- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsसर्वोच्चले माग्यो लिखित जवाफ

सर्वोच्चले माग्यो लिखित जवाफ

- Advertisement -spot_img

काठमाडौँ, १८ साउन । सर्वोच्च अदालतले दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरूलाई दल त्याग गरेको भन्दै माओवादी केन्द्रले निस्कासन गरेपछि प्रदेशसभा सदस्य पदबाट पदमुक्त भएका थिए ।

आफूहरूले दल त्याग नगरेको भन्दै उनीहरूले नेकपा माओवादी केन्द्र, निर्वाचन आयोग, लुम्बिनी प्रदेशसभा सचिवालय लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

उनीहरूले सांसद पदमा पुनर्वहाली गर्न माग गरेकामा सर्वाेच्चले तत्काल अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । अन्तरिम आदेशका लागि भदौ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि न्यौपाने र पन्थी एमालेमै रहेको भन्दै माओवादी केन्द्रले उनीहरूलाई निस्कासन गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here