Thursday, February 13, 2025
Homeराजनीतिविपक्षी दलले प्रदेश प्रमुखलाई भने ‘पोख्रेल सरकार अल्पमतमा ५’

विपक्षी दलले प्रदेश प्रमुखलाई भने ‘पोख्रेल सरकार अल्पमतमा ५’

- Advertisement -spot_img

प्रदेश टुडे
बुटवल, १७ साउन । लुम्बिनी प्रदेशमा सत्ता समिकरण र परिवर्तनको पुनः चर्चा हुन थालेको छ । प्रदेशमा नयाँ प्रदेश प्रमुख आयसँगै विपक्षी गठबन्धन कडारूपमा उभिन थालेको छ । शंकर पोख्रेल नेतृत्वको सरकार अल्पमत रहेको भन्दै विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई शनिबार ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।

प्रदेश प्रमुख भएर आएका शेरचनलाई शनिबार स्वागत गर्न पुगेका विपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदहरूले सरकार अल्पमतमा परेको र अवैध रहेको जिकीर गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धन दलका सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्रमा बैशाख १६ गते माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले स्वतः विश्वासको मत लिनुपर्नेमा सामान्य संवैधानिक प्रक्रियासमेत पूरा नगरी सरकार चलाएको उल्लेख छ ।

बैशाख १९ गते सांसदमा प्रस्तुत अविश्वासको प्रस्ताव सामना नगरी हठात संसद् अधिवेशन अन्त्य गरी आफै मुख्यमन्त्री नियुक्तिको पत्र लिएको कांग्रेस दल नेता वीरेन्द्र कनौडियाले आरोप लगाए । उनले संविधानको १६८ (१) अनुसार तीनजना प्रदेशसभा सदस्यको किर्ते हस्ताक्षर गरेको आरोप लगाए । प्रदेश सरकारले संसद् चलिरहेका बेला रातारात संसद् अन्त्य गरेर अध्यादेशबाट बजेट लिएका मुख्यमन्त्रीले गलत काम गरेको उनको आरोप छ ।

प्रदेश प्रमुख शेरचनलाई संविधानको र कानुनी मर्मअनुसार प्रक्रिया थाल्न विपक्षी गठबन्धन दलहरूले अनुरोधसमेत गरेका छन् । उनीहरूले आफूहरूको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जनाको समर्थन रहेको र सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको बताएका छन् । ध्यानाकर्षण पत्र बुझाउन चार दलका ३९ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानैडिया, माओवादी संसदीय नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपाल संसदीय दल नेता सहजराम यादव र राष्ट्रिय जनमोर्चाकी तारा जिसीसहित विपक्षी दलका प्रदेशसभा सदस्यहरू सहित प्रदेश प्रमुखको कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाए । लुम्बिनी प्रदेशमा विपक्षी दलहरू आफूसँग बहुमत रहेको दाबी गरेका छन् । प्रदेश प्रमुख शेरचनले तत्काल मुख्यमन्त्रीसँग कुरा गरेर आगामी कदम चाल्ने बताए ।

विपक्षी दलहरूको ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले ध्यानाकर्षण पत्र संविधान र कानुनसम्मत भए/नभएको बारे आफूले अध्ययन गरी निर्णय गर्ने बताए । उनले विपक्षी दलहरूले उठाएका मागबारे मुख्यमन्त्री शंकर पोख्रेलसँग पनि छलफल गर्ने बताए । उनले भने, यो विषयमा मुख्यमन्त्रीसँग पनि तत्काल कुरा गर्छु, संविधानभन्दा दायाँबायाँ कसैले गर्नुहुँदैन । सकेसम्म सहमतिबाट टुंग्याउनुपर्ने र नभए प्रक्रियाबाट हल गर्नुपर्ने उनले बताए ।

आलोचनापछि मुख्यमन्त्रीले भेटे प्रदेश प्रमुख

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शंकर पोख्रेलबीच भेटवार्ता भएको छ । शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले शनिबार भेट गरेका हुन् । प्रदेश प्रमुख आउँदा स्वागतका लागि सरकारका कुनै पनि प्रतिनिधि सहभागी भएका थिएनन् ।

पदबहालीमा सरकारका प्रतिनिधि सहभागी नहुनुले सरकारले मर्यादा पालन नगरेको भन्दै सर्वत्र आलोचना भएको थियो । मुख्यमन्त्रीले भेटमा सरकारले गरेका काम, प्रगति र अहिलेको अवस्थाबारे जानकारी गराएका थिए । त्यसक्रममा प्रदेश प्रमुख शेरचनले संविधान र कानुनलाई टेकेर प्रदेशलाई अगाडि बढाउन र नमुना बनाउन लाग्नुपर्ने बताएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here