- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsपहाडी ईलाका जडिबुटीको केन्द्र

पहाडी ईलाका जडिबुटीको केन्द्र

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १७ साउन । दाङमा अन्न उत्पादन नहुने पहाडी क्षेत्रमा जडिबुटी खेती विस्तार गरिएको छ । डिभिजन वन कार्यालय घोराहीले तुलसीपुर उपमहानगरपालिका चारवटा वडा, घोराहीका दुईवटा वडा र बंगलाचुली गाउँपालिकामा जडिबुटी खेती विस्तार गरिएको हो । डिभिजन वन कार्यालयले सहकारीमार्फत यस वर्षमात्रै ७१ हजार बढी जडिबुटीका विरूवा किसानलाई वितरण गरेर जडिबुटी खेतीलाई थप विस्तार गरेको छ ।

घोराहीमा रहेको सर्वोत्तम वहुउद्देश्यीय सहकारी संस्थामार्फत किसानलाई दालचिनी, टिमुर र मालागिरीका ७१ हजार ३० वटा विरूवा यस वर्षमात्रै रोपन गरिएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । ‘पहाडमा अनुत्पादक क्षेत्रलाई जडिबुटी खेती विस्तार गरी दाङलाई जडिबुटी पकेट क्षेत्रकारूपमा विकास गर्न थालेका छौँ’ उनले भने–‘खेतीलाई थप सहजता दिनका लागि यस वर्षदेखि हामीले सहकारीमार्फत किसानलाई जडिबुटीका विरूवा वितरण गरेर खेती विस्तार गरेका छौँ ।’

अधिकांश पहाडी भेगका मानिसले जग्गालाई सदुपयोग गरेको देखिदैन्, विभिन्न कारणले सुदपयोग नभएको जमिनमा जडिबुटी खेती हुन्छ, र त्यसबाट किसान लाभाम्वित हुनेछन् ।

दाङका पहाडी क्षेत्रलाई २०७५ सालमा जडिबुटी पकेट क्षेत्र घोषणा गरी जडिबुटीको व्यवसायीक खेती गर्ने अभियान शुभारम्भ भएको हो । जडिबुटी खेती विस्तार गरेर किसानको आयस्तर उठाउने, खाली जग्गालाई हराभरा बनाएर प्राकृतिक सन्तुलन ल्याउने योजनाका साथ काम गरिरहेको डिभिजन वन कार्यालय घोराहीका प्रमुख विजयराज सुवेदीले बताए ।

‘पहाडमा अन्य खेतीपाती उत्पादन नहुने भएकाले अधिकांश ठाउँमा जग्गा बाँझै छ, खेती भएका ठाउँमा पनि जनावरले अन्नपात खाइदिने समस्या छ, त्यसकारण ति ठाउँमा जडिबुटी खेती शुरूवात गरेका छौँ ।’ उनले भने– ‘जडिबुटी खेती विस्तार भएपछि जनावरको समस्या पनि हुँदैन्, खाली जग्गालाई पनि सदुपयोग गरी किसानको आयस्तर वृद्धि गर्न सकिन्छ ।’

जडिबुटी खेतीको विस्तारबाट किसानले कम्तिमा पनि एक सय विरूवाबाट वार्षिक तीन लाख बढी आम्दानी गर्नसक्ने उनले बताए । ‘अधिकांश पहाडी भेगका मानिसले जग्गालाई सदुपयोग गरेको देखिदैन्, विभिन्न कारणले सुदपयोग नभएको जमिनमा जडिबुटी खेती हुन्छ, र त्यसबाट किसान लाभाम्वित हुनेछन् ।’ उनले भने–‘यसरी जिल्लालाई जडिबुटी खेतीको हवका रूपमा परिचित गराउन सक्छौँ ।’

डिभिजन वन कार्यालय घोराहीले तुलसीपुरका १, ३, ४ र १९ नम्बर वडा, घोराही उपमहानगरपालिकाको वडा नम्बर १८ र १९ र बंगलाचुली गाउँपालिकालाई जडिबुटीको पकेट क्षेत्रका रूपमा विकास गर्न थालेको हो । घोराही र बंगलाचुलीमा यसवर्ष सहकारीमार्फत जडिबुटी खेती शुरू गरिएको हो ।

दाङलाई जडिबुटी खेतीको हव बनाउनका लागि करिब तीन वर्ष अघिबाट पहाडी क्षेत्रमा जडिबुटी खेती विस्तार शुरूवात गरिएको डिभिजन वन प्रमुख सुवेदीले बताए । ‘तीनवर्ष अघिदेखि शुरू भएको यो कार्यक्रम यस वर्षबाट सहकारीमार्फत विरूवा रोपनको काम अघि बढेको छ ।’ उनले भने– ‘सहकारीले सबै व्यवस्थापनको जिम्मा लगेपछि किसान वन कार्यालयसम्म धाउनुपर्ने वाध्यताको पनि अन्त्य भएको छ ।’

दाङको जडिबुटी पकेट क्षेत्रमा अहिलेसम्म १ लाख ८४ हजार जडिबुटीका विरूवाहरू रोपिएको छ । जिल्लामा दुई वर्षको अवधिमा करिव सात सय किसानहरू जडिबुटी खेतीमा लागेको वन कार्यालयले जनाएको छ । आम्दानीको वैकल्पीक स्रोत बनाउने, बाँझो जग्गाको सदुपयोग गर्ने, मानव र जन्यजन्तुबीचको द्वन्द्वलाई अन्त्य गर्न जडिबुटी खेतीको विस्तार गरिएको छ । जडिबुटीका विरूवा जोगाउने किसानलाई प्रतिविरूवा तीन रूपैयाँका दरले रकमसमेत उपलब्ध गराईने वन कार्यालयले जनाएको छ ।

यसैबस्च शनिबार घोराहीमा सहकारीमार्फत यसवर्ष पकेट क्षेत्रमा जडिबुटी खेती विस्तार गरिएको विषयमा छलफलसमेत गरिएको छ । सहकारीका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षता एवं वन कार्यालयका प्रमुख विजयराज सुवेदीको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम गरिएको हो । संस्थाका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा सुपरिवेक्षक बालचन्द्र शर्माले जडिबुटी खेती विस्तार कार्यक्रमले किसानमा उत्साह थपेको बताए । कार्यक्रममा सहजीकरण सहकारी संस्थाका सचिव हेमराज शर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here