- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeमुख्य खबरपहुँचभन्दा बाहिर प्राविधिक शिक्षा

पहुँचभन्दा बाहिर प्राविधिक शिक्षा

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १७ साउन । राज्यले न्यून आय भएका व्यक्तिहरूका लागि शैक्षिक वातावरण निर्माण गर्न नसक्दा प्राविधिक शिक्षा पहुँचभन्दा बाहिर रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । लाखौँ रकम खर्च गरेर पढ्न सक्नेहरूका लागि मात्रै प्राविधिक शिक्षाअनुकूल भएको भन्दै उनीहरूले प्राविधिक शिक्षालाई हरेक व्यक्तिको पहुँचसम्म पु¥याउन जरूरी रहेको औँल्याए ।

नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) राप्ती व्युरोले घोराहीमा आयोजना गरेको स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा क्षेत्रमा भइरहेको विकृतिविरूद्धको प्रदर्शन कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा व्युरो सदस्य अनिलले शिक्षा अझै पनि श्रमजीवि जनताका छोराछोरीको पहुँचमा नभएको बताएका छन् । सिटिईभिटीका कार्यक्रमहरूमा अझै पनि विभेद रहेको उनले जानकारी गराए । यसैगरी विभिन्न कारणले समयमै कोर्स नसकिने समस्या, प्रयोगात्मक कक्षा व्यवस्थित नभएको समयमा प्राविधिक शिक्षालाई चर्को शुल्क असुली गर्ने माध्यम बनाइएको प्रति आपत्तिसमेत जनाए ।

राज्यले न्यून आयस्रोत भएका विद्यार्थीहरूलाई पनि प्राविधिक शिक्षा अध्ययन गर्ने वातावरण तयार गर्नुपर्ने उनको भनाई छ । टिसईईअन्तर्गत स्वास्थ्यतर्फका विषयहरू अध्ययन गरेका विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेको र महंगो शुल्क असुल गरेको भन्दै उक्त शुल्क परिमार्जन गरी आमनागरिकको पहँुचसम्म पुग्ने गरी शैक्षिक वातावरण निर्माण गर्न सरकारलाई अनुरोध गरे ।

चिकित्सा शिक्षामा पनि थुप्रै विकृतिहरू बढ्दै गइरहेको र राज्यको गैरजिम्मेवारीका कारण मेडिकल माफियाको अगाडि राज्य निरही बनेको उनको आरोप छ । ‘चिकित्सा शिक्षामा विद्यार्थीहरूमाथि मेडिकल माफियाहरूले सरकारको मिलोमतोमा आर्थिक लुट मच्चाइरहेका छन्’ उनले भने–‘विद्यार्थीहरूलाई मानसिक यातना दिइरहेका छ्न ।’

कार्यक्रममा सहभागीहरूले दलाल, भ्रष्ट, पुँजीवादी राज्य व्यवस्थाको सरकारले प्राविधिक शिक्षामा देखिएका समस्याहरू समाधान गर्न नसकेको बताए । वैज्ञानिक समाजवादी राज्य व्यवस्थाबाट तमाम समस्याहरू समाधान गर्न सकिने र विद्यार्थीको हरेक क्षेत्रमा हकहित र अधिकार सुनिश्चित हुने उनीहरूको भनाई छ । विरोध प्रदर्शन कार्यक्रमको सहजीकरण अनेरास्ववियु (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमरले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here