Friday, March 22, 2024
Homeसमाजअनुदानमा टिलर र कम्बाइङ मिल

अनुदानमा टिलर र कम्बाइङ मिल

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १३ साउन । दाङको दंगीशरण गाउँपालिकाले पालिकाभित्रका किसानहरूलाई प्रविधि हस्तान्तरण गरेको छ । किसानहरूलाई कृषिमा आधुनिकीकरण गराउँदै लैजाने उद्देश्यले अनुदानमा प्रविधि हस्तान्तरण गरेको हो । गाउँपालिकाको कृषि शाखाले पालिकाभित्रका सहकारी, कृषि समूह र फर्महरूलाई मिनी पावर टिलर र कुटानी पिसानी मिल (कम्बाइङ मिल) वितरण गरेको छ ।

शाखाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम अनुसार विभिन्न सहकारी र समूहहरूलाई उपलब्ध गराएको शाखाका मानबहादुर डाँगीले जानकारी दिए । किसानहरूलाई कृषि आधुनिकीरकणतर्फ आकर्षित गर्नका लागि शाखाले ५४ वटा कम्बाइङ मिल र २६ वटा पावर टिलर किसानलाई उपलव्ध गराएको उनले बताए उनका अनुसार शाखाले ३५ वटा फर्म, समूह, सहकारी र अन्य किसान गरी ८० जनालाई उक्त प्रविधि हस्तान्तरण गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here