- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeफिचरबालिका बलात्कारको आरोपमा पक्राउ

बालिका बलात्कारको आरोपमा पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १८ साउन । दाङमा बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा बबई गाउँपालिकामा एकजना र तुलसीपुर उपमहानगरपालिकामा एकजना गरी दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ । यद्यपि पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन ।

पश्चिम दाङमा बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–५ पदमपुर निवासी ५४ वर्षका किमे दमाई रहेको बुझिएको छ । आरोपीलाई ईलाका प्रहरी कार्यालय तुलसीपरमा राखिएको छ ।

पीडित परिवारका अनुसार घटना साउन १३ गते राति १० बजे भएको थियो । बालिकाको यौनीबाट रगत बग्ने समस्या भएकाले उपचार भइरहेको छ । आरोपीविरूद्ध जवरजस्ती करणी मुद्दा शुक्रबार दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बलात्कारको घटना भएको पुष्टि गरेका छन् ।

यसैगरी, छोरीलाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा एकजना बाबु पक्राउ परेका छन् । तुलसीपुरको बजार नजिकै घर भाडामा बस्दै आएका ३५ वर्षका आरोपीले रक्सीको नसामा १२ वर्षकी छोरीलाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले बाबुलाई पक्राउ गरिसकेको छ ।

आरोपीले शनिबार दिउँसो ३ बजे घरमै बलात्कार गरेका थिए । हाडनाता करणी भएकाले आरोपीको नाम र ठेगाना गोप्य राखिएको छ । बाबुले छोरीलाई बलात्कार गरेको थाहा पाएपछि आमाले श्रीमान्विरूद्ध बलात्कारसम्बन्धी मुद्दा दर्ता गरेकी हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here