- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeफिचरकुरा कोरोना कै...

कुरा कोरोना कै…

- Advertisement -spot_img

नेपालमा आजभोलि कोरोनाको तेस्रो लहर आउँदैछ । यो लहरले विशेषगरी बालबालिकाहरूलाई संक्रमित बनाउँछ भन्ने आशयका समाचारहरूलाई सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूले प्रमुख स्थान दिइरहेका छन् । कुनै पनि सरूवा रोगका भाइरसहरूले धेरैलाई संक्रमण बनाएपछि केही समयका लागि संक्रमणको दर घट्ने गर्दछ । त्यसको केही समयपछि भाइरसको संक्रमण फेरि मान्छेहरूमा फैलिन्छ । यसरी कोभिड–१९ को संक्रमण दर एकपटक रोकिएर पुनः संक्रमण दर बढ्ने क्रमलाई कोभिडको पहिलो, दोस्रो, तेस्रो लहर, चरण भनिएको हो ।

यसरी संक्रमण परिवर्तन हुँदा कहिलेकाहिँ भाइरसको प्रजाति नै परिवर्तन हुने गर्दछ । संक्रमण गर्ने भाइरसले प्रजाति परिवर्तन गरेर नयाँ भएर आउँछ, त्यसले नयाँ–नयाँ मानिसलाई संक्रमित गराउँदछ । संक्रमणको दर एक्कासी बढेर विस्तारै त्यो संक्रमण दर विस्तारै सामसुम भएजस्तो हुन्छ । केही समयपछि फेरि नयाँमा पुग्छ र संक्रमण बढ्छ । यो क्रमलाई लहर भनिन्छ । समाजमा अधिकांश व्यक्ति संक्रमित नभएसम्म यो लहर चलिरहन्छ । भाइरस उही हो । भाइरसको प्रजाति वा त्यसको काँचुली परिवर्तन भएको हो । सबैजसो भाइरसहरूले आफ्नो स्वरूप परिवर्तन गर्ने गर्दछ ।

कोरोना भाइरसले प्रजाति परिवर्तन गरिरहन्छ । त्यसैले प्रजाति परिवर्तन हुँदैमा आत्तिनु पर्दैन । किनभने यो भाइरसले आफ्नो अस्तित्व जोगाउन प्रजाति परिवर्तन गर्नैपर्छ । कुनै पनि जीवले आफ्नो अस्तित्व रक्षा गर्न प्रजाती परिवर्तन गरेन भने मानव सभ्यताले उसलाई खत्तम पार्छ । ऊ मानव सभ्यताभन्दा एककदम अगाडि हुनुपर्छ । त्यसरी आफूलाई परिवर्तन गरेर अघि हुनु भनेको ‘भेरियन्ट’ हुनु हो । नयाँ लहर प्रजाति परिवर्तन भएर वा उही पुरानै प्रजाति आउन सक्छ । पहिले संक्रमण नभएका मान्छेहरूमा शुरू हुन्छ र धेरैमा छिर्छ ।

नेपालमा हालसम्म कोभिड–१९ का मुख्यत तीन प्रजातिले संक्रमण फैलाएको पाइन्छ । कोभिड–१९ को संक्रमणको सुरूवाती चरणको प्रजातीसमेत अहिलेसम्म नेपालमा देखापरिरहेको छ । २०२० मा देखिएको प्रजाति, युके भेरियन्ट अनि भारतबाट आएको डबल म्युटेड पनि छ । यी सबै गरेर तीन प्रजाति घुमिरहेका छन् । तराईंबाट भारतीय प्रजाति बढी आइरहेको छ । पहिले नै काठामाडौं र पोखरामा बेलायतबाट आएको प्रजाति थियो कि भन्ने अनुमान गर्न सकिन्छ । तर यस सम्बन्धमा हाल सम्म नेपाल सरकारले अनुसन्धान गरेको छैन ।

तर कोभिड १९ को प्रारम्भिक चरणमा देखापरेको भाइरसभन्दा दोस्रो चरणको संक्रमणका समयमा देखापरेको भाइरस बढी संक्रामक भएको तथ्य दोस्रो चरणमा भएका संक्रमितको संख्याले नै पुष्टि भएको छ । भाइरसलाई मुख्यत दुई आधारमा वर्गीकरण गर्ने गरिन्छ । प्रथम त सो भाइरसको संक्रमण क्षमता कत्तिको तिब्र छ र दोस्रो सो भाइरसले मानवीय क्षतिलाई आधार लिने गरिन्छ । नेपालमा देखापरेको कोभिड–१९ को दोस्रो भेरियन्ट संक्रमणका आधारमा पहिलो चरणको भाइरसभन्दा संक्रामक भएको पुष्टि भएता पनि खतरनाक भाइरस हो भन्ने पुष्टि भने हुन सकेको छैन । युके भेरियन्ट बेलायतमा अनुसन्धान भइसकेको छ । यो संक्रामक छ, तर कडा छैन भनेर पुष्टि भइसकेको छ ।

