- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsकोरोनाको तेस्रो भेरियन्ट, उच्च सतर्कतामा अस्पताल

कोरोनाको तेस्रो भेरियन्ट, उच्च सतर्कतामा अस्पताल

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १५ साउन । कोरोना संक्रमणको तेस्रो भेरियन्ट सुरू हुने हल्ला चलिरहेका बेला दाङका अस्पतालहरूले भने उच्च सतर्कता अनपाउँदै उपचारको सहज व्यवस्थापनको तयारी थालेका छन् । जिल्लाका ठूला, साना अस्पताल र पालिकास्तरमा स्थापना भएका अस्पतालहरूलाई तेस्रो भेरियन्ट पछिको उपचारको लागि तयारी अवस्थामा राख्न थालिएको हो । इकुमेन्ट व्यवस्था पनि संकलन, खरिददेखि वेड निर्माण र ब्यवस्थापनमा अस्पतालहरू जुटेका हुन् ।

जिल्लामा कोरोना विशेष अस्पतालको रूपमा सञ्चालन भएको राप्ती प्रादेशिक कोरोना विशेष अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा बालबालिकाको उपचार केन्द्रित गरेर पूर्वतयारी थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहले जानकारी गराए ।

दोस्रो भेरियन्टको अन्त्य नहु“दै तेस्रो भेरियन्टको चर्चा आएको भए पनि आम नागरिकमा लापरवाही बढी नै देखिएको छ । दाङका बजारहरूमा नागरिकको लापरवाही धेरै नै देखिन थालेको छ ।

‘तेस्रो भेरियन्टको यो अवस्थालाई मध्यनजर गरेर अस्पतालहरूले आफ्नो खालको तयारी गरेको छ’ उनले भने, ‘बालबालिकाको लागि आवश्यक इकुमेन्ट र वेडहरू धमाधम निर्माण भइरहेका छन् । संघीय र प्रदेश सरकारको सहयोगमा आइसियु, पिआइसियु वेडको व्यवस्थापन भइरहेको र दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी अक्सिजन प्लान्ट निर्माणको चरणमा रहेको बताए ।

राप्ती प्रादेशिक अस्पतालका मेसु डा सिंहले तेस्रो भेरियन्ट बच्चाहरूमा केन्द्रित हुने अनुमान भएपछि उपचारलाई पनि त्यहि अनुसार केन्द्रित गर्न थालिएको बताए । उनले तयारीको अवस्थामा पिआसियु, एचडियु, आसियु वेडहरूको व्यवस्थापन सुरू भएको र उपचारलाई बालबालिका केन्द्रित गर्ने योजनासहित काममा जुटिसकेको सुनाए । त्यसैगरेर अस्पतालमा अक्सिजन प्लान्ट जडानको कामसमेत सुरू भएको बताए । त्यसका लागि संघीय सरकारले एक करोड ५० लाख रूपैयाँ व्यवस्थापन गरेको छ ।

प्रादेशिक अस्पतालमा २५ वेड एचडियु, १५ वेड पिआइसियु वेड, १४ वटा भेन्टिलेटर वेड तयारी अवस्थामा राखिएको छ । डा सिंहले सय वेड नर्मल अवस्थाका रहेका जानकारी दिए । उनले संघीय सरकारबाट एचडियु वेडका लागि ३ करोड, पिआइसियु वेडको लागि ९ करोड र अक्सिजन प्लान्टका लागि १ करोड ५० लाख रूपैयाँ अस्पतालमा आएको र त्यहि अनुसार काम पनि गरिएको बताए । अस्पताल पूर्णतयारीमा भए पनि जागरूपता सचेतना र स्वास्थ्य सुरक्षाका लागि सबै सजक हुनुपर्ने उनको भनाई छ ।

दोस्रो भेरियन्ट अन्त्य नहुँदै तेस्रो सुरू भएको होकी भन्ने अवस्था आएको तुलसीपुर उपमहानगर–पालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । उनले अहिले केही बच्चाहरूमा समेत कोरोना देखिएपछि अस्पतालमा उपचार गरिराखिएको बताए । तुलसीपुर उपमहानगरपालिको सञ्चालन गरेको मेट्रो अस्पताललाई पनि तेस्रो भेरियन्टको उपचारको लागि तयारी अवस्थामा राखिएको बताए ।

उनले कर्मचारी परिचालनका लागि समेत छलफल गरिरहेको जानकारी दिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले पनि पूर्ण तयारीमा रहेको बताएको छ । अक्सिजन प्लान्ट जडानदेखि वेड व्यवस्थापनसम्मको काम सुरू भइसकेको प्रतिष्ठानले जनाएको छ ।

बढ्दो लापरवाही

कोरोनाको दोस्रो भेरियन्टको संक्रमण केही कम भएको छ । सरकारले निषेधाज्ञालाई स्माट गराउँदै गएपछि नागरिकहरू पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेर लापरवाही बढाएका छन् । दोस्रो भेरियन्टको अन्त्य नहँुदै तेस्रो भेरियन्टको चर्चा आएको भए पनि आम नागरिकमा लापरवाही बढी नै देखिएको छ । दाङका बजारहरूमा नागरिकको लापरवाही धेरै नै देखिन थालेको छ । बजार हिड्दा होस या सरकारले उपलब्ध गराएको कोरोना खोपको अवस्थामा होस् लापरबाही अत्यधिक छ ।

स्थानीय व्यवसायीहरूले भने कोरोनाबाट सुरक्षित हुन आफै सजक हुनुपर्ने, आफै ख्याल गर्नुपर्ने बताएका छन् । तेस्रो भेरियन्टको व्यवस्थापनका लागि स्थानीय सरकारले नयाँ तवरले काम गर्नुपर्ने र सुरक्षित हुने वातावरण बनाउन आग्रह गरे । सबै क्षेत्र विस्तारै खुल्दै जाँदा लापरवाही पनि बढेको छ । लापरवाहीले जोखिम पनि बढेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here