- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsजानै पर्ने ठाउँ सोलुको दूधकुण्ड

जानै पर्ने ठाउँ सोलुको दूधकुण्ड

- Advertisement -spot_img

बबि बस्नेत

नयाँ–नयाँ ठाउँमा घुम्नु जानु, रमाउन पाउनु कसको ईच्छा हँुदैन र ! त्यो ठाउँ जहाँ प्राकृतिक सुन्दरताले भरिपूर्ण होस् र अझ त्यो ठाउँ धार्मिक स्थल होस् त्यति भए त सुनमा सुगन्ध भैहाल्यो नि हैन र ! सोलुखुम्बु आफैंमा एक सुन्दर जिल्लाको रूपमा विश्वमा परिचित छ । असंख्य हिमशृङ्खला र तालतलैया रहेको यो जिल्ला बहुल जाति, भाषा, धर्म र संस्कृतिले पनि त्यतिकै धनी छ । अझ विश्वको सर्वोच्व शिखर सगरमाथा र त्यसमाथि आरोहण गर्ने तेन्जिङ्ग नोर्गे शेर्पा र पासाङ ल्हामु शेर्पाले त झन् यो जिल्लालाई मात्र होइन हाम्रो देश नेपाललाई नै विश्वसामु चिनाउनुभएको छ ।

प्राकृतिक एवं धार्मिक हिसावले महत्व बोकेको यस जिल्लाको छुटाउनै नहुने ठाउँमध्येकै एक ठाउँ हो दूधकुण्ड । साउन महिनाको पहिलो सोमबार दूधकुण्ड पुग्ने योजना स्वरूप शनिबार नै सोलुखुम्वुको सल्लेरीबाट यात्रा प्रारम्भ भयो । काठमाडाँैबाट भने विपी राजमार्ग खुर्कोट हुदैँ सिद्धिचरण राजमार्गबाट सल्लेरी आईपुगेर र हवाई मार्गबाट आउँदा फाप्लु एयरपोर्टमा अवतरण गरिसकेपछि दूधकुण्डको यात्रा थालनी गर्न सकिन्छ ।

सल्लेरीबाट उत्तरतर्फ रिङमुसम्म कच्ची बाटोको ट्रयाक खोलेकोले बोलेरो गाडीमा नै रिङमुसम्म पुग्यौँ । यसो त हिड्न मन पराउनेहरूका लागि भने फाप्लु, चिवाङ, फेरा हुँदै करिब ४/५ घण्टामा रिङमु पुग्न सकिन्छ । रिङमुबाट करिब २/३ घण्टाको पैदल यात्रा गरेपछि सरकारी पाटी भन्ने स्थानमा आई पुगिन्छ ।

स्थानीय तथा वाह्य पर्यटकहरूको सहजता र सुलभतालाई मध्यनजर गर्दै भौतिक तवरले यस क्षेत्रको विकास गर्न सक्नु आजको आवश्यकता पनि हो । दूधकुण्ड सामुदायिक वन, रेडक्रस सोसाइटी जस्ता संघसंस्था तथा अन्य निकायहरू यस क्षेत्रको संरक्षण सम्वद्र्धन र प्रचारप्रसारमा जुटिरहेका छन् ।

जनै पूर्णिमाको अवसरमा भने दूधकुण्ड जाने तिर्थयात्रीको संख्या धेरै हुने भएकोले गोरेटो÷घोरेटो बाटोमा हिडेका तिर्थयात्री देख्दा लाग्छ कतै कमिलाको तातीँ हिडिराखेको त छैन । कतिपयलाई त हिड्दा हिड्दै लेक लाग्ने समस्या हुन्छ त कोही बिरामी नै पर्ने गर्छन ।

तसर्थ आफूलाई चाहिने औषधि, न्यानो कपडा, पानीको बोतल, लठ्ठी र ड्राई फुड्स बोकेकै राम्रो । सरकारीपाटीबाट करिब ३ घण्टाको उकालै उकालो यात्रापश्चात् ३८६० मिटरको उचाईमा कामिडाँडा भन्ने स्थानमा आईपुग्यौँ । कामिडाँडाबाट उकालो तेर्सो बाटो हिडेपछि जोङले खोला, गामटाङ हुदैँ सहस्रबेनी आई बास बस्यौँ ।