हामी सरकारको निर्देशन विपरीत मास्क लगाउन, भिडभाडमा जान, सामाजिक दूरी कायमलाई वेवास्ता गर्न प्रतिस्पर्धा गरिरहेका छौं । मास्क लगाउनु हाम्रो लागि निक्कै गरूङ्गो मान्ने गरेका छौं, भिडभाड कम गर्नसकेका छैनौं भने राज्य जनताको स्वास्थ्यप्रति कहिल्यै संवेदनशील बन्न सकेको छैन । कोभिड–१९ को तेस्रो लहर आउँदैछ भन्ने हाम्रा विज्ञहरूका अन्तरवार्ता टेलिभिजनमा आइरहन्छन् तर अस्पतालहरूमा वेड विस्तार, अक्सिजन प्लान्ट निर्माणमा कसैको ध्यान जान सकेको छैन ।

कोरोना भाइरसले फोक्सोलाई आक्रमण गरेर अक्सिजन लिन नसक्ने अवस्थामा पु¥याउँछ । फोक्सोले आवश्यक मात्रामा हावाबाट अक्सिजन लिन नसकेका कारण कृत्रिम अक्सिजन दिनुपर्छ । कृत्रिम अक्सिजन दिएपछि पाउनुपर्ने अक्सिजन संक्रमित व्यक्तिले पाउँछ । कोभिड महामारी पहिलो पटक शुरू हुँदा नेपाललगायत अन्य देशमा समेत चिकित्सकहरूलाई यस बारेमा राम्रो जानकारी नभएकै कारण सरोकारवाला निकायहरू पनि अक्सिजनको व्यवस्थापनमा पूर्वतयारी गर्न नसकेका कारण कोभिड–१९ को दोस्रो चरणको संक्रमणको समयमा अक्सिजनको निक्कै अभाव महसुस भएको थियो भने अक्सिजन अभाव कै कारण कैयौंको ज्यानसमेत गएको थियो ।

कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना गरिएको बिरामीलाई पर्याप्त मात्रामा अक्सिजन दिन सकियो भने सामान्य वेडमै राखेर समेत उपचार गर्न सकिदो रै’छ भन्ने कुरामा अहिले लगभग सबैजसो स्वास्थ्यकर्मीहरू आस्वस्त भएका छन् । नेपालमा देखापरेको कोभिड–१९ को दोस्रो संक्रमणका समयमा व्यापक रूपमा आइसीयु वेडको खोजीमा सर्वसाधारण नागरिकहरू भौतारिन बाध्य भएका थिए । दोस्रो चरणको संक्रमणमा एकैसाथ धेरैजना संक्रमित भएका कारण अक्सिजनको मागसमेत एकाएक बढ्न गएको थियो, धेरै चाहियो ।

नेपालमा कोभिड–१९ को संक्रमण अहिले समुदाय तहमा छ । समुदायमा संक्रमण पोहोर नै भएको हो । त्यो परिवर्तन भएको छैन । संक्रमण आयातित होइन । भाइरस भेरियन्ट यस अघिदेखि नै छ । अहिले नयाँ भेरियन्टले संक्रमण व्यापक बनाएको हो । विगत एक हप्तादेखि संक्रमितको संख्या दिनानुदिन बढेर गएको छ । यसले हामी अब कोभिड–१९ को तेस्रो चरणमा प्रवेश गर्दैछौ भन्ने संकेत गरिसकेको छ । संक्रामक रोगको महामारीविना संकेत एक्कासी आउँदैन ।

संकेत हेर्न निरन्तर निगरानी अर्थात् परिक्षण चाहिन्छ । त्यसमा हाम्रो कमजोरी छ । संक्रमण भएपनि नभए पनि परीक्षणलाई निरन्तरता दिइरहनुपर्दछ तर हामी त्यसमा चुकी रहेका छौं । परिक्षणकै आधारमा मात्र संक्रमण बढ्न थालेको थाहा पाइयो भने मात्र सचेत हुन सकिन्छ । सबैभन्दा ठूलो कमजोरी हामी नागरिकमा रहेको छ । सचेत गराउन नसक्नु, परिक्षण प्रभावकारी बनाउन नसक्नुमा राज्यकोकमजोरी त छदैछ, त्यो भन्दा ठूलो कमजोरी हामी नागरिकको रहेको छ ।

हामी सरकारको निर्देशन विपरीत मास्क लगाउन, भिडभाडमा जान, सामाजिक दूरी कायमलाई वेवास्ता गर्न प्रतिस्पर्धा गरिरहेका छौं । मास्क लगाउनु हाम्रो लागि निक्कै गरूङ्गो मान्ने गरेका छौं, भिडभाड कम गर्न सकेका छैनौं भने राज्य जनताको स्वास्थ्यप्रति कहिल्यै संवेदनशील बन्न सकेको छैन । कोभिड–१९ को तेस्रो लहर आउँदैछ भन्ने हाम्रा विज्ञहरूका अन्तरवार्ता टेलिभिजनमा आइरहन्छन् तर अस्पतालहरूमा वेड विस्तार, अक्सिजन प्लान्ट निर्माणमा कसैको ध्यान जान सकेको छैन ।

