्थका लिप्त हुँदा मुलकको लोकतन्त्र, गणतन्त्र, स्वाधिनतामा खडेरी लागेको उनीहरुको भनाई छ ।

लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्नका लागि मानव अधिकारका सवालहरु स्वतन्त्र बन्नुपर्ने बताए । नागरिकले पाउनुपर्ने कतिपय अधिकारहरु डर र त्रासमा जेलिएको भन्दै उनीहरुले अधिकारमा स्वतन्त्रता प्रदान गर्न सर्वप्रथम मानव अधिकारका सवालहरु स्वतन्त्र बन्नुपर्ने बताए ।

मानव अधिकार तथा शान्ति समाज दाङको २४औँ साधारणसभाका अवसरमा सहभागीहरुले यस्तो बताएका हुन् । शान्ति समाजले नागरिकहरुको हक, अधिकार र स्वतन्त्रतासंग जोडिएका सवालहरुमा विगत लामो समयदेखि काम गर्दै आएको बताएका थिए ।

मानव अधिकार तथा शान्ती समाजका दाङ जिल्ला सभापती तुल्सीराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत तलसीपुरका न्यायाधीश नसरुल्लाह अन्सारीले जुन देशमा मानव अधिकारको रक्षा हुँदैन त्यो देशमा गणतन्त्र र लोकतन्त्र स्थापित हुन नसक्ने बताए । मानव अधिकारलाई देशको मौलिक अधिकार र विश्वव्यापी गरी दुई खण्डमा विभाजन गरेको बताए ।

अन्सारीले आफैमा कमजोर नभएको बताए । ‘नेपालमा मानव अधिकार कमजोर होइन उनले भने–‘तर व्यक्तिको मुख, पार्टीको काम र व्यवहारले मानव अधिकार कमजोर बनाईएको छ ।’

कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपसभापति शुशील बस्नेतले विश्व शान्तिको लागि सबै एक भएर लाग्नुपर्ने धारणा राखे । उनले मुलुकमा लोतन्त्रलाई सुनिश्चित गर्न संस्था स्थापना कालदेखि निरन्तर लागि राखेको बताए ।

कार्यक्रममा दाङ शाखाका संस्थापक सभापति तथा वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले लोकतन्त्र बलियो बनाउन शान्ति समाज खरो रूपले उत्रन जरुरी रहेको तर्क गरे । अधिवक्ता मोहन धितालले लोकतन्त्रको स्थापना र मानव अधिकार रक्षाका लागि दाङ शाखाले अग्रह पंक्तिमा रहेर काम गरेको भन्दै प्रशंसा गरे । साथै उनले संविधानले प्रत्याभूत गरेको मानव अधिकारका घटनाहरू घटिरहेको भन्दै आगामी दिनमा यी घटनालाई न्यूनीकरण गर्न समाजले अभियान थाल्नु पर्नेमा जोड दिए ।

नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले भाषणले मानव अधिकारको संरक्षण नहुने भन्दै व्यवहार पारदर्शी बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा समाजका केन्द्रीय समावेशी सचिव निर्मल नेपाली, उच्च अदालत बार इकाई तुलसीपुरका अध्यक्ष पुष्कर भण्डारी, महिला अधिकारकर्मी शुष्मा गिरी, शिक्षक महासंघ दाङका सचिव नबराज डाँगी, शान्ति समाज सल्यान शाखाका पूर्व सभापति शिव शंकर गिरी, नेकपा माओवादीका सेशुराम भण्डारी,

नेकपा एमालेका पदम केसी, राष्ट्रिय अपाङ्ग महासंघ दाङ शाखाका अध्यक्ष देबा डाँगी, दाङ साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लीराज गौतम, जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी, तुलसीपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, तुलसीपुर सुनचाँदी व्यवसायी समितिका अध्यक्ष हरि विकलगायतले मानव अधिकार र शान्ति एक अर्काको पूरक भएको बताउँदै दबिएका अधिकारहरू उठान गर्न समाजले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा समाजका सचिव निर्मला डाँगीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कमला डाँगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here