Thursday, February 13, 2025
Homeप्रदेशसुजुकीको नयाँ स्कुटर बजारमा

सुजुकीको नयाँ स्कुटर बजारमा

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १८ साउन । सुजुकी ब्राण्डको नयाँ स्कुटर बजारमा आएको छ । सुजुकीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटोमोवाइल्स प्रालिले बिएस–६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भारतीय बजारमा टप–३ मा रहन सफल स्कुटर पर्दछ । सुजुकी एक्सेस स्कुटर मध्यम वर्गका बीच र व्यवसायीक प्रयोजनमा निकै रूचाइएको स्कुटर हो । एक्सेस स्कुटरमा आगाडी ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा अगाडिको भागमा स्टिलको कभरसमेत रहेको मार्केटिङ अफिसर स्वयम् बस्नेतले बताए । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ भने यसको मर्मत खर्च पनि अरूभन्दा कम आउने उनले बताए ।

हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिनप्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात् बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधिसमेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने उनले दावी गरे । यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ र किक स्टार्ट दुवै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोवाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ ।

दुवै चक्कामा अलोयह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको छ । पूर्ण डिजिटल मिटरको साथमा क्लासिक स्टाईल, ईन्जिन म्ष्बनलयकष्क, द्यबततभचथ म्ष्बनलयकष्क सहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् । आइतबार स्कुटरको लन्च गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here