- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsअसोजसम्म दुई करोड खोप

असोजसम्म दुई करोड खोप

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १७ साउन । सरकारले कोरोनाविरुद्धको झन्डै दुई करोड मात्रा खोप आगामी असोजसम्म ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आगामी असोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट १ करोड ८३ लाख ८२ हजार ८ सय ५० डोज खोप ल्याउने तयारी भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले चीनको सिनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको बताएका छन् । उनले कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनेकाको १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आगामी असोजसम्म नेपाल आउने बताए ।

पौडेलले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको जानकारी दिए । मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको बताएको छ । सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८ सय ५० खोप प्राप्त गरिसकेको जनाएको छ ।

तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई एक लाख अनुदानमा, कोभ्याक्सबाट तीन लाख ४८ हजार मात्रा, चीनबाट दुई पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८ सय ५० मात्रा रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here