सरकारले आफ्नो नागरिकलाई विश्वास गर्ने कि नगर्ने ? सरकारले आफ्नो शक्तिको प्रयोग गरेर सर्वसाधारण नागरिकलाई अनिवार्य रूपमा मास्क लगाउन, दूरी कायम गर्न र भिडभाड कम गराउन नसक्ने अवस्था छैन तर सरकार त्यतातर्फ सोच्दै नसोची आफ्नै नागरिकलाई निषेध गर्ने नीतिमा कार्यरत छ । पहाडका जिल्लामा यति, तराईका जिल्लामा यति सक्रिय संक्रमित भएमा स्थानीय जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेछ भनेर पन्छिने काम गरेको छ ।

सरकार जनतालाई सहज होइन आफूलाई कसरी सहज हुन्छ भन्नेमा अडिग रहेको छ । संक्रमण बढ्यो निषेधाज्ञा लगाइदियो जनतालाई घरभित्र थुन्यो अनि सरकार आनन्दसँग सत्ताको खेलमा रम्ने गरेको पाइन्छ । विश्व समुदाय कोभिड संक्रमणबाट आफ्ना नागरिकलाई कसरी सुरक्षित पार्ने भन्ने वहसमा केन्द्रित भएको अवस्थामा हाम्रो देश सरकार टिकाउने सरकार प्रमुख फेर्ने खेलमा व्यस्त छ भने हामी आमनागरिक सामाजिक सञ्जालमा भ्याक्सिनको लागि नपाएको गुनासो गर्नमा व्यस्त छौँ ।

हामी जे मा सक्षम छौँ, त्यो कुरामा हामी बेवास्ता गरिरहेका छौँ अनि जुन कुरा हाम्रो पहुँचमा छैन त्यसका लागि आवाज उठाउँदैछौ । मास्क लगाउन, भिडभाड नगर्न, अस्पतालहरूमा वेड वृद्धि गर्न, अक्सिजन प्लान्ट निर्माण गर्न हामी सक्षम छौँ । त्यो हामी कोहि कसैले गरेका छैनौं कोभिडविरूद्धको खोप जुन हाम्रो पहुँचभन्दा बाहिरको कुरा हो त्यसमा हामी एक तमास सरकारले खोप ल्याउन सकेन भन्दै सामाजिक सञ्जालमा आदर्शका गफ हानिरहेका छौं ।

अहिले नेपालमा कोभिडको संक्रमण कछुवाको गतिमा विस्तारै उकालो लाग्दै गरेको छ । यही समयमा संक्रमणबाट बच्ने उपायहरू अवलम्वन गरौँ । नयाँ प्रजातिको कोरोना भाइरस संक्रामक छ भन्ने कुराहरू विभिन्न सचार माध्यमबाट बाहिर आइरहेको अवस्थामा सकेसम्म संक्रमण नै रोकथामका लागि तयारी गरौँ । यदि संक्रमण रोक्न सकिँदैन भने संक्रमितको उपचार गर्ने पूर्वाधार निर्माणका लागि युद्धस्तरमा अघि बढौँ । साउन महिना लागेसँगै हिन्दू धर्ममा आस्था राख्ने नागरिकहरू धार्मिक स्थलहरूमा जाने क्रम बढेको छ ।

आफ्नो धर्म परम्पराअनुसार चाडवाड मनाउन चाहानु नौलो कुरा होइन तर भक्तजनलाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने दायित्व राज्यको हो जुन कुरामा राज्य उदासिन देखिएको छ । सार्वजनिक यातायात खुलेसँगै टाढा– टाढाबाट यात्रुहरू देशका विभिन्न धार्मिक स्थलमा आउने क्रम बढेको छ त्यसलाई व्यवस्थित र नियमन गर्ने कार्यमा राज्य चुकेको छ । तीन तहमा रहेको सरकार संक्रमण रोकथाममा उदासिन देखिएको छ । कडाइ नगर्ने अनि निषेधाज्ञा लगाएर जनतालाई घरभित्र थुन्नु मात्र राज्यको दायित्व होइन ।

स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्य मापदण्ड कडाईका साथ लागू गराउनु राज्य र उसका निकायको जिम्मेवारी हो भने मापदण्डको पालना गर्नु आम नागरिकको कर्तव्य हो । जबसम्म दायित्व, जिम्मेवारी र कर्तव्य पालना गरिदैन तबसम्म यसप्रकारका जटिल परिस्थितिबाट उन्मुक्ति पाउन सकिँदैन । अझ पनि समय छ सबैजना स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरौँ÷गराआँै र कोरोना महामारी संक्रमणको सम्भावित तेस्रो लहरलाई न्यूनीकरण गर्न अग्रसर बनौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here