- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeसमाजसंयुक्त काउन्टरबाट बस सञ्चालन

संयुक्त काउन्टरबाट बस सञ्चालन

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १८ साउन । दाङमा एउटै काउन्टरबाट सार्वजनिक सवारीका साधनहरू सञ्चालन हुन सुरू भएका छन् । संयुक्त काउन्टरबाट सवारी सञ्चालन भए पनि अहिले एकद्वार प्रणालीबाट चल्न थालेको प्रालिहरूले बताएका छन् ।
पटक–पटक छलफल गरी लामो प्रयासपछि दाङका सबै यातायात प्रालिहरू कार्यगत एकताबाट यात्रुबाहाक गाडी चलाउन सहमत भएका छन् । जिल्लामा धेरै यातायात प्रालि हुँदा अस्वस्थ्य प्रतिस्पर्धाका कारण यात्रु तानातान गर्ने,

भाडामा बार्गेनिङ गर्ने र दुर्घटनाको जोखिमसमेत हुने समस्या हँुदै आएको थियो । अब यस्ता खालका सबै समस्या अन्त्य भएको दाङ जिल्ला संयुक्त यातायात प्रालिका गाडी व्यवस्थापन संयोजक प्रकाश भट्टले जानकारी दिए । लामो छलफल र प्रयासपछि आफूहरूले कार्यगत एकता गर्न सफल भएको उनको भनाई छ ।

शनिबारदेखि दाङ जिल्ला संयुक्त यातायात प्रालिको टिकट बुकिङ काउण्टर राखेर यातायात सेवा सञ्चालनमा आएको उनले जानकारी दिए । यसअघि सम्बन्धित यातायात प्रालिहरूले आफूअनुकूल गाडी चलाउँदै आएका थिए । बसपार्कमा टिकट काउन्टर पनि छुट्टाछुट्टै राखिएको थियो । तर अब एउटै बुकिङ टिकट काउन्टरबाट टिकट काट्न थालिएको छ । यसमा सबैको सहमति रहेको उनले बताए । जिल्लामा १३ वटा प्रालि रहेका छन् । हाल सबैसँग छलफल गरी यस्तो सहमति भएको हो । समितिको संयोजकमा नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष बामदेव खनाललाई चयन गरिएको छ ।

कोरोना माहामारीका कारण यातायात क्षेत्र संकटमा परेका कारण अस्वस्थ्य प्रतिस्पर्धाले यातायात व्यवसायी धरासायीमा परेको भन्दै एकद्वार प्रणाली लागू गरिएको उनले जानकारी दिए । यसले यातायात व्यवसायीलाई फाइदा पुग्नुको साथै यातायात मजदुरहरूलाई समेत राहत मिल्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङका अध्यक्ष केशव बहादुर भण्डारीले बताए ।

यातायात व्यवसायी बाँचे मात्रै यातायात मजदुरले रोजगार पाउने भएकाले यो नीतिले दुवैलाई फाईदा गर्ने उनको भनाई छ । गत वर्षदेखि कोरोना माहामारीले निम्त्याएको संकटले गर्दा आफूहरूले विगतदेखि कार्यगत एकताको लागि प्रयास थालेको उनले बताए । जिल्लामा धेरै यातायात प्रालि भएकाले पनि अहिलेको यो संकटमा यो कार्यगत एकताको नीति सबैलाई निकै आवश्यक यातायात व्यवसायीहरूले बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here