Thursday, March 28, 2024
Homeफिचरबालबालिका कार्यविधि निर्माण अन्तरक्रिया

बालबालिका कार्यविधि निर्माण अन्तरक्रिया

- Advertisement -spot_img

प्रदेश टुडे
मसुरिया देउखुरी, १८ साउन । राप्ती गाउँपालिकामा बालबालिका सम्बन्धी अवस्थाको विश्लेषण गर्दै नीति तथा कार्यविधि निर्माणका लागि अन्तरक्रिया गरिएको छ । सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बालबालिकाको नैसंर्गिक अधिकारअन्तर्गतका कुराहरूको सुरक्षा गर्नु सबैको जिम्मेवारी रहेको हुँदा पालिकास्तरबाटै नीति तथा कार्यविधि निर्माण गर्नु आवश्यक रहेको बताएका छन् ।

राप्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, नौवटै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सबै वडाका बाल क्लवका प्रतिनिधिहरूको सहभागिता रहेको अन्तरक्रियामा बेस संस्थाका बासुदेव चौधरी र लोकराज चौधरीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा स्थानीय बालअधिकार समिति गठन तथा सञ्चालन, कार्यान्वयन कार्यविधि, पालिकाको लागि घटना व्यवस्थापन निर्देशिका, बालकोष सञ्चालन निर्देशिका, बालमैत्री स्थानीय शासन रणनीति तथा कार्यविधिलगायतका विषयमा छलफल गरिएको छ । राप्ती गाउँपालिकामा बालबालिका सम्बन्धी अवस्थाको विश्लेषण गर्दै बाल संरक्षण नीति, बाल क्लव गठन तथा सञ्चालन, बालश्रम निवारण, जोखिमबाट उद्धार गरिएको बालबालिकाको पारिवारिक पुनः एकीकरण र बालश्रममुक्त पालिका घोषणाजस्ता विषयमा समूहगत रूपमा छलफल गरिएको छ ।

कार्यक्रममा चेतना तथा मानव श्रोत ब्यवस्थापनका लागि पालिकास्तरमा बालअधिकार समिति निर्माण तथा पुनर्ताजगी गर्ने, वडास्तरमा बालअधिकार समिति गठन गर्ने, बाल संरक्षण सञ्जाल निर्माण गर्ने, बाल कल्याण अधिकारी, समाजसेवी नियुक्त गर्नेलगायतका विषयमा छलफल गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसी तथा कल्पना खनालले समायोजन गरेको नीति तथा कार्यविधि निर्माणका लागि अन्तरक्रियामा राप्ती क्षेत्रमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका भृकुटी महिला समूह, लक्ष्मी महिला समूह तथा अन्य सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो । एकदिने नीति तथा कार्यविधि निर्माणका लागि अन्तरक्रियाद्वारा बालबालिका सम्बन्धी अवस्थाको विश्लेषण गर्दै नीति तथा कार्यविधिको प्रारम्भिक खाका तयार गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here