Thursday, April 17, 2025
Homebreaking-newsव्यवसायीक सुरक्षा र लगानीको वातावरण छैन

व्यवसायीक सुरक्षा र लगानीको वातावरण छैन

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १४ साउन । तुलसीपुर चेम्वर अफ कमर्शले दाङका प्रमुख जिल्ला अधिकरी रामबहादुर कुरूम्बाङलाई स्वागत गरेको छ । सो अवसरमा तुलसीपुरका क्षेत्रका व्यापारीहरूले लगानी गर्ने वातावरणको अवस्था सिर्जना गर्न माग गरेका छन् । तुलसीपुर चेम्वर अफ कमर्शले दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङलाई गरेको स्वागत तथा भेटघाट कार्यक्रमा व्यापारीहरूले विगतभन्दा तुलनात्मक रूपमा सहज अवस्था भएपनि ढुक्क हुने अवस्था नभएको भन्दै त्यो निर्माण गर्न माग गरे ।

पछिल्लो समय प्रशासनिक कामवाहेक विकास निर्माणका काममा सरिक हुँदा छोटो समयमा प्रमुख जिल्ला अधिकारीले चर्चा बटुलेको भन्दै उनीहरूले सुरक्षित हुनका लागि खोपको व्यवस्था गरिदिनसमेत माग गरे । प्रमुख जिल्ला अधिकारी कुरूम्बाङले दाङको शान्ति सुरक्षा र विकासका लागि आफू गम्भीर रहेको बताएका थिए । आफू रहँदासम्म व्यापारीलाई ढुक्क भएर आफ्नो व्यापार, व्यवसाय गर्ने वातावरणको अवस्था सिर्जना गर्ने बताए ।

कमर्शका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी समितिका अध्यक्ष जनकप्रसाद खराल, नेकपा एमालेका नेता विनोद शर्मा, युवा व्यवसायी बलिराम खत्री, चेम्वरका सचिव ऋषिराज भण्डारीलगायतले बोलेका थिए । चेम्वरका उपाध्यक्ष वेनु अधिकारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेमप्रकाश गिरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here