Friday, April 18, 2025
Homebreaking-newsलुम्बिनीमा विशेष अधिवेशन आह्वान

लुम्बिनीमा विशेष अधिवेशन आह्वान

- Advertisement -spot_img

प्रदेश टुडे
बुटवल, २२ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ । विपक्षीहरू विगतदेखि नै अधिवेशनको माग गर्दै आएको अवस्थामा बिहीबार विशेष अधिवेशन आह्वान गरेको हो ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् । आगामी साउन २७ गते बुधबार १ बजेका लागि विशेष अधिवेशन आह्वान गरिएको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेको बताइएको छ ।

प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरको हस्ताक्षर भएको विज्ञप्ति बुधबार जारी गरिएको हो । शेरचन लुम्बिनी प्रदेशको प्रमुख भएपछि पहिलो विशेष अधिवेशन आह्वान भएको हो । यसअघि लुम्बिनीका विपक्षी दलका नेताहरूले मुख्यमन्त्री शंकर पोख्रेल अल्पमतमा रहेको भन्दै शेरचनसमक्ष एक निवेदन दिँदै बहुमतका आधारमा सरकार गठन गर्न माग गरेका थिए ।

‘मलाई बन्धक बनाइयो’ः विमला

लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री एक सातापछि सार्वजनिक भएकी छन् । बिरामी भएर उपचार गराई रहेको सार्वजनिक भइरहेका बेला बिहीबार उनी बुटवलमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक भएकी हुन् ।
नेकपा हुँदा उपनिर्वाचनबाट प्रदेशसभा सदस्य निर्वाचित भएकी खत्री एमाले र माओवादी केन्द्र अलग–अलग भएको हुँदा उनले माओवादी दल रोजेकी थिइन । तीन महिनाअघि माओवादी केन्द्रको दलको सदस्य भएको सार्वजनिक गरेकी खत्रीलाई एमालेमा फर्काउन भएको प्रयासअन्तर्गत दाङबाट मुख्यमन्त्रीको निवासमा पु¥याएर बन्धक बनाइएको आरोप लगाएकी छन् ।

खत्रीले आफूलाई नेकपा एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर रावतले जबरजस्ती बुटवल पु¥याएर मुख्यमन्त्री कार्यालयमा राखेको आरोप लगाएकी छन् । बिहीबार माओवादी संसदीय दलको कार्यालयमा मुख्यमन्त्री कार्यालयमा आफूलाई जबरजस्ती हस्ताक्षर गर्न लगाएर विज्ञप्ति जारी गरिएको उनले बताइन् । आफूलाई थप दुईवटा माइन्युटमा समेत हस्ताक्षर गर्न लगाइएको उनको भनाइ छ । मुख्यमन्त्री कार्यालयमा राखे आफूलाई एमाले बन्न दबाब र विभिन्न प्रलोभन दिएको समेत खुलाएकी छन् ।

नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताहरूबाट एमाले पार्टीमा आउनु पन्यो भनेर बारम्बार दबाव आउन थाल्यो । मैले त्यसलाई निरन्तर ईन्कार गरिरहे, खत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, साउन १५ गते उपचारको लागि नेपालगंज हिड्न लागेको समयमा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर आउनुभयो ।

म बिरामी छु उपचारको लागि नेपालगन्ज जाँदैछु भन्दा उहाँहरूले हामी पनि नेपालगन्ज जाने हो, पु¥याइँ दिन्छौं भन्नुभयो । विश्वास गरी गाडीमा बसेँ । गाडी तुल्सीपुरबाट अमिलिया आएर उहाँहरू खाना खानुभयो । गाडीमा बसियो तर गाडी नेपालगन्जतिर जानु पर्नेमा एक्कासी बुटवलतिर मोडियो । मैले प्रतिवाद गरेँ । एकपटक मुख्यमन्त्रीज्यूलाई भेट्नु प¥यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पु¥याइयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here