बाटोमा हिड्दा प्रकृतिले दिएका अनुपम दृश्य जस्तैः अग्ला–अग्ला पहाड, सुन्दर झरना, विभिन्न जातका फूलहरू, पशुपंक्षी, चराचुरूङ्गी, सुनपातिको मिठो बासना, चौरीगाईको दूध र छुर्फी सम्झन लायक यात्राका केही मिठा अनुभूतिहरू हुन् । बिहानै ५ बजे सहस्रबेनीबाट करिब ३ घण्टाको ठाडो उकालो बाटोको यात्रापश्चात् हाम्रो गन्तव्यस्थल दुधकुण्ड आईपुग्यौँ ।
दुधकुण्ड सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १ मा अवस्थित विशाल नुम्बुर हिमालको काखमा रहको छ । यो ताल समुन्द्र सतहबाट करिव–करिव ४६३२ मिटर उचाईमा अवस्थित छ । यो तालको अतिरिक्त यसको आसपास गंगाजमुना ताल, भूत पोखरी ताल, आखेपोखरी ताल, महाकुण्ड ताल गरी जम्मा दशवटा स–साना तालहरूसमेत रहेका छन् ।

हिन्दू, किराँती तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहरको रूपमा लिइने यो ताल धार्मिक दृष्टिले निकै महत्वपूर्ण छ । प्रकृतिको अनुपम उपहार र आस्थाको धरोहर बोकेको सोलुको दूधकुण्ड धार्मिक सहिष्णुताको कुण्डको रूपमा पनि चर्चित छ ।

दुधकुण्डको उत्पत्ति

दुधकुण्ड ताल पत्ता लागेको समय ठ्याकै भन्ने अवस्था नभएपनि करिव–करिव एक शताब्दी अघि वर्षायाममा चौरी गोठ लिएर जाने चौरी गोठालाहरूले पत्ता लगाएको विश्वास गरिन्छ । चौरीगाईले आफ्नो थुनबाट दूध लामो समयसम्म निकालिरहेको हुँदा दूधैदूधको कुण्ड दूधकुण्ड बन्न पुगेको हो भन्ने भनाई प्रख्यात भएता पनि यस स्थानको उत्पत्तिका सम्बन्धमा भने भिन्दा–भिन्दै किंवदन्ती भनाइ, पढ्न र सुन्न पाईन्छ ।

बौद्धमार्गीहरूको भनाईमा

बौद्धमार्गीहरूको भनाई अनुसार परापूर्वकालमा चीनबाट आएका मञ्जुश्रीले काठमाडौँ उपत्यकामा रहेको पानीको केही भाग चोभारको डाँडा काटेर बाहिर पठाएपश्चात् बाँकी रहेको पानी यहाँ ल्याएर लुकाई राखेको र पछि त्यहि पानीबाट कुण्ड बन्न गएको हो भन्ने प्रचलन र विश्वास छ ।

त्यस्तै तिब्वत र नेपालका विभिन्न धार्मिक गुरूहरू यस स्थानलाई पवित्र धार्मिक आस्थाको थलो मान्ने र तपस्या गर्ने गर्दथे पनि भनिन्छ । बौद्धमार्गीहरूले यहाँ बुद्धको प्रतिमा स्थापना गरी वर्षेनी पूजाआजासमेत गर्दै आएका छन् ।
हिन्दु धर्मावलम्वीहरूको भनाईमा

देवता र असुरका बीच अमृत प्राप्तीका लागि समुन्द्र मन्थन हुँदा कालकुठ नामक बिष उत्पत्ति भएको र सारा जगत् नै समाप्त हुनलाग्दा भगवान शिवले उक्त विष पिएको र दूधकुण्डकै जडिवुटी मिश्रित पानी पिएर विष मत्थर भएको विश्वास गरिन्छ ।

पौराणिक कालका कथाहरूमा उल्लेख गरिएका चन्द्राचल र दोर्णाचल पर्वत र त्यसमुनीको कुण्डलाई प्रतिविम्मित गर्ने नुम्बुर र कारेलुंग हिमाल र दूधकुण्ड ताललाई हेर्दा समुन्द्र मन्थन यहि स्थानमा भएको हो भन्न सकिन्छ ।

