Sunday, April 14, 2024
Homebreaking-newsस्कुलको जग्गा प्रतिष्ठानलाई दिने तयारी, प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्दै

स्कुलको जग्गा प्रतिष्ठानलाई दिने तयारी, प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्दै

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, १८ साउन । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालयले मेडिकल कलेज सञ्चालनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जग्गा दिने तयारी गरेको छ ।
सर्तसहित दिन थालिएको स्कुलको जग्गामा शैक्षिक कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठान सकारात्मक देखिएको छ ।

प्रतिष्ठानको आग्रह र सरोकारवालाहरूको छलफलपछि स्कुलको जग्गा प्रतिष्ठानलाई दिन तयारी गरिएको हो । विद्यालयले जिल्लामा एमबिबिएस र एमडीसहितको मेडिकल कलेज सञ्चालनका लागि विद्यालयको १६ विगाह प्रतिष्ठानलाई उपलव्ध गराउने तयारी गरेको हो । विद्यालयले प्रस्ताव गरेका शर्तहरू पूरा भएमा मात्रै प्रतिष्ठानलाई लिजमा जग्गा उपलव्ध गराईने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डेले बताए ।

साउत १५ गते प्रतिष्ठानले शैक्षिक गतिविधि सञ्चालनका लागि जग्गा उपलव्ध गराईदिनका लागि पठाएको पत्रलाई आधार मानेर बसेको सर्वदलीय बैठले प्रस्तावित शर्तहरू पूरा भएमात्रै लिजमा जग्गा उपलव्ध गराउने उनले जानकारी दिए । ‘जग्गा हामीले दिईसकेका छैनौँ, कुरा मात्रै भएको छ’ उनले भने– ‘हामीले केही सर्तहरू राखेका छौँ, ती शर्तहरू पूरा भएमा मात्रै जग्गा दिन्छौँ, शर्त पूरा नभएमा दिन सकिदैन ।’

उनका अनुसार विद्यालयले उपलव्ध गराउने जग्गामा अनिवार्य रूपमा ओपिडीसहितको कलेज सञ्चालन गर्नुपर्ने, अस्पतालको सिनेटमा वडा, विद्यालय र प्रशासनको प्रतिनिधित्व हुनुपर्ने, चिकित्सा शिक्षा पढ्नका लागि मापदण्ड अनुसारको प्राप्तांक गरेका विद्यार्थीहरूलाई प्राथमिकतामा राख्नुपर्ने, त्रिपुर क्षेत्र, विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समिति, पूर्व कर्मचारीहरूलाई ५० प्रतिशत सहुलियतमा स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने, विद्यालयको जग्गा भएको क्षेत्र तपोभूमि भएकाले उक्त शिक्षण संस्थाको नाम सिद्धरत्ननाथ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिनुपर्ने लगायतका शर्तहरू राखिएको अध्यक्ष पाण्डेले बताए ।

  • प्रतिष्ठानलाई जग्गा उपलव्ध गराउने/नगराउने भन्ने विषयमा आवश्यक छलफलका लागि विद्यालयले सात सदस्यीय समिति समेत गठन गरेको छ ।
  •  प्रतिष्ठानले ४९ वर्षको लागि मागेको भए पनि विद्यालय व्यवस्थापनले भने अहिलेलाई बढीमा १० वर्ष दिने योजना बनाएको छ ।

प्रतिष्ठानलाई जग्गा उपलव्ध गराउने/नगराउने भन्ने विषयमा आवश्यक छलफलका लागि विद्यालयले सात सदस्यीय समिति समेत गठन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डेको संयोजकत्वमा विद्यालयका प्रधानाध्यापक, उद्योग वाणिज्य संघ, राजनैतिक दलहरूको उपस्थितिमा समिति गठन गरिएको छ । प्रतिष्ठानले उक्त शर्तहरूहरूमा सहमति जनाएमा विद्यालयको जग्गा लिजमा नदिईने उनको भनाई छ ।

उनका अनुसार अहिले विद्यालयको जग्गा वार्षिक रूपमा प्रतिकठ्ठा दुई हजारका दरले भाडामा दिइएको छ । विद्यालयको शर्तहरूलाई प्रतिष्ठानले सहमति जनाएमा प्रतिकठ्ठा २ हजार वा सोभन्दा बढीमा दिने भन्नेबारे छलफल गरिने उनले जानकारी दिए । प्रतिष्ठानले ४९ वर्षको लागि मागेको भए पनि विद्यालय व्यवस्थापनले भने अहिलेलाई बढीमा १० वर्ष दिने योजना बनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारीले १६ विगाह जग्गाले तत्कालका लागि अस्पतालसहितको शिक्षण संस्था सञ्चालन गर्न सकिने जानकारी दिईन् । नर्सिङ कक्षा सञ्चालन गर्ने, एमडि कक्षा सञ्चालन गर्ने प्रतिष्ठानको पूर्वतयारी रहेको थियो । तर आवश्यक पूर्वाधार नहुँदा समस्या हुँदै आएको उपकुलपति भण्डारीले बताइन् ।

‘जग्गा नहुँदा काउन्सिलले मेडिकल कलेज सञ्चालनका लागि दर्ता गर्न मानिरहेको थिएन’ उनले भनिन्– ‘जग्गा व्यवस्थापन भएलगत्तै काउन्सिलले अनुगमन गर्छ त्यसपछि हामीले दर्ता गरेर संरचना निर्माण गर्न सुरू गछाँै । सँगै शैक्षिक कार्यक्रम पनि सुरू हुन्छ ।’ कोरोना महामारीको अवस्थालाई हेरेर यस वर्षदेखि पढाइ सुरू गर्ने गरी पूर्वतयारी थालिने उनले जानकारी दिइन् । शैक्षिक कार्यक्रम सञ्चालनका लागि जनशक्ति आवश्यक भएकाले जनशक्ति व्यवस्थापनको तयारीमा जुटिरहेको उनले भनाई छ ।

तत्काल एमबिबिएस पढाइ सञ्चालन गर्न सक्ने अवस्था नभएपनि एमडि र नर्सिङको पढाइका लागि तयारी गरिएको बताइन् । ‘अहिलेको अवस्थामा हामी जनशक्ति व्यवस्थापनमा जुटिरहेका छौँ’ उनले भनिन्– ‘कोरोनाको महामारीलाई हेरेर हामीले शैक्षिक कार्यक्रम सञ्चालन गर्छौ, ढिलोमा अर्को वर्षदेखि शैक्षिक गतिविधि पक्का सुरू हुन्छ । विद्यालयले थप ४÷५ विगाह जग्गा उपलव्ध गराएमा शिक्षण अस्पताल मात्र नभई प्रशासनिक भवन र क्वाटर भवनसमेत निर्माण गरी थप व्यवस्थित बनाउँदै लैजाने योजना रहेको उनले जानकारी दिइन् ।

अस्पतालसहितको शैक्षिक संस्था सञ्चालनलाई थप व्यवस्थित गर्नका लागि संस्कृत विश्वविद्यालयसँग पनि सहकार्य गरेर जाने प्रयास भइरहेकोे उनको भनाई छ । उनका अनुसार प्रतिष्ठानले नर्सिङ पढाइ सञ्चालन गर्ने उद्देश्यले भौतिक संरचनासमेत निर्माण गरिसकेको छ । तर उक्त संरचनामा अहिले कोरोनाका बिरामीहरूको उपचारका लागि कक्ष सञ्चालन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here