त्यस्तै भगवान रामको कान्छो भाइ लक्ष्मण लंका युद्धका बेला मृत्युशै्ययामा पुगेको हुँदा ऋषिमुनीहरूले हनुमानलाई तीनवटा बुटी ल्याउन आग्रह गरे । सन्जिवनी बुटी, समवन्धिनी बुटी र विशल्या बुटी । उनीहरूले त्यी बुटी शिर कुण्डको वरिपरी पाइने र शिर कुण्ड चन्द्रमा जस्तै देखिने चन्द्राचल र कैलाश जस्तै देखिने द्रोणाचलको मुनी रहेको बताए जो अहिले नुम्बुर र कारेलुंग हिमालको नामले परिचित छ र आज पनि शिर कुण्ड यसैको काखमा अवस्थित छ ।


किराँत धर्मवलम्वीहरूको भनाईमा

खालिङ्ग राईको उत्गम क्षेत्र आज पनि खुलु क्षेत्रलाई मानिन्छ । बाजे खुलुह्याङका दुई छोरा माप्पे र दिक्पेमध्ये दिक्पे सोलुखोला हँुदै दूधकुण्ड पुगेर बासस्थान रोजेको विश्वास गरिन्छ । मुन्धुम मरन संस्कारमा मृत्युपश्चात् मृतक आत्मालाई खुलुबाट बाटो देखाउँदै फुलेलीबाट चौसेट हुँदै दूधकुण्ड पु¥याउँछ र त्यहाँ गएर पूजा गर्दा आत्माले शान्ति पाउँछ भन्ने भनाई छ ।

दूधकुण्डप्रति भक्तजनहरूको जनविश्वास

– दूधकुण्डको दर्शन गर्दा पापकर्म नष्ट हुने ।

– यो कुण्डको जल ल्याएर आफ्नो घरमा र घरका सदस्यहरूलाई छर्किएमा सुख शान्ति तथा धन प्राप्त हुने ।

– निसन्तान दम्पत्तिले सन्तान मागेमा सन्तान प्राप्त हुने ।

– गाईभैंसी मागेमा सो प्राप्त हुने ।

– घरमा बालबालिकाहरू बिरामी भएको बेला निको हुन भाकल गरेको खण्डमा बिरामी बच्चाहरू निको हुने । दूधकुण्डको अवलोकन पछि सोही दिन सल्लेरी फर्कियौं । बाटोका बीच– बीचमा पहिरो गएको, कुनै ठाउँमा साँघुरो बाटो भएको, बाटोको सरसफाई नभएर झार जंगलले बाटो ढाकेको, बस्न खानलाई समस्या भएको, खानेपानीको अभाव, स–साना खोल्सामा पुलको अभाव, कुण्डको वरिपरी चर्पी नभएको, फोहोर व्यवस्थापनका लागि उचित प्रवन्ध नगरिएको दूधकुण्ड जाँदाका खास समस्याहरू हुन् । देश नयाँ संरचनामा गईसकेको तीन वर्षभन्दा बढी भैसक्दा पनि यस्ता समस्याहरू विद्यमान नै छन् ।

स्थानीय तथा वाह्य पर्यटकहरूको सहजता र सुलभतालाई मध्यनजर गर्दै भौतिक तवरले यस क्षेत्रको विकास गर्न सक्नु आजको आवश्यकता पनि हो । दूधकुण्ड सामुदायिक वन, रेडक्रस सोसाइटी जस्ता संघसंस्था तथा अन्य निकायहरू यस क्षेत्रको संरक्षण सम्वद्र्धन र प्रचारप्रसारमा जुटिरहेका छन् । राज्यले यस क्षेत्रको विकास लागि थप भूमिका खेल्नसके देशको अर्थतन्त्रमा टेवा पुग्ने र विश्वसामु हाम्रो देश नेपाल चिनिनेमा दुईमत छैन ।

सल्लेरी आईपुग्दासम्म जिउ धेरै गलिसकेको थियो । खुट्टाहरू बेसमारी दुखेका थिए भने झोला बोकेका काँधहरू कटकटी खाईरहेका थिए । थकान धरै भएता पनि एक किसिमको उमङ्ग मनमा भने आईरहेको थियो । सायद सोलुको दूधकुण्डको यात्राले होला । साच्चै एकपटक पुग्नै पर्ने ठाउँ रहेछ सोलुको दूधकुण्ड । एकपटक घुम्न जाउँ है सोलुको दूधकुण्ड